राष्ट्रिय प्रजातन्त्र पार्टी
नेपालको एक प्रजातान्त्रिक दल From Wikipedia, the free encyclopedia
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको एक राजतन्त्रवादी र हिन्दू राष्ट्रवादी राजनीतिक दल हो।[४] यसलाई पूर्व प्रधानमन्त्री सूर्य बहादुर थापा र लोकेन्द्र बहादुर चन्दद्वारा गठन गरिएको थियो।[५] राष्ट्रिय पञ्चायत समाप्त पश्चात् दुई प्रधानमन्त्री थापा र चन्दले यसको नेतृत्व दुई-दुई पटक गरिसकेका छन्।
राष्ट्रिय प्रजातान्त्र पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी | |
---|---|
छोटो रूप | राप्रपा |
अध्यक्ष | राजेन्द्र लिङ्देन |
उपाध्यक्ष | विक्रम पाण्डे बुद्धिमान तामाङ ध्रुवबहादुर प्रधान रोशन कार्की |
महामन्त्री | धवल शमशेर राणा |
प्रवक्ता | ज्ञानेन्द्र शाही |
स्थापना | २०४७ जेठ १५ |
प्रमुख कार्यालय | चारुमति बिहार, चाबहिल, काठमाडौँ, नेपाल[१] |
विद्यार्थी सङ्गठन | राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठन |
युवा सङ्गठन | राष्ट्रिय प्रजातान्त्रिक युवा मोर्चा |
महिला सङ्गठन | राष्ट्रिय प्रजातान्त्रिक महिला सङ्गठन |
विचारधारा | हिन्दुत्व[२] हिन्दु राष्ट्रवाद[३] राष्ट्रिय रूढीवादी संवैधानिक राजतन्त्रवाद उदारवादी आर्थतन्त्र |
राजनीतिक स्थान | दक्षिणपन्थी राजनीति |
अन्तर्राष्ट्रिय सम्बद्धता | अन्तर्राष्ट्रिय लोकतान्त्रिक संघ एसिया प्रशान्त लोकतान्त्रिक सङ्घ |
निर्वाचन आयोग स्थिति | राष्ट्रिय दल |
प्रतिनिधि सभामा सिट | १४ / २७५ |
राष्ट्रिय सभामा सिट | ० / ५९ |
प्रदेश सभामा सिट | २८ / ५५० |
नगरप्रमुख/अध्यक्ष | ४ / ७५३ |
वडाध्यक्ष | ३०५ / ३५,०११ |
निर्वाचन चिह्न | |
![]() हलो | |
राजनीतिक दलको झन्डा | |
![]() | |
वेबसाइट | |
rpp |
इतिहास
स्थापना र सुरुवाती वर्ष, २०४७-२०४८
राष्ट्रिय प्रजातन्त्र पार्टीलाई पञ्चायत कालको सत्तारुढ कुलीन वर्गले २०४७ साल जेठ १५ गते गठन गरेका थिए। २०४८ मा, पार्टीमा आएको प्राविधिक मतभेदका कारण यो विभाजित हुन पुगेको थियो र दुई पार्टी एकै नाम, विचारधारा र विधानको साथ अस्तित्वमा आएका थिए। सूर्यबहादुर थापाको नेतृत्व र अर्का नेता लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा दुई दल आम निर्वाचन २०४८मा सहभागी भएका थिए।[६] दुबै दलले अपेक्षानुसार प्रदर्शन गर्न नसक्दा, थापाको पार्टीले १ सीट जितेको थियो जहाँ चन्दको पक्षले ३ सिट जितेको थियो। चुनाव पश्चात्, दुबै दलले एकीकरणको घोषणा गरेका थिए।[६]
प्रथम महाधिवेशन, २०४९-२०५०
पार्टीले पहिलो महाधिवेशन २०४९ सालमा काठमाडौँमा सम्पन्न गरेको थियो र सर्वसम्मतिले सूर्य बहादुर थापालाई यसको अध्यक्षमा चुनिएका थिए भने लोकेन्द्र बहादुर चन्द र राजेश्वर देवकोटालाई नेता र सह-अध्यक्ष चुनिएको थियो।
