From Wikipedia, the free encyclopedia
रुपन्देही नेपालको लुम्बिनी प्रदेश अन्तर्गत पर्ने एक जिल्ला हो। यस जिल्लाको पूर्वमा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), पश्चिममा कपिलवस्तु जिल्ला, उत्तरमा पाल्पा जिल्ला र दक्षिणमा भारतको उत्तर प्रदेश पर्दछ। गौतम बुद्धको पवित्र जन्मस्थलको रूपमा विश्वमा नै परिचित यो जिल्ला ऐतिहासिक भौगोलिक एंव पर्यटकीय दृष्टिले ज्यादै महत्त्वपूर्ण मानिन्छ।[2]
रुपन्देही जिल्ला | |
---|---|
देश | नेपाल |
प्रदेश | लुम्बिनी प्रदेश |
सदरमुकाम | सिद्धार्थनगर |
स्थानीय तहहरू | सूची
|
सरकार | |
• प्रकार | जिल्ला समन्वय समिति |
• अङ्ग | जिल्ला समन्वय समिति, रुपन्देही |
क्षेत्रफल | |
• जम्मा | १३६० किमी२ (५३० वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | १११८९७५ |
• घनत्व | ८२०/किमी२ (२१००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+०५:४५ (नेपालको प्रमाणिक समय) |
भाषाहरू | नेपाली, भोजपुरी, अवधी, थारु |
यस जिल्लाको नामाकरणको सम्वन्ध भगवान गौतम बुद्धसँग जोडिएको छ। गौतम बुद्धको आमा माया देवी यसै जिल्ला देवदहको भवानीपूरमा जन्मिएकी थिइन। उनी अत्यन्त सुन्दरी भएकोले उनलाई रूपिदेवी भनिन्थ्यो र त्यही शब्द रूपिदेवीवाट रूपिन्देही र रुपन्देही भएको हो भन्ने भनाई छ।[2]
यहाँका प्रमुख जनजातिमा ब्राहमण,क्षेत्री, थारु, मसुलमान, यादव, लोध, गुरुङ्ग, पासी, तेली, मल्लाह, धोवी आदि हुन। राष्ट्रिय भाषा नेपाली भएपनि यस जिल्लामा ६१%ले भोजपुरी, २४%ले नेपाली, ९% लेथारु र ६%ले विभिन्न भाषाहरू बोल्ने गरेके पाइन्छ।[2]
यस जिल्लाको मुख्य पेशा कृषि नै हो र कुल क्षेत्रक्रल मध्ये ८५९२२२ हेक्टर जमिन खेतीपातीको लागि उपयुक्त रहेको छ। यस जिल्लामा सतह सिंचाई, भूमिगतसिंचाई र लिफ्ट सिंचाईको माध्यमबाट ४८% खेती योग्य जमिनका सिंचाई सुविधा उपलब्ध छ। सिंचाईको मूख्य स्रोत नदि नाला भएपनि वर्षा याममा अध्यधिक पानीका बहावले गर्दा भू-क्षय, बाढी पहिरोर नदि कटान जस्ता गम्भीर समस्याहरू उत्पन्न हुने गर्दछन्। समतल भू-भाग, यातायातको सुविधा (सिर्द्धार्थ र महेन्द्र राजमार्गको मुख्य योगदान), कच्चा पर्द्धार्थ उपलब्धता, मेशिनरी औजारहरूको पैठारीमा सुगमता र उपलब्ध बजारको कारणले गर्दा यस जिल्लामा ठुला, मझौला र स(साना विविध उद्योगहरू स्थापना भएका छन्। बुटवल र सिर्द्धार्थनगर यस जिल्लाका महत्त्वपूर्ण औधौगिक एंव व्यापारी क्षेत्र हुन्।[2][3]
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.