नेपालको आम निर्वाचन From Wikipedia, the free encyclopedia
प्रतिनिधि सभा निर्वाचन, २०७९ नेपालको संविधान २०७२ अनुसार भएको दोस्रो निर्वाचन हो। प्रतिनिधि सभाका २७५ सदस्य चयन गर्नको लागि देशभर एकैपटक २०७९ मङ्सिर ४ गते सम्पन्न भएको थियो।[4][5] निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली मार्फत एकल सदस्यीय निर्वाचन क्षेत्रबाट १६५ सदस्यहरू चयन गर्न र अर्को ११० सदस्यहरूलाई एउटै राष्ट्रव्यापी निर्वाचन क्षेत्रबाट राजनीतिक दलको सूची समानुपातिक प्रतिनिधित्व मार्फत चयन गर्नका लागि दुईवटा मतपत्र रहेका थिए।
| |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
प्रतिनिधि सभाको सम्पूर्ण २७५ सिट १३८ बहुमतका लागि आवश्यक सिट | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
मत सर्वेक्षण | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
दर्तावाल मतदाता | १,७९,८८,५७०[2] | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
कुल मतदान | ६१% ( ७.६३%)[3] | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
पार्टी अनुसार निर्वाचित सांसदहरूको निर्वाचन परिणामको नक्सा | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
|
प्रतिनिधि सभाको निर्वाचनसँगै सातवटै प्रदेश सभाको निर्वाचन समेत सम्पन्न भएको थियो।
वि.सं. २०७४ मा प्रतिनिधि सभा निर्वाचन, २०७४ बाट निर्वाचित नेपालको पहिलो सङ्घीय संसदको गठन भएको थियो। वि.सं. २०७५ जेठ ३ मा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) राजनीतिक दलहरू एकीकरण गरी नेपाल कम्युनिष्ट पार्टी नामक दलको गठन गरेका थिए। यी दुवै राजनीतिक दलहरूबिच एकीकरण भएपछि यिनीहरूको प्रतिनिधि सभामा १७४ सिटसहित पूर्ण बहुमतको सरकार हुन पुगेको थियो। नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी)का अध्यक्ष केपी शर्मा ओलीले साढे दुई वर्षपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीको जिम्मेवारी हस्तान्तरण गर्न दुई दलका नेताबीच सहमति भएको थियो।[6] वि.सं. २०७६ मङ्सिर ४ मा, दुई नेताबिच सहमति भई ओलीलाई प्रधानमन्त्रीको रूपमा आफ्नो पूर्ण कार्यकाल पूरा गर्न दिन निर्णय गरेका थिए। वि.सं. २०७७ कार्तिक २९ मा नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकमा दाहालले राजनीतिक दस्तावेज प्रस्तुत गरेका थिए जसमा ओलीले पार्टीको आदेश नमानेको र व्यक्तिवादी भएको आरोप लगाएका थिए।[7] दाहालको जवाफमा ओलीले दाहालको आरोप अस्वीकार गर्दै आफ्नै राजनीतिक दस्तावेज पेश गरे जसमा दाहालले ओलीलाई सरकार चलाउन नदिएको आरोप लगाएका थिए।[8] पार्टीभित्र कलह जारी रहँदा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई वि.सं. २०७७ पुष ५ मा आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन लागिएको भन्दै प्रतिनिधिसभा भङ्ग गर्न आग्रह गरेका थिए।[9][10][11] ओलीको निर्णयको विरोधमा मन्त्रिपरिषद्का सात मन्त्रीले राजीनामा दिएका थिए।[12][13]