आम निर्वाचन २०५१मा, दलले १८% प्रतिशत मत प्राप्त गरेको थियो र प्रतिनिधि सभामा २० सिट जित्न सफल भएको थियो जसले गर्दा दल संसदको तेस्रो ठूलो दल बन्न पुगेको थियो। कुनै पनि पार्टीले बहुमत प्राप्त नगर्दा र उक्त दलले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) र नेपाली काङ्ग्रेसको साथ गठबन्धन सरकारमा सामेल भएको थियो।[७]

दोस्रो विघटन, २०५३-२०५६
२०५३ सालमा, लोकेन्द्र बहादुर चन्दको नेतृत्वमा रहेको एउटा समूहले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)सँग गठबन्धन सरकारमा सामेल भएपछि दललाई विभाजन गरेको थियो[८] भने त्यस पश्चात् २०५३ फागुन २९ गते चन्द नेपालका प्रधानमन्त्री भएका थिए। सूर्य बहादुर थापाको नेतृत्वमा रहेको समूहले नेपाली काङ्ग्रेससँग गठबन्धन गरेको थियो। थापा नेतृत्वको सरकारको बिरूद्ध अविश्वासको प्रस्तावलाई समर्थन गर्ने धम्की दिएर पार्टीले लोकेन्द्र बहादुर चन्द र नौ समर्थकहरूलाई निष्कासित गरेको थियो भने पछि चन्दले आफ्नै पार्टी सुरु गरेका थिए। पार्टीको दोस्रो महाधिवेशन २०५५ मा वीरगञ्जमा सम्पन्न भएको थियो र सूर्य बहादुर थापा पुन: यसको अध्यक्ष बनेका थिए। प्रकाशचन्द्र लोहनी, पशुपति शमशेर जङ्गबहादुर राणा र कमल थापालाई क्रमशः उपाध्यक्ष, महासचिव र प्रवक्तामा चयन गरिएको छ।
दुबै पक्ष आम निर्वाचन २०५६ मा, सहभागी भएका थिए र चुनावमा खराब प्रदर्शन गरेका थिए जसको नेतृत्वमा सूर्यबहादुर थापाले ११ सिट जितेका थिए र लोकेन्द्र बहादुर चन्दको नेतृत्वमा रहेको पार्टीले कुनै पनि सिट जित्न असमर्थ रहेको थियो।[९] चुनाव पश्चात्, दुबै पक्षले एकीकरणको घोषणा गरेका थिए।[१०]
राजाको शासन र जनआन्दोलन, २०५९-२०६३
२०६१ माघ १ राजा ज्ञानेन्द्र शाहले शेरबहादुर देउवाको नेतृत्वमा रहेको सरकारलाई बर्खास्त गरेर प्रत्यक्ष शासन लागू गरेपछि लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्रीमा नियुक्त भएका थिए तर उनले २०६० जेठ २२ गतेका दिनमा राजीनामा गरेका थिए र उनको स्थानमा सूर्य बहादुर थापाले नियुक्त भएका थिए।[११]
पोखरामा २०६० मा सम्पन्न पार्टीको तेस्रो महाधिवेशनमा सूर्य बहादुर थापा पार्टी अध्यक्षको पदबाट सेवानिवृत्त भएका थिए (दलको गठन अनुसार अनिवार्य रहेको र उनले दुई पटक चार वर्षको कार्यकाल समाप्त गरेका थिए)। पशुपति शमशेर जङ्गबहादुर राणा अधिवेशनको क्रममा अध्यक्षमा र पदमसुन्दर लावती, कमल थापा र रोशन कार्कीलाई क्रमशः उपाध्यक्ष, महासचिव र प्रवक्ता मनोनयन गरिएको थियो।
