प्रदेश सभा निर्वाचन, २०७४
From Wikipedia, the free encyclopedia
Remove ads
प्रदेशसभा निर्वाचन नेपालको नवनिर्मित सात प्रदेशहरूको प्रदेश सभाको गठनको लागि प्रतिनिधि सभा निर्वाचनसँगै दुई चरणमा वि.सं. २०७४ मङ्सिर १० र २०७४ मङ्सिर २१ मा सम्पन्न भएको थियो। नेपालको सात वटै प्रदेशको प्रदेश सभाको लागि तय गरिएको ५५० सिटको (पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबाट ३३० र समानुपातिक प्रतिनिधित्व प्रणालीबाट २२०) लागि यो निर्वाचन सम्पन्न गरिएको थियो। यो निर्वाचनले नेपाललाई एक सङ्घीय संरचनामा परिवर्तन गरेको थियो[१] भने अर्को प्रदेश सभाको निर्वाचन प्रदेश सभा निर्वाचन, २०७९ मा सम्पन्न भएको थियो।
Remove ads
Remove ads
निर्वाचन प्रणाली
प्रदेश सभाका ५५० सदस्यको निर्वाचन दुई विधिबाट सम्पन्न भएको थियो। एकल सदस्य निर्वाचन क्षेत्रबाट ३३० जना पहिलो हुने निर्वाचित हुने निर्वाचन क्षेत्रबाट र १.५ प्रतिशतभन्दा बढी मत प्राप्त गर्ने दलको बन्द सूचीको समानुपातिक प्रतिनिधित्वबाट २२० जना निर्वाचित भएका थिए। प्रत्येक मतदाताले दुई विधिका लागि छुट्टाछुट्टै मतपत्र प्राप्त गर्नेछन्।[२]
नतिजा
पूर्ण विवरण
प्रदेश नं. १
मधेश प्रदेश
बागमती प्रदेश सभा
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
Remove ads
यो पनि हेर्नुहोस्
सन्दर्भ सामग्रीहरू
Wikiwand - on
Seamless Wikipedia browsing. On steroids.
Remove ads