वि.सं. २०७७ फागुन ११ मा सदन पुनर्स्थापित भएको थियो तर वि.सं. २०७७ फागुन २३ गते छुट्टै रिटमा फैसला गर्दै सर्वोच्च अदालतले नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को एकीकरणबाट बनेको पार्टीलाई नेपाल कम्युनिष्ट पार्टी नाम दिने निर्वाचन आयोगको निर्णयलाई खारेज गर्दै तिनीहरूलाई तिनीहरूको पूर्व एकीकरण स्थितिमा रहेको राजनीतिक दलको नाम राख्ने गरी निर्णय गरेको थियो।[14] नेकपा (माओवादी केन्द्र) ले वि.सं. २०७८ वैशाख २२ मा सरकारबाट आफ्नो समर्थन फिर्ता लिएको थियो र ओलीले विश्वासको मत प्राप्त गर्न असफल भएका थिए भने उनको आफ्नै दलको एक गुटले मतदान बहिष्कार गरेको थियो।[15]
वि.सं. २०७८ वैशाख ३० मा, ओलीलाई संसदमा सबैभन्दा बढी सिट प्राप्त गर्ने दलको नेताको रूपमा अल्पसङ्ख्यक प्रधानमन्त्री नियुक्त गरेको थियो। विश्वासको मत प्राप्त गर्नुको सट्टा ओलीले संविधानको धारा ७६(५) बमोजिम सरकार गठनको प्रक्रिया थालेका थिए जसलाई सर्वोच्च अदालतमा चुनौती दिइएको थियो। शेरबहादुर देउवाले नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी)का २६ र जनता समाजवादी पार्टी नेपालका १३ जना गरी १४९ सांसदको हस्ताक्षर भएको दावी गरेका थिए।[16][17] प्रतिउत्तरमा ओलीले नेकपा (एमाले) र जनता समाजवादी पार्टी नेपालका सबै सांसदको समर्थन रहेको दाबी गरेका थिए। राष्ट्रपति भण्डारीले वि.सं. २०७८ जेठ ८ मा दुवै नेताको दावी अपर्याप्त भएको निर्णय गर्नुका साथै व्यापक विरोधको सामना गर्दै सदन विघटन गर्ने घोषणा गरेकी थिइन्।[18][19][20][21] वि.सं. २०७८ असार २८ मा सर्वोच्च अदालतले संविधानको धारा ७६(५) बमोजिम संसदमा उपस्थित २७१ सांसदको बहुमत रहेको राष्ट्रपतिसमक्ष १४९ हस्ताक्षर पेश गरी देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न आदेश दिँदै संसद् विघटनलाई अमान्य ठहर गरेको थियो।[22]
वि.सं. २०७९ साउन १९ मा मन्त्रिपरिषद्को निर्णयले अर्को प्रतिनिधि सभाको निर्वाचन वि.सं. २०७९ मङ्सिर ४ गतेमा गर्ने निर्णय गरेको थियो।[23][24] अन्ततः वि.सं. २०७९ असोज २ मा प्रतिनिधि सभाको पाँच वर्षको कार्यकाल पूरा भएपछि भङ्ग भएको थियो।[25][26]
मुख्य मितिहरू तल सूचीबद्ध छन्:
वि.सं. २०७९ साउन १९ | मतदाता नामावलीमा नाम दर्ता गर्ने अन्तिम मिति |
वि.सं. २०७९ साउन १९ | मन्त्रिपरिषदद्वारा निर्वाचनको मिति घोषणा |
वि.सं. २०७९ साउन ३१ | निर्वाचन आयोगमा दल दर्ताको अन्तिम दिन |
वि.सं. २०७९ असोज १ | व्यवस्थापिका संसदको कार्यकाल समाप्त |
वि.सं. २०७९ असोज ३ | दलहरूद्वारा समानुपातिक प्रतिनिधित्वको लागि प्रारम्भिक बन्द सूची पेश |
वि.सं. २०७९ असोज १२ | निर्वाचन आचारसंहिता लागु |
वि.सं. २०७९ असोज २३ | पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको लागि उम्मेदवार मनोनयन |