पार्टीले २०६० सालमा सूर्यबहादुर थापालाई जनताको बहुदलीय प्रजातन्त्रलाई कमजोर पारेको भन्दै प्रधानमन्त्रीको रूपमा राजीनामा गर्न आग्रह गरेको थियो र अन्ततः उनले २०६१ भदौ १९ गते पदबाट राजिनामा दिएका थिए। पार्टी २०६१ मा, पुनः विभाजित भएको थियो र पार्टीका पूर्व अध्यक्ष सूर्यबहादुर थापाले राष्ट्रिय जनशक्ति पार्टी नामक नयाँ दलको गठन गरेका थिए।[१२]
२०६१ माघ १ तात्कालिक नेपालका राजा ज्ञानेन्द्र शाहले संसद विघटन गरेर प्रत्यक्ष शासनको सुरु गरेसँगै[१३], प्रजातन्त्र समर्थक आन्दोलनलाई समर्थन गर्ने घोषणा गरेको थियो, तथापि, प्रवक्ता कमल थापा लगायत पार्टीका केन्द्रीय समितिका १० सदस्यहरूले राजालाई समर्थन गरेका थिए। पार्टीका मन्त्रीमण्डलका ६ मन्त्रीहरूलाई निष्कासन गरिएको थियो र अन्ततः वि.सं. २०६३ पौष २६ मा, कमल थापाको नेतृत्वमा राजतन्त्रवादी राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले आफ्नै पार्टीको गठन गरेको थियो।
संविधानसभा, २०६३-२०७२
गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा अन्तरिम-व्यवस्थापिका संसदको गठन भए पश्चत्, यस दलले नौ सीटहरू सबैभन्दा ठूलो विपक्षी दल (प्रतिपक्ष दल)को रूपमा देखा परेको थियो।संविधानसभा निर्वाचन, २०६४मा, यसले समानुपातिक प्रतिनिधित्व प्रणाली मार्फत नेपालको संविधानसभाको लागि ८ सीट जितेको थियो। दल पछि माधवकुमार नेपालको नेतृत्वमा सरकारमा सामेल भएको थियो।
२०७० मा, राष्ट्रिय जनशक्ति पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीसँग गाभिएको थियो र सूर्यबहादुर थापाले पार्टीको नेतृत्व गरेका थिए। संविधानसभा निर्वाचन २०७०मा, दलले १३ सीट जितेको थियो जसका कारण यो दोस्रो संविधानसभाको छैठौँ ठूलो राजनीतिक दल बन्न पुगेको थियो।[१४] नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवाद – लेनिनवाद) को समर्थन र नेपाली काङ्ग्रेससँगको गठबन्धन सरकारले पार्टीलाई नयाँ मन्त्रिपरिषद्मा दुईवटा विभाग दिलाएको थियो।

विघटन र एकीकरण २०७३-हाल
२०७३ मङ्सिर ६ मा, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीले उनीहरूको एकीकरणको घोषणा गरेका थिए। नयाँ पार्टीले राष्ट्रिय प्रजातन्त्र पार्टीको नाम कायम रहेको थियो। नयाँ पार्टीको कुल सामर्थ्य ३७ रहेको थियो जसले गर्दा यसलाई नेपालको संसदमा चौथो ठूलो दल बनाएको थियो।[१५] कमल थापा २०७३ फागुनमा काठमाडौँमा भएको एक विशेष महाधिवेशनमा पार्टीको अध्यक्षको रूपमा चुनिएका थिए। पार्टीको चुनावी प्रतीकको छनोटमा मतभेदका कारण दल पुनः विभाजित भएको थियो र डाक्टर प्रकाशचन्द्र लोहनीले १६ चैत २०७३ मा एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)को गठन गरेका थिए।