सुदूरपश्चिम प्रदेश सभा निर्वाचन, २०७४
From Wikipedia, the free encyclopedia
सुदूरपश्चिम प्रदेश सभा निर्वाचन, २०७४ सुदूरपश्चिम प्रदेश सभाको ५३ सदस्य चयनको लागि दुई चरणमा वि.सं. २०७४ मङ्सिर १० र २०७४ मङ्सिर २१ मा मतदान सम्पन्न भएको थियो।[८][९]निर्वाचन आयोग नेपालको अनुसार यस निर्वाचनमा मतदान गर्न योग्य मतदाताको सङ्ख्या १४ लाख ३५ हजार ६ सय ७१ रहेको जनाएको थियो। यस निर्वाचनमा प्रत्यक्ष निर्वाचन प्रणाली मार्फत १७ र समानुपातिक प्रतिनिधित्व प्रणाली मार्फत ८ सिट जितेर नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) सबैभन्दा ठूलो दल बनेको थियो। नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बिच गठबन्धन भएपछि सभाको तेस्रो ठूलो दलको रूपमा रहेको माओवादी (केन्द्र)को भागमा मुख्यमन्त्री पद परेको थियो। वि.सं. २०७४ माघ २३ गते नेकपा (माओवादी केन्द्र)को संसदीय दलको नेता समेत रहेका त्रिलोचन भट्टलाई आन्तरिक दलको बैठकद्वारा मुख्यमन्त्री चयन गरिएको थियो[१०] भने वि.सं. २०७४ फागुन ३ गते नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम यस प्रदेशको प्रदेश प्रमुख मोहनराज मल्लले उनलाई मुख्यमन्त्री नियुक्त गरेका थिए।[११] वि.सं. २०७४ फागुन ५ गते भट्टले मुख्यमन्त्रीको रूपमा सपथग्रहण गरेका थिए।[१२][१३]
![]() | |||||||||||||||||||||||||
| |||||||||||||||||||||||||
सुदूरपश्चिम प्रदेश सभाको सम्पूर्ण ५३ सिट[१] बहुमतको लागि २७ सिट[२] | |||||||||||||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
दर्तावाल मतदाता | १४,३५,६७१[३] | ||||||||||||||||||||||||
कुल मतदान | ९,५३,०३३ | ||||||||||||||||||||||||
| |||||||||||||||||||||||||
|
पृष्ठभूमि
आयोजन
खर्च सीमा
प्रदेशसभा निर्वाचनको लागि एक उम्मेदवारले अधिकतम १५ लाख खर्च गर्न पाउने सीमा निर्वाचन आयोगले तोकेको थियो। यस अन्तर्गत उम्मेदवारले सवारीसाधन प्रयोग गर्नका लागि ३ लाख, प्रचारप्रसार सामग्रीको लागि ६० हजार, ढुवानीका लागि ४५ हजार, गोष्ठी तथा अन्तरक्रियाका लागि ४ लाख ८० हजार, अन्य प्रचार प्रसार/ छापा तथा विद्युतीय माध्यमको लागि ६० हजार, कार्यलय सञ्चालनका लागि ३५ लाख, प्रतिनिधि परिचालनका लागि १ लाख २० हजार तथा विविध खर्चका लागि ७३ हजार २ सय तोकेको थियो।[१४]
निर्वाचन कार्यक्रम
वि.सं. २०७४ भदौ १५ गते मन्त्रिपरिषद्को बैठकले निर्वाचन आयोगबाट प्राप्त सुझावका आधारमा प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचन वि.सं. २०७४ मङ्सिर १० र मङ्सिर २१ गते हुने गरी दुई चरणमा गर्ने निर्णय गरेको थियो।[१५]पहिलो चरण अन्तर्गत ३२ हिमाली जिल्लामा निर्वाचन भएको थियो भने दोस्रो चरणमा ४५ जिल्लामा निर्वाचन सम्पन्न गरिने निर्णय आयोगले गरेको हो।[१६][१७] सुदूरपश्चिम प्रदेशको ९ जिल्लाहरू मध्ये पहिलो चरणमा ४ जिल्ला र दोस्रो चरण अन्तर्गत ५ जिल्लामा निर्वाचन सम्पन्न भएको थियो।
निर्वाचन प्रणाली
सुदूरपश्चिम प्रदेशको प्रदेश सभाका ५३ सदस्यहरूको चयन दुई तरिकाले गरिएको थियो जसमध्ये ३२ सदस्यको चयन एकल-मतदान निर्वाचन क्षेत्रबाट पहिलो मतदान गरेर र बाँकी २१ सदस्यको चयन एक प्रदेशव्यापी निर्वाचन क्षेत्रबाट बन्द सूचीको सामानुपातिक प्रतिनिधित्वद्वारा गरिएको थियो।[१९] प्रत्येक मतदाताले दुईवटा विधिहरूको लागि छुट्टाछुट्टै मतपत्र पाएका थिए। सामानुपातिक तर्फ कुनै पनि एक राजनीतिक दल वा निर्वाचन गठबन्धनले एउटा सिट छुट्याउन समग्र वैध मतदानको ३% मत पाउनु पर्ने व्यस्था गरिएको थियो।[२०]
नतिजाहरू
राजनीतिक दल | प्रत्यक्ष | समानुपातिक | जम्मा | |||||
---|---|---|---|---|---|---|---|---|
मत | % | सिट | मत | % | सिट | |||
नेपाली कांग्रेस | ३५७,२०४ | ३९.३७ | ४ | २९५,७२९ | ३७.३८ | ८ | १२ | |
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) | २९१,३५८ | ३२.११ | १७ | २६०,९५५ | ३२.९९ | ८ | २५ | |
नेकपा (माओवादी केन्द्र) | १६६,५१३ | १८.३५ | १० | १४२,७०२ | १८.०४ | ४ | १४ | |
राष्ट्रिय जनता पार्टी नेपाल | ३२,४०० | ३.५७ | १ | ३६,९०२ | ४.६६ | १ | २ | |
अन्य | ५५,२६९ | ५.४९ | ० | ५४,७८४ | ६.९३ | ० | ० | |
स्वतन्त्र | ४,६३० | ०.५१ | ० | – | – | – | ० | |
अमान्य/बदर मत | ४५,६४९ | – | – | १५८,२६७ | – | – | – | |
जम्मा | ९५३,०३३ | १०० | ३२ | ९४९,३३९ | १०० | २१ | ५३ | |
दर्तावाल मतदाता/मतदान | १,४३५,६७३ | ६६.३८ | – | १,४३५,६७३ | ६६.१३ | – | – | |
स्रोत: निर्वाचन आयोग नेपाल |
सन्दर्भ सामग्रीहरू
यो पनि हेर्नुहोस्
Wikiwand - on
Seamless Wikipedia browsing. On steroids.