वि.सं. २०७९ कार्तिक ९ | समानुपातिक प्रतिनिधित्वको लागि बन्द सूचीलाई अन्तिम रूप दिएर प्रकाशित |
वि.सं. २०७९ मङ्सिर ४ | निर्वाचन[27] |
निर्णय बाँकी | अन्तिम नतिजा घोषणा गरी राष्ट्रपति समक्ष पेश |
रानीतिक दल | विचारधारा | २०७४ परिणाम | विघटन हुँदा सिट | |||
---|---|---|---|---|---|---|
मत (%) | सिट | |||||
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) | मार्क्सवादी-लेनिनवादी जनताको बहुदलीय लोकतन्त्र |
३०.६८ | १२१ / २७५ |
९४ / २७५ | ||
नेपाली कांग्रेस | सामाजिक लोकतन्त्र केन्द्रवाद |
३५.७५ | ६३ / २७५ |
६३ / २७५ | ||
नेकपा (माओवादी केन्द्र) | मालेमावाद र प्रचण्डपथ | १३.६६ | ५३ / २७५ |
४९ / २७५ | ||
नेकपा (एकीकृत समाजवादी) | मार्क्सवादी-लेनिनवादी जनताको बहुदलीय लोकतन्त्र |
नयाँ दल | २५ / २७५ | |||
जनता समाजवादी पार्टी, नेपाल | लोकतान्त्रिक समाजवाद | राजपा | ४.९५ | १७ / २७५ |
१६ / २७५ | |
मजफो | ४.९३ | १६ / २७५ | ||||
नयाँ शक्ति पार्टी | ०.८६ | १ / २७५ | ||||
लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल | सामाजिक लोकतन्त्र | नयाँ दल | १३ / २७५ | |||
नेपाल समाजवादी पार्टी | लोकतान्त्रिक समाजवाद | नयाँ दल | ५ / २७५ | |||
राष्ट्रिय प्रजातन्त्र पार्टी[lower-alpha 1] | संवैधानिक राजतन्त्र आर्थिक उदारवाद |
राप्रपा | २.०६ | १ / २७५ |
१ / २७५ | |
राप्रपा (स) | ०.९३ | ० / २७५ | ||||
राप्रपा (रा) | ०.३० | ० / २७५ | ||||
जनता प्रगतिशील पार्टी[lower-alpha 1] | सामाजिक लोकतन्त्र कृषकवाद |
नयाँ दल | १ / २७५ | |||
राष्ट्रिय जनमोर्चा[lower-alpha 1] | सङ्घीयता विरोधी साम्यवाद मार्क्सवादी-लेनिनवादी |
०.६५ | १ / २७५ |
१ / २७५ | ||
नेपाल मजदुर किसान पार्टी[lower-alpha 1] | मार्क्सवादी-लेनिनवादी माओवाद |
०.५९ | १ / २७५ |
१ / २७५ | ||
स्वतन्त्र[lower-alpha 2] | — | — | १ / २७५ |
१ / २७५ |
नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको गठबन्धन सरकारले वि.सं. २०७९ साउन २० मा आगामी प्रतिनिधि सभाको निर्वाचन लड्न गठबन्धन बनाउने निर्णय गरेको थियो।[28][28][29][29][30][31][32] वि.सं. २०७९ साउन ३० गते पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले नेकपा (माओवादी केन्द्र) को चुनाव चिन्ह र घोषणापत्र अन्तर्गत चुनाव लड्ने निर्णय गरेको थियो।[33] वि.सं. २०७९ असोज २३ गते उम्मेदवार नामाङ्कनको अन्तिम दिन जनता समाजवादी पार्टी गठबन्धनबाट अलग भएको थियो भने गठबन्धनले ७ सिटहरूमा लोकतान्त्रिक समाजवादी पार्टीलाई समर्थन गर्ने निर्णय गरेको थियो।[34][35] गठबन्धनले रुपन्देही १ मा घनश्याम भुसाल र रौतहट ३ मा प्रभु साहलाई पनि समर्थन गरेको थियो जो नेकपा (माओवादी केन्द्र)लाई छुट्याइएको सिटबाट नेकपा (एमाले) का असन्तुष्ट उम्मेद्वारको रूपमा निर्वाचन लड्ने घोषणा गरेका थिए।[36][37][38] एकीकृत समाजवादीका राजु गुरुङको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेपछि गठबन्धनले रुपन्देही २ मा राष्ट्रिय जनमोर्चा बाहेक राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवार केशवबहादुर थापालाई समर्थन गर्ने निर्णय गरेको थियो।[39][40][41][42]