[१६] पशुपति शमशेर जङ्गबहादुर राणाले राष्ट्रिय प्रजातन्त्र पार्टी (लोकतान्त्रिक) गठन गरे पश्चात् फेरि अर्को विभाजन भएको थियो। प्रतिनिधिसभा निर्वाचन, २०७४मा, राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपाली काङ्ग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी (लोकतान्त्रिक) का साथ गठबन्धन गरेको थियो। पार्टीले प्रतिनिधिसभामा केवल एक सीट जितेको थियो जसमा राजेन्द्र लिङ्देन मात्र निर्वाचित भएका थिए।[१७] समानुपातिक प्रतिनिधित्वमा तीन प्रतिशत पार गर्न असफल भएपछि यो राष्ट्रिय पार्टी हुन असमर्थ भएको थियो। यसले १, ३ र ६ प्रदेश सभामा एक-एक सीट जितेको थियो। राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) २०७६ फागुन २९ मा कमल थापा, पशुपति शमशेर राणा र प्रकाशचन्द्र लोहानी अध्यक्ष हुँदै दलमा विलय भएको थियो।[१८][१९]
विचारधारा
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका प्रमुख राजनीतिक दलहरू नेपाली काङ्ग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)को वैकल्पिक शक्तिका रूपमा स्थापित भएको थियो। पार्टी प्रजातन्त्र, संवैधानिक राजतन्त्र, राष्ट्रवाद र आर्थिक उदारवादको सिद्धान्तमा स्थापित भएको थियो। २०६३ मा राजतन्त्रको अन्त्य भएसँगै नेपाललाई २०७३ जेठ ४ गते धर्मनिरपेक्ष राज्य घोषित गरिएको थियो[२०] भने राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले राजतन्त्रलाई समर्थन गर्न र हिन्दू राज्यको पुन: स्थापनाको लागि यसको संविधान परिवर्तन गरेको थियो।[२१] दुई पक्ष एकआपसमा गाभिए पछि राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको गठन गर्ने घोषणा गरिएको थियो। पार्टीले धार्मिक स्वतन्त्रताको साथमा हिन्दू राज्यलाई समर्थन जनाएको छ र यसका लागि २०७३ चैत १६ मा संशोधन प्रस्ताव दर्ता गरेको थियो।[२२]
चुनावी प्रदर्शन
प्रतिनिधि सभा निर्वाचन
निर्वाचन | नेता | मत | सीट | स्थान | सरकार गठन | ||
---|---|---|---|---|---|---|---|
# | % | # | +/- | ||||
२०४८ | सूर्य बहादुर थापा | ३९२,४९९ | ५.३८ | १ / २०५ |
सातौँ | काङ्ग्रेस | |
लोकेन्द्र बहादुर चन्द | ४६८,६०४ | ६.५६ | ३ / २०५ |
पाँचौँ | काङ्ग्रेस | ||
२०५१ | सूर्य बहादुर थापा | १,३६७,१४८ | १७.९३ | २० / २०५ |
![]() |
![]() |
नेकपा (एमाले) अल्पसङ्ख्यक |
२०५६ | सूर्य बहादुर थापा | ८९९,५११ | १०.४४ | ११ / २०५ |
![]() |
![]() |
काङ्ग्रेस |
लोकेन्द्र बहादुर चन्द | २९३,९५२ | ३.४१ | ० / २०५ |
नौवौँ | काङ्ग्रेस | ||
२०६४ | पशुपति शमशेर | ३१०,२१४ | ३.०१ | ८ / ५७५ |
![]() |
![]() |
नेकपा (माओवादी)–नेकपा (एमाले)–मधेसी जन अधिकार फोरम, नेपाल |
