प्रदेश सभा (नेपाल)

From Wikipedia, the free encyclopedia

प्रदेश सभा नेपालको सङ्घीय प्रदेशका लागि एकसदनात्मक निर्वाहक विधान सभा हो; अथवा प्रदेशको व्यवस्थापिका नै प्रदेश सभा हो। नेपालको संविधान २०७२ बमोजिम अगावै विघटन भएकोमा बाहेक प्रदेश सभाको कार्यकाल पाँच वर्षको हुन्छ।[१]

प्रत्येक निर्वाचन क्षेत्रका लागि उम्मेदवारलाई राजनीतिक दलहरूले छान्छन् वा स्वतन्त्रको रूपमा छानिन्छन्। प्रत्येक निर्वाचन क्षेत्रले पहिलो पटक निर्वाचन सरल बहुमत प्रणाली अन्तर्गत एक सदस्य निर्वाचित गर्दछ। नेपालले समानुपातिकतर्फको मतप्रणाली प्रयोग गर्ने भएकाले दलीय सूचीको समानुपातिक प्रतिनिधित्वमार्फत सदस्य निर्वाचित गर्न मतदाताले अर्को मतपत्र हालेका हुन्छन्। हालको संविधानमा पहिलो पटक पदीय प्रणालीबाट ६० प्रतिशत र दलीय सूचीको समानुपातिक प्रतिनिधित्व प्रणालीमार्फत चालिस प्रतिशत सदस्य निर्वाचित हुनुपर्ने उल्लेख छ। प्रत्येक पार्टीबाट निर्वाचित कुल सदस्यको एक तिहाइ सदस्य महिलाले हुनुपर्छ र यदि एक तिहाई प्रतिशत निर्वाचित भएन भने, सुनिश्चित गर्न नसक्ने दलले दल-सूची समानुपातिक प्रतिनिधित्व मार्फत कुल सङ्ख्याको एक तिहाईलाई महिलाको रूपमा निर्वाचित गर्नु पर्ने व्यवस्था रहेको छ।[२]

निर्वाचन पछि समग्र बहुमत भएको पार्टी (अन्य सबै दलको संयुक्तभन्दा बढी सिट) सरकारमा जान्छ। यदि कुनै पनि दलले बहुमत प्राप्त गर्न असमर्थ रहेको खण्डमा दलहरूले गठबन्धन गर्ने प्रयास गर्न सक्छन्।

नेपालको पहिलो प्रदेश सभा निर्वाचन २०७४ मङ्सिर १० र २०७४ मङ्सिर २१ मा गरि दुई चरणमा सम्पन्न भएको थियो।[३]

नेपालका ७ वटै प्रदेशमा गरि ५५० वटा सिट रहेको छ जसमा ३३० (६०%) प्रादेशिक सीटको निर्वाचन सरल बहुमत प्रणाली मार्फत र २२० (४०%) समानुपातिक प्रतिनिधित्वमार्फत सिट सङ्ख्याको निर्वाचन हुन्छ।

प्रदेश सभाको सूची

थप जानकारी प्रदेश सभा, सिट संख्या ...
प्रदेश सभा सिट संख्या सभा स्थान सत्तारुढ दल
प्रत्यक्ष निर्वाचित सिट समानुपातिक प्रतिनिधित्व सिट कुल सिट
प्रदेश नं. १ ५६ ३७ ९३ विराटनगर नेकपा (एमाले)
मधेश ६४ ४३ १०७ जनकपुर जनता समाजवादी पार्टी, नेपाल
बागमती ६६ ४४ ११० हेटौँडा नेकपा (माओवादी केन्द्र)
गण्डकी ३६ २४ ६० पोखरा नेपाली कांग्रेस
लुम्बिनी ५२ ३५ ८७ देउखुरी नेपाली कांग्रेस
कर्णाली २४ १६ ४० वीरेन्द्रनगर नेकपा (माओवादी केन्द्र)
सुदूरपश्चिम ३२ २१ ५३ गोदावरी नेपाली कांग्रेस
जम्मा ३३० २२० ५५०
बन्द गर्नुहोस्
वि.सं. २०८० वैशाख १४ यता प्रदेश अनुसार सताधारी दल

सिट वितरण

थप जानकारी प्रदेश सभा, कुल सिट ...
प्रदेश सभा कुल सिट सिटहरू
नेका नेकपा (एमाले) नेकपा (माके) राप्रपा नेकपा (एस) जसपा जनमत नाउपा लोसपा नेमकिपा हानेपा राजमो नेससपा स्वतन्त्र
प्रदेश नं. १[४] ९३ २९ ४० १३
मधेश[५] १०७ २२ २४ १९ १३
बागमती[६] ११० ३७ २७ २१ १३
गण्डकी[७] ६० २७ २२
लुम्बिनी[८] ८७ २७ २९ १०
कर्णाली[९] ४० १४ १० १३
सुदूरपश्चिम[१०] ५३ १९ १० ११
जम्मा ५५० १७५ १६२ ८५ २८ २५ २३ १६ १२ १२
बन्द गर्नुहोस्

कोशी प्रदेश सभा

निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदनका अनुसार प्रदेश नं. १ का १४ जिल्लामा प्रत्यक्ष निर्वाचन प्रणाली अन्तर्गत ५६ सिट समेटिएको छ।[११]

मधेश प्रदेश सभा

मधेश प्रदेश का प्रत्येक जिल्लामा ८ वटा प्रदेश सभाका सिट रहेका छन् । मधेश प्रदेश का ८ जिल्लामा कुल ६४ वटा प्रत्यक्ष निर्वाचन प्रणाली अन्तर्गत प्रदेश सिटहरू रहेका छन्।[११]

बागमती प्रदेश सभा

बागमती प्रदेशमा प्रत्यक्ष निर्वाचन प्रणाली अन्तर्गत कुल ६६ प्रदेश सिट रहेको छ।

गण्डकी प्रदेश सभा

गण्डकी प्रदेशमा प्रत्यक्ष निर्वाचन प्रणाली अन्तर्गत कुल ३६ प्रदेश सिट रहेको छ।

लुम्बिनी प्रदेश सभा

लुम्बिनी प्रदेशमा प्रत्यक्ष निर्वाचन प्रणाली अन्तर्गत कुल ५२ प्रदेश सिट रहेको छ।

कर्णाली प्रदेश सभा

कर्णाली प्रदेशमा प्रत्यक्ष निर्वाचन प्रणाली अन्तर्गत कुल २४ प्रदेश सिट रहेको छ।

सुदूरपश्चिम प्रदेश सभा

सुदूरपश्चिम प्रदेशमा प्रत्यक्ष निर्वाचन प्रणाली अन्तर्गत कुल ३२ प्रदेश सिट रहेको छ।

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Loading related searches...

Wikiwand - on

Seamless Wikipedia browsing. On steroids.