राजनीतिक दल | चुनाव चिन्ह | नेता | नेताको सिट | प्रतिस्पर्धा सिट | पुरुष उम्मेदवार | महिला उम्मेदवार | |
---|---|---|---|---|---|---|---|
१. | नेपाली कांग्रेस | शेरबहादुर देउवा | डडेल्धुरा १ | ९१[43] | ८६ | ५ | |
२. | नेकपा (माओवादी केन्द्र) | पुष्पकमल दाहाल | गोरखा २ | ४६[lower-alpha 1] | ३८ | ८ | |
३. | नेपाल समाजवादी पार्टी[44] | बाबुराम भट्टराई | -[45] | ||||
४. | नेकपा (एकीकृत समाजवादी) | माधव कुमार नेपाल | रौतहट १ | २० | १९ | १ | |
५. | लोकतान्त्रिक समाजवादी पार्टी | महन्थ ठाकुर | महोत्तरी ३ | ५१[lower-alpha 2] | ४८ | ३ | |
६. | राष्ट्रिय जनमोर्चा | चित्रबहादुर केसी | बागलुङ १ | २ | १ | १ | |
जम्मा | १६५ | १५२ | १३ |
वि.सं. २०७९ असोज २३ गते प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले ७ वटा सिटमा जनता समाजवादी पार्टीलाई समर्थन गर्ने निर्णय गरेको थियो।नेकपा एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टीको उम्मेदवारहरूलाई झापा ३, रुपनदेही १ र बाँके २ मा तथा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापालाई आफ्नै चुनाव चिन्ह दिएर मकवानपुर १ मा समर्थन गरेको थियो। यसै प्रकार नेकपा एमालेले नेपाली कांग्रेसका बागी उम्मेदवार दिनेश कोइरालालाई चितवन ३ मा, नेपाली कांग्रेस बिपीका कर्णबहादुर मल्ललाई डडेल्धुरा १ मा तथा जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठीलाई परासी १ मा समर्थन गरेको थियो।[46][47]
राजनीतिक दल[48][49] | निर्वाचन चिन्ह | नेता | नेताको सिट | प्रतिस्पर्धा सिट | पुरुष उम्मेदवार | महिला उम्मेदवार | |
---|---|---|---|---|---|---|---|
१. | नेकपा (एमाले) | केपी शर्मा ओली | झापा ५ | १४१ | १३० | ११ | |
२. | नेपाल परिवार दल | एकनाथ ढकाल | सामानुपातिक सूची[50] | ||||
३. | जनता समाजवादी पार्टी | उपेन्द्र यादव | सप्तरी २ | ७९[lower-alpha 3] | ७२ | ७ | |
जम्मा | १५८ | १४७ | ११ |
राजनीतिक दल[48][49] | निर्वाचन चिन्ह | नेता | नेताको सिट | प्रतिस्पर्धा सिट | पुरुष उम्मेदवार | महिला उम्मेदवार | |
---|---|---|---|---|---|---|---|
राष्ट्रिय प्रजातन्त्र पार्टी | राजेन्द्र प्रसाद लिङ्देन | झापा ३ | १४० | १३२ | ८ | ||
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल | कमल थापा | मकवानपुर १[lower-alpha 4] | ५८ | ५२ | ६ | ||
राष्ट्रिय स्वतन्त्र पार्टी | रवि लामिछाने | चितवन २ | १३१[51] | ११९ | १२ | ||
