Remove ads
नेपालका राजनीतिज्ञ From Wikipedia, the free encyclopedia
योगेश कुमार भट्टराई (जन्म वि.सं. २०२३ भदौ २१) एक नेपाली राजनीतिज्ञ तथा वर्तमानमा नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हुन्।[१][२] भट्टराई वि.सं. २०७४ सालमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा ताप्लेजुङबाट प्रतिनिधि सभा सदस्यको लागि निर्वाचित भएका थिए।
योगेश कुमार भट्टराई | |
---|---|
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री | |
पद बहाली २०७६ श्रावण १५ | |
प्रधानमन्त्री | ओली |
पूर्वाधिकारी | रविन्द्र अधिकारी |
अनेरास्ववियु अध्यक्ष | |
कार्यकाल २०५१–२०५६ | |
व्यक्तिगत विवरण | |
जन्म | वि. सं. २०२३ साल भदौ २१ September, 1966 A.D. ताप्लेजुङ, साँघु-३ |
राजनीतिक दल | नेपाल कम्युनिष्ट पार्टी |
जीवन साथी | विन्दा घिमिरे |
अभिभावकs |
|
वेबसाइट | www.http://yogeshbhattarai.com/ |
योगेश भट्टराईको जन्म ताप्लेजुङको साँघुमा भएको हो।[३] उनको बुवाको नाम भीमलाल भट्टराई र आमाको नाम महेन्द्रादेवी भट्टराई हो। उनले समाजशास्त्र र मानवशास्त्र विषयमा स्नातकोत्तर उत्तीर्ण गरेका छन्।
भट्टराई विद्यालय अध्ययन गर्ने समयमा झापा विद्रोह चरममा थियो। ताप्लेजुङ लगायतका जिल्लामा यसको प्रभाव परेकाले उनलाई पनि विद्यालय पढ्ने समयमै बामपन्थी राजनीतिप्रति झुकाव बढ्यो। उनको परिवारका सदस्यहरू पनि बामपन्थी पृष्ठभूमिका थिए। उनले वि. सं. २०३७ सालमा अनेरास्ववियुको सदस्यता लिए र राजनीति थाले। उनले विद्यालयको प्रारम्भिक समिति हुँदै क्याम्पस समितिमा समेत रहेर काम गर्न भ्याए। स्वतन्त्र विद्यार्थी सङ्घको चुनावमा पटक पटक भाग लिए र अन्ततः वि. सं. २०५१ सालमा उनी अनेरास्ववियूको अध्यक्ष भए। त्यसपछि नेकपा एमालेको जिल्ला समिति, अञ्चल समिति हुँदै केन्द्रीय सदस्यसम्म पुगे। भट्टराई यसअघि वि. सं. २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा पनि काठमाडौँ क्षेत्र नम्बर ६ बाट र वि. सं. २०७० सालको दोस्रो चुनावमा क्षेत्र नम्बर ५ बाट उम्मेद्वार बनेका थिए।
तत्कालीन पर्यटन मन्त्री रविन्द्र अधिकारीको पदमा बहाल रहेकै बेलामा एयर डाइनेष्टी हेलिकप्टर दुर्घटना परि २०७५ फागुन १५ गते मृत्यु भएपछि भट्टराईलाई रिक्त रहेको रहेको पदमा दोस्रो ओली मन्त्रिमण्डलको पर्यटन मन्त्रीको रूपमा नियुक्त गरिएको थियो।
जतनाले निकै आश गरेका युवा मन्त्री भएपनि उनको कार्य शैलीले उनी र सरकार निकै आलोचित बन्नु पर्यो।
प्रतिनिधि सभा निर्वाचन, २०७९ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार ताप्लेजुङ प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं १ बाट २१९४३ मत प्राप्त गरि प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन् ।[८] उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उम्मेदवार खेलप्रसाद बुढाक्षेत्रीले २१७३५ मत प्राप्त गरेका थिए।[९]
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.