२०७० | सूर्य बहादुर थापा | २३८,३१३ | २.६३ | १३ / ५७५ |
![]() |
![]() |
काङ्ग्रेस–नेकपा (एमाले)–राप्रपा |
२०७४ | कमल थापा | १९६,७८२ | २.०६ | १ / २७५ |
![]() |
![]() |
नेकपा(एमाले)–नेकपा(माओवादी केन्द्र) |
२०७९ | राजेन्द्र लिङ्देन | ५,८८,८४९ | ५.५८ | १४ / २७५ |
![]() |
![]() |
प्रतिपक्ष |
प्रदेश सभा निर्वाचनहरू
कोशी
मधेश
बागमती
गण्डकी
लुम्बिनी
कर्णाली
सुदूरपश्चिम
नेतृत्व
२०४७ साल देखिका राष्ट्रिय प्रजातान्त्र पार्टीका अध्यक्ष
- सूर्य बहादुर थापा, २०४९-२०५८, २०७२-२०७३
- पशुपति शमशेर जबरा, २०४७-२०७०, २०७१-२०६३, २०७६-२०७८
- कमल थापा, २०७३–२०७८
- प्रकाशचन्द्र लोहनी, २०७६–२०७८
- राजेन्द्र लिङ्देन (२०७८-हाल)[२३]
राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन, २०७८
- अध्यक्ष
- उपाध्यक्ष (४)
१ विक्रम पाण्डे २ बुद्धिमान तामाङ ३ ध्रुवबहादुर प्रधान ४ रोशन कार्की
- महामन्त्री (३)
१ धवल शम्शेर राणा २ भुवन कुमार पाठक ३ कुन्तीकुमारी शाही
राष्ट्रिय प्रजातान्त्र पार्टीका प्रधानमन्त्रीहरू
क्रम सङ्ख्या | प्रधानमन्त्री | तस्वीर | कार्यकाल | व्यवस्थापिका | मन्त्रिपरिषद् | निर्वाचन क्षेत्र | ||
---|---|---|---|---|---|---|---|---|
सुरु | अन्त्य | कार्यकाल | ||||||
1. | लोकेन्द्रबहादुर चन्द | ![]() |
२०५३ फागुन २९ | २०५४ असोज २१ | २०९ दिन | तेस्रो प्रतिनिधि सभा | तेस्रो लोकेन्द्रबहादुर चन्द मन्त्रिपरिषद् | बैतडी २ |
२०५९ असोज २५ | २०६० जेठ २२ | २३७ दिन | राजा ज्ञानेन्द्रद्वारा नियुक्त | चौथो लोकेन्द्रबहादुर चन्द मन्त्रिपरिषद् | ||||
2. | सूर्यबहादुर थापा | ![]() |
२०५४ असोज २१ | २०५५ वैशाख २ | १९० दिन | तेस्रो प्रतिनिधि सभा | चौथो सूर्यबहादुर थापा मन्त्रिपरिषद् | धनकुटा २ |
२०६० जेठ २२ | २०६१ भदौ १९ | १ वर्ष, ९१ दिन | राजा ज्ञानेन्द्रद्वारा नियुक्त | पाँचौँ सूर्यबहादुर थापा मन्त्रिपरिषद् |
उपप्रधानमन्त्रीहरू
क्रम सङ्ख्या | प्रधानमन्त्री | तस्वीर | कार्यकाल | व्यवस्थापिका | मन्त्रिपरिषद् | निर्वाचन क्षेत्र | ||
---|---|---|---|---|---|---|---|---|
सुरु | अन्त्य | कार्यकाल | ||||||
1. | कमल थापा | ![]() |
२०७२ असोज २५ | २०७३ साउन २० | २९७ दिन | संविधान सभा | चौथो ओली मन्त्रिपरिषद् | दलको सूची |
२०७४ असोज ३१ | २०७४ फागुन २ | १२० दिन | संविधान सभा | चौथो देउवा मन्त्रिपरिषद् | ||||
2. | राजेन्द्र लिङ्देन | ![]() |
२०७९ माघ ३ | २०७९ फागुन १३ | ३९ दिन | नेपालको दोस्रो सङ्घीय संसद | तेस्रो प्रचण्ड मन्त्रिपरिषद् | झापा ३ |
तथ्यसूत्र
बाह्य कडीहरू
Wikiwand - on
Seamless Wikipedia browsing. On steroids.