नेपाल मजदुर किसान पार्टी | नारायणमान बिजुक्छे | -[52] | १०९ | ९७ | १२ | ||
जनमत पार्टी | चन्द्रकान्त राउत | सप्तरी २ | ५४ | ५२ | २ | ||
नागरिक उन्मुक्ति पार्टी | रञ्जिता श्रेष्ठ | कैलाली १ | ३० | २७ | ३ | ||
जनता प्रगतिशील पार्टी | हृदयेश त्रिपाठी | परासी १ | १५ | १४ | १ | ||
विवेकशील साझा पार्टी | समीक्षा बास्तोला | - | ७ | ७ | ० | ||
नेपाल सुशासन पार्टी | रमेशप्रसाद खरेल[53] | काठमाडौँ १ | ९ | ८ | १ | ||
नेपाल नौलो जनवादी पार्टी | गङ्गालाल श्रेष्ठ | काभ्रेपलाञ्चोक २ | १ | १ | ० | ||
नेपाल आमा पार्टी | रोमलाल गिरी | सामानुपातिक सूची | ९ | ६ | ३ | ||
सचेत नेपाली पार्टी | पुण्यप्रसाद प्रसाई | काठमाडौँ २ | ७ | ७ | ० | ||
तराई मधेश लोकतान्त्रिक पार्टी | वृखेश चन्द्र लाल | महोत्तरी ३ | २ | २ | ० | ||
हाम्रो नेपाल पार्टी | अनन्त राज घिमिरे | सामानुपातिक सूची | ६२ | ५८ | ४ |
राजनीतिक दल | सदस्यको नाम | राजनीतिक दल | सदस्यको नाम | राजनीतिक दल | सदस्यको नाम | राजनीतिक दल | सदस्यको नाम | राजनीतिक दल | सदस्यको नाम | |||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
नेकपा (एमाले) | भीम बहादुर रावल | नेकपा (एमाले) | खगराज अधिकारी | नेकपा (एमाले) | केदार सिगदेल | नेकपा (एमाले) | पवित्रा निरौला खरेल | नेकपा (एमाले) | जय कुमार राई | |||||
पर्वत गुरुङ | गणेशकुमार पहाडी | कृष्णप्रसाद दाहाल | जगतबहादुर विश्वकर्मा | भूपेन्द्रबहादुर थापा | ||||||||||
दलबहादुर राणा | नन्दलाल रोक्का क्षेत्री | राजबहादुर बुढाथोकी | नवराज राउत | लालबहादुर थापा | ||||||||||
भैरव बहादुर सिंह | थाम माया थापा | कुमारी तुलसी थापा | मोहन बानियाँ | राधाकुमारी ज्ञवाली | ||||||||||
विन्दा पाण्डे | गोमा देवकोटा | मनकुमारी जिसी | मायादेवी न्यौपाने | विष्णु शर्मा | ||||||||||
सरिता न्यौपाने | मैनाकुमारी भण्डारी | तीर्थ गौतम | शिवमाया तुम्बाहाम्फे | सुजाता शाक्य | ||||||||||
वीना कुमारी श्रेष्ठ | नविना लामा | शान्ति माया तामाङ पाख्रिन | कुमारी मेचे | विमला विश्वकर्मा | ||||||||||
विमला विक | सानु शिवा | आशा कुमारी विक | मोतीलाल दुगड | सरिता गिरी | ||||||||||
रेखा कुमारी | ||||||||||||||
नेपाली कांग्रेस | कर्मा घले | नेपाली कांग्रेस | लालकाजी गुरुङ | नेपाली कांग्रेस | जीप छिरिङ लामा | नेपाली कांग्रेस | प्रमिला राई | नेपाली कांग्रेस | महेन्द्र कुमारी लिम्बु | |||||
हीरा गुरुङ | मीना सुब्बा | दिव्यमणि राजभण्डारी | सत्यनारायण शर्मा | मोहन पाण्डे | ||||||||||
रामबहादुर बिष्ट | डिला सङ्ग्रौला | मीना पाण्डे | उमा रेग्मी | रङ्गमती शाही | ||||||||||
ज्ञानकुमारी छन्त्याल | नमिता कुमारी चौधरी | स्मृतिनारायण चौधरी | मानबहादुर विश्वकर्मा | मीनबहादुर विश्वकर्मा | ||||||||||
