From Wikipedia, the free encyclopedia
कर्णाली प्रदेश सभा कर्णाली प्रदेशको एकसदनात्मक प्रदेश सरकार र कानून निर्माण गर्ने निकाय हो। नेपालको सात प्रदेशमध्ये एक, कर्णाली प्रदेशको प्रादेशिक राजधानी सुर्खेत जिल्लाको वीरेन्द्रनगरमा रहेको छ।[1] प्रादेशिक सभामा ४० जना विधायक सदस्यहरू छन् जसमध्ये २४ जना पहिलो पटक मतदान मार्फत निर्वाचित भएका थिए भने १६ जना समानुपातिक तर्फबाट निर्वाचित भएका थिए। सभाको अवधि पाँच वर्षको रहेको छ।[2]
कर्णाली प्रदेश सभा | |
---|---|
कर्णाली प्रदेेशको प्रथम सभा | |
प्रकार | |
प्रकार | एकसदनात्मक |
इतिहास | |
नयाँ कार्यकालको सुरुवात | २०७४ माघ २१ |
नेतृत्वकर्ता | |
सभामुख | |
उपसभामुख | |
मुख्यमन्त्री | |
प्रतिपक्ष दलको नेता | |
संरचना | |
राजनीतिक दल | सरकार (२१)
प्रतिपक्ष (१३) अन्य प्रतिपक्ष (१)
|
कार्यकाल अवधि | ५ वर्ष |
निर्वाचन | |
सिट:
| |
पछिल्लो निर्वाचन | मङ्सिर १० र मङ्सिर २१, २०७४ |
आउने निर्वाचन | २०७९ |
बैठक स्थल | |
सिँचाइ डिभिजन कार्यालय, वीरेन्द्रनगर, सुर्खेत | |
वेबसाइट | |
pga.karnali.gov.np | |
संविधान | |
नेपालको संविधान |
२०७४ प्रतिनिधिसभा निर्वाचन पश्चात्, वि.सं. २०७४ मा वर्तमान प्रथम प्रदेश सभाको गठन भएको थियो। निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को गठबन्धनले बहुमत प्राप्त गरेको थियो। आगामी निर्वाचन वि.सं. २०७९ मा यसको कार्यकाल सकिए पछि हुन्छ।
कर्णाली प्रदेश सभा नेपालको संविधान २०७२ को धारा १७५ बमोजिम गठन भएको थियो। उक्त व्यवस्थाले मुलुकका प्रत्येक प्रदेशका लागि प्रादेशिक संसदको प्रत्याभूति गरेको छ। नेपालका सातै प्रदेशका लागि पहिलो प्रदेश सभा निर्वाचन २०७४ सालमा सम्पन्न भएको थियो र कर्णाली प्रदेश निर्वाचन प्रतिनिधिसभा तर्फको ४० सिटका लागि सम्पन्न भएको थियो।[3] यस चुनावको परिणामस्वरूप नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गठबन्धनको विजय भएको थियोे।२०७५ जेठ ३ मा, यी दुई पार्टीहरू एकआपसमा गाभिएर नेपाल कम्युनिष्ट पार्टीको गठन भएको थियो जसको कारण यसले अत्याधिक बहुमत प्राप्त गरेको थियो।[4] पछि नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट महेन्द्रबहादुर शाहीको नेतृत्वमा गठबन्धन सरकारको गठन भएको थियो। नेकपा एमालेका राजबहादुर शाही[5] प्रदेश सभाका प्रथम सभामुख हुन् भने प्रथम उप-सभामुख पुष्पा घर्ती थिइन।[6]
दोश्रो प्रदेश सभा निर्वाचन २०७९ बाट नया सभामुख मा. नन्दा गुरुङ निर्वाचित भएकी छिन भने उपसभामुख मा. यशोदा न्यौपाने रहेकी छिन ।[7]
साथै हाल नेकपा माओबादी र नेकपा एमाले को गठबन्धन बाट मुख्य मन्त्री एमाले कर्णाली प्रदेश सभाका संसदिय दल का नेता मा. यमलाल कडेल रहेका छन ।
निर्वाचन वर्ष | सभा | कार्यकाल सुरुवात | कार्यकाल अन्त्य | मुख्यमन्त्री | सभामुख |
---|---|---|---|---|---|
२०७४ | पहिलो सभा | २०७४ माघ १८ | बहालवाला | महेन्द्रबहादुर शाही (नेकपा) (मन्त्रिपरिषद्) |
राजबहादुर शाही (नेकपा) |
नेपालको संविधानको धारा १९५ मा प्रदेश सभाहरूलाई कार्यसञ्चालन कार्यविधिको व्यवस्था गर्न विशेष समितिहरू गठन गर्ने अधिकार प्रदान गरिएको छ।
क्र.सं | समिति | सदस्यता |
---|---|---|
१ | वित्त र राष्ट्रिय स्रोत | ८ |
२ | प्रदेश मामिला | ७ |
३ | सामाजिक विकास | ८ |
४ | सार्वजनिक खाता | ९ |
दल | संसदीय दलको नेता | सिट | |
---|---|---|---|
नेपाल कम्युनिष्ट पार्टी | महेन्द्रबहादुर शाही | ३३ | |
नेपाली काङ्ग्रेस | जीवनबहादुर शाही | ६ | |
राष्ट्रिय प्रजातन्त्र पार्टी | सोशीला शाही | १ | |
जम्मा | ४० |
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.