प्रकाश रसाइली | सुजाता परियार | लक्ष्मी परियार | विमला नेपाली | सीता देवी यादव | ||||||||||
मिनाक्षी झा | अतहर कमल मुसलमान | सरबत आरा खानम | मिनेन्द्र रिजाल | अफताब आलम |
आयोजित मितिहरू | चुनावकर्ता | राजनीतिक दल | दल सूची | निर्वाचन क्षेत्र | जम्मा | ||
---|---|---|---|---|---|---|---|
असोज ३०-कार्तिक १३ | अन्नपूर्ण मिडिया नेटवर्क[55] | नेपाली कांग्रेस | ३६ | ३०% | ५९-६३ | १०१-१०५ | |
नेकपा (एमाले) | ४० | ३४% | ४७-५२ | ९०-१०० | |||
माओवादी केन्द्र | १४ | ११% | १७-२१ | ३०-४० | |||
राष्ट्रिय स्वतन्त्र पार्टी | १० | ९% | १-५ | १०-१५ | |||
एकीकृत समाजवादी | ० | <३% | ९-१३ | ९-१२ | |||
जसपा | ५ | ४% | ४-८ | ८-१२ | |||
राप्रपा | ५ | ४% | २-६ | ६-१० | |||
लोसपा | ० | <३% | १-४ | २-४ | |||
जनमोर्चा | ० | <३% | १-२ | १-२ | |||
मजदुर किसान | ० | <३% | १-३ | १ | |||
नागरिक उन्मुक्ति | ० | <३% | १-३ | १ | |||
स्वतन्त्र | ० | <३% | ५-९ | ६-१० | |||
नमूना आकार | १९,८५८ | जम्मा | ११० | १६५ | २७५ |
आयोजित मिति | चुनावकर्ता | राजनीतिक दल | निर्वाचन क्षेत्र | |
---|---|---|---|---|
मङ्सिर ३ | एबिसी न्युज[56] | नेपाली कांग्रेस | ६१-७० | |
नेकपा (एमाले) | ३४-४१ | |||
माओवादी केन्द्र | २४-३१ | |||
एकीकृत समाजवादी | ७-१० | |||
जसपा | ५-७ | |||
राप्रपा | ३-५ | |||
लोसपा | ३-४ | |||
जनमोर्चा | २ | |||
अन्य | १०-१५ | |||
यत्रतत्र | १६ | |||
जम्मा | १६५ |
दल | राजनीतिक दलको सूची | निर्वाचन क्षेत्र | जम्मा सिटहरू | +/– | |||||
---|---|---|---|---|---|---|---|---|---|
मत | % | सिट | मत | % | सिट | ||||
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) | २,८४५,६४१ | २६.९५ | ३४ | ३,२३३,५६७ | ३०.८३ | ४४ | ७८ | ४३ | |
नेपाली कांग्रेस | २,७१५,२२५ | २५.७१ | ३२ | २,४३१,९०७ | २३.१९ | ५७ | ८९ | २६ | |
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)–नेपाल समाजवादी पार्टी | १,१७५,६८४ | ११.१३ | १४ | ९८२,८२६ | ९.३७ | १८ | ३२ | २१ | |
राष्ट्रिय स्वतन्त्र पार्टी | १,१३०,३४४ | १०.७ | १३ | ८१५,०२३ | ७.७७ | ७ | २० | नयाँ | |
राष्ट्रिय प्रजातन्त्र पार्टी | ५८८,८४९ | ५.५८ | ७ | ५४९,३४० | ५.२४ | ७ | १४ | १३ | |
जनता समाजवादी पार्टी, नेपाल | ४२१,३१३ | ३.९९ | ५ | ३७९,३३७ | ३.६२ | ७ | १२ | २२ | |
जनमत पार्टी | ३९४,६५५ | ३.७४ | ५ | २९२,५५४ | २.७९ | १ | ६ | नयाँ | |
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) | २९८,३९१ | २.८३ | ० | ४३६,०२० | ४.१६ | १० | १० | नयाँ | |
नागरिक उन्मुक्ति पार्टी | २७१,७२२ | २.५७ | ० | १७२,२०५ | १.६४ | ३ | ३ | नयाँ | |
लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल | १६७,३६७ | १.५८ | ० | १६९,६९२ | १.६२ | ४ | ४ | नयाँ | |
नेपाल मजदुर किसान पार्टी | ७५,१६८ | ०.७१ | ० | ७१,५६७ | ०.६८ | १ | १ | ||
हाम्रो नेपाली पार्टी | ५५,७४३ | ०.५३ | ० | ५७,०७७ | ०.५४ | ० | ० | नयाँ | |
मङ्गोल नेसनल अर्गनाइजेसन | ४९,००० | ०.४६ | ० | ४२,८९२ | ०.४१ | ० | ० | – | |
राष्ट्रिय जनमोर्चा | ४६,५०४ | ०.४४ | ० | ५७,२७८ | ०.५५ | १ | १ | ||
नेपाल सङ्घीय समाजवादी पार्टी | ४१,८३० | ०.४ | ० | ७,१७२ | ०.०७ | ० | ० | – | |
नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी लेनिनवादी) | ३०,५९९ | ०.२९ | ० | १८,७१६ | ०.१८ | ० | ० | – | |
राष्ट्रिय जनमुक्ति पार्टी | २३,९३४ | ०.२३ | ० | ३४,०१२ | ०.३२ | ० | ० | – | |
जनता प्रगतिशील पार्टी (नेपाल) | १८,०५९ | ०.१७ | ० | ३७,५११ | ०.३६ | ० | ० | नयाँ | |
नेपाल आमा पार्टी/नेपाल नौलो जनवादी पार्टी/सचेत नेपाली पार्टी/नेपाल सुशासन पार्टी | १७,९०२ | ०.१७ | ० | १८,४९५ | ०.१८ | ० | ० | नयाँ | |
सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च | १७,८०५ | ०.१७ | ० | ११,४८८ | ०.११ | ० | ० | – | |
बहुजन एकता पार्टी नेपाल | १७,०८० | ०.१६ | ० | ७,२७४ | ०.०७ | ० | ० | नयाँ | |
नेपाली काँग्रेस (विपी) | १२,५०१ | ०.१२ | ० | १३,१२३ | ०.१३ | ० | ० | – | |
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल | १२,३४० | ०.१२ | ० | १०,०८७ | ०.१ | ० | ० | नयाँ | |
नेपाली जनता दल | १०,१३७ | ०.१ | ० | १,६५४ | ०.०२ | ० | ० | – | |
बहुजन शक्ति पार्टी | ९,४३५ | ०.०९ | ० | ६,७१० | ०.०६ | ० | ० | – | |
नेपालका लागि नेपाली पार्टी | ८,४२४ | ०.०८ | ० | ३,८९३ | ०.०४ | ० | ० | नयाँ | |
नेपाल कम्युनिष्ट पार्टी | ८,०१३ | ०.०८ | ० | ३१३ | ० | ० | ० | नयाँ | |
नेपाल लोकतान्त्रिक पार्टी | ७,७०५ | ०.०७ | ० | ३,८४२ | ०.०४ | ० | ० | नयाँ | |
नेपाल जनता पार्टी | ७,५१८ | ०.०७ | ० | २,२६९ | ०.०२ | ० | ० | नयाँ | |
नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी (पुष्पलाल) | ७,४०२ | ०.०७ | ० | १,७६० | ०.०२ | ० | ० | नयाँ | |
मितेरी पार्टी नेपाल | ७,०४३ | ०.०७ | ० | २२ | ० | ० | ० | नयाँ | |
जनजागरण पार्टी नेपाल | ६,५५० | ०.०६ | ० | ३२४ | ० | ० | ० | नयाँ | |
आमूल परिवर्तन मसिहा पार्टी नेपाल | ६,४२९ | ०.०६ | ० | १,३६६ | ०.०१ | ० | ० | – | |
तराई मधेश लोकतान्त्रिक पार्टी | ५,९७७ | ०.०६ | ० | १२,२०३ | ०.१२ | ० | ० | नयाँ | |
जनसमाजवादी पार्टी, नेपाल | ५,९२५ | ०.०६ | ० | ३,०३० | ०.०३ | ० | ० | – | |
सामाजिक एकता पार्टी/नेपाल कम्युनिष्ट पार्टी (समाजवादी)/नेपाल दलित पार्टी | ५,८३९ | ०.०६ | ० | ४७८ | ० | ० | ० | नयाँ | |
पिछडावर्ग निषाद दलित जनजाति पार्टी | ५,१०५ | ०.०५ | ० | ३७९ | ० | ० | ० | नयाँ | |
विवेकशील साझा पार्टी | ४,०४९ | ०.०४ | ० | २,४४६ | ०.०२ | ० | ० | – | |
एकीकृत शक्ति नेपाल | ३,७९१ | ०.०४ | ० | ३,०२६ | ०.०३ | ० | ० | नयाँ | |
नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी | ३,७०२ | ०.०४ | ० | ७६६ | ०.०१ | ० | ० | नयाँ | |
सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) | ३,४०६ | ०.०३ | ० | २९३ | ० | ० | ० | – | |
राष्ट्रिय मुक्ति आन्दोलन, नेपाल | ३,३५४ | ०.०३ | ० | ० | ० | – | |||
मौलिक जरोकिलो पार्टी | ३,२५६ | ०.०३ | ० | २,४१६ | ०.०२ | ० | ० | नयाँ | |
नेपाल समावेशी पार्टी | २,९६३ | ०.०३ | ० | ० | ० | – | |||
नेपाल कम्युनिष्ट पार्टी परिवर्तन | २,२२० | ०.०२ | ० | ३६४ | ० | ० | ० | नयाँ | |
राष्ट्रिय नागरिक पार्टी | २,१५० | ०.०२ | ० | १४९ | ० | ० | ० | – | |
नेश्नलिष्ट पिपल्स पार्टी | २,०१८ | ०.०२ | ० | १,७६८ | ०.०२ | ० | ० | नयाँ | |
साझा पार्टी नेपाल | २,३२७ | ०.०२ | ० | ० | नयाँ | ||||
नेपाल सद्भावना पार्टी | ६६० | ०.०१ | ० | ० | नयाँ | ||||
नेपाल विवेकशील पार्टी | ३७९ | ० | ० | ० | नयाँ | ||||
इतिहासिक प्रजातान्त्रिक जनता पार्टी नेपाल | ३५९ | ० | ० | ० | नयाँ | ||||
किरात खम्बुवान साझा पार्टी | २७८ | ० | ० | ० | नयाँ | ||||
खम्बुवान राष्ट्रिय मोर्चा नेपाल | १६२ | ० | ० | ० | नयाँ | ||||
पुनर्जागरण पार्टी नेपाल | १४१ | ० | ० | ० | नयाँ | ||||
नेपालवाद | १३१ | ० | ० | ० | – | ||||
तामाङसालिङ लोकतान्त्रिक पार्टी | ८५ | ० | ० | ० | – | ||||
गान्धीवादी पार्टी नेपाल | ६० | ० | ० | – | नयाँ | ||||
राष्ट्रिय समाजवादी पार्टी नेपाल | ६० | ० | ० | ० | – | ||||
सामाजिक लोकतान्त्रिक पार्टी | ५६ | ० | ० | ० | नयाँ | ||||
स्वतन्त्र राजनीतिज्ञ | ५८४,६२९ | ५.५७ | ५ | ५ | 4 | ||||
जम्मा | १०,५६०,०६७ | १०० | ११० | १०,४८७,९६१ | १०० | १६५ | २७५ | – | |
वैध मतहरू | १०,५६०,०६७ | १०० | १०,४८७,९६१ | १०० | |||||
अवैध/रिक्त मतहरू | ० | ० | ० | 0.00 | |||||
जम्मा मत | १०,५६०,०६७ | १०० | १०,४८७,९६१ | १०० | |||||
दर्ता भएका मतदाता/मतदान | १७,९८८,५७० | ५८.७ | १७,९८८,५७० | ५८.३ | |||||
स्रोत: नेपाल निर्वाचन आयोग |
प्रदेश | कुल सिट | कुल विजयी सिट | ||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
नेका | एमाले | माके | एस | रास्वपा | राप्रपा | जसपा | लोसपा | नाउपा | जपा | नेमकिपा | राजमो | स्व | ||
प्रदेश १ | २८ | ९ | १३ | ३ | १ | १ | १ | |||||||
मधेश | ३२ | ८ | ९ | २ | ६ | ३ | १ | ३ | ||||||
वाग्मती | ३३ | १३ | ४ | ५ | १ | ७ | २ | १ | ||||||
गण्डकी | १८ | ९ | ५ | २ | १ | |||||||||
लुम्बिनी | २६ | ६ | ११ | ४ | १ | ३ | १ | १ | ||||||
कर्णाली | १२ | ४ | ४ | ३ | १ | |||||||||
सुदुरपश्चिम | १६ | ८ | २ | ३ | ३ | |||||||||
कुल | १६५ | ५७ | ४४ | १८ | १० | ७ | ७ | ७ | ४ | ३ | १ | १ | १ | ५ |
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.