नेपालको बाह्रौँ राष्ट्रिय जनगणना, २०७८
From Wikipedia, the free encyclopedia
Remove ads
नेपालको राष्ट्रिय जनगणना, २०७८ केन्द्रीय तथ्याङ्क विभागले देशव्यापी रूपमा आयोजना गरेको बाह्रौँ जनगणना हो।[३] वि.सं. २०७८ जेठ २५ देखि असार ८[४] सम्म हुने गरी तय गरिएको यो जनगणना कोरोना भाइरस प्रकोपको कारण स्थगित गरी वि.सं. २०७८ कात्तिक २५ देखि मङ्सिर ९ सम्म आयोजना गरिएको थियो।[५][६][७] जनगणनाका नतिजा अनुसार वर्तमान नेपालमा जनसङ्ख्या वृद्धिदर ०.९३ रहेकोमा विसं २०६८ सालको तथ्याङ्क अनुसार दर १.४० प्रतिशत थियो।[८] नतिजाले जनघनत्व १९८ जना प्रतिवर्ग किलोमिटर रहेको छ जुन एक दशकअघि १८१ जना प्रतिवर्ग किलोमिटर रहेको थियो।
Remove ads
Remove ads
जनगणना प्रतिवेदन
जनगणना २०७८ अनुसार, नेपालको जनसङ्ख्या दुई करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ। महिलाको सङ्ख्या एक करोड ४९ लाख ११ हजार २७ अर्थात् ५१.०२ प्रतिशत छ भने पुरुषको सङ्ख्या एक करोड ४२ लाख ५३ हजार ५५१ अर्थात् ४८.९८ प्रतिशत छ।[९]
जनसङ्ख्या | जम्मा | २,९१,६४,५७८ |
पुरुष | १,४२,५३,५५१ | |
महिला | १,४९,११,०२७ | |
साक्षरता | जम्मा | ७६.२% |
पुरुष | ८३.६% | |
महिला | ६९.४% | |
जनघनत्व | प्रति किमी२ | १९८ |
लैङ्गिक अनुपात | प्रति १०० पुरुष | ९५ महिला |
मुख्य नतिजाः
- कुल जनसङ्ख्याको ६१.९६ प्रतिशत १५ देखि ५९ वर्ष उमेरका, १४ वर्ष वा सो भन्दा कम उमेरका २७.८३ प्रतिशत र ६० वर्ष वा सो भन्दा माथिल्लो उमेरका १०.२१ प्रतिशत रहेको छ।
- प्रति परिवार सदस्य औसतमा ४.३७ जना रहेको छ, प्रति परिवार हिमाली क्षेत्रमा ४.३३ जना, पहाडमा ३.९९ जना र तराई क्षेत्रमा ४.७३ जना सदस्य रहेका छन्। परिवारको आकार रौतहट जिल्लामा सबैभन्दा बढी (५.९४) र गोरखा र दोलखा जिल्लामा सबैभन्दा कम (३.४९) रहेको छ।
- नगरपालिकाहरूको जनसङ्ख्या ६६.१७ प्रतिशत रहेको छ भने, गाउँपालिकाहरूको जनसङ्ख्या ३३.८३ प्रतिशत रहेको छ।
- सबैभन्दा बढी जनसङ्ख्या भएका जिल्लाहरूः काठमाडौँ, मोरङ, रूपन्देही, झापा र सुनसरी जिल्ला रहेका छन्।
- सबैभन्दा कम जनसङ्ख्या भएका जिल्लाहरूः मुस्ताङ, डोल्पा, रसुवा र हुम्ला जिल्ला रहेका छन्।
- तराईमा कुल जनसङ्ख्याको ५३.६१ प्रतिशत (१,५६,३४,००६ जना), पहाडमा ४०.३१ प्रतिशत (१,१७,५७,६२४ जना) र हिमाली क्षेत्रमा ६.०८ प्रतिशत (१७,७२,९४८ जना) जनसङ्ख्या रहेको छ।
- सबैभन्दा धेरै जनसङ्ख्या बागमती प्रदेशमा २०.९७ प्रतिशत र सबैभन्दा कम कर्णाली प्रदेशमा ५.७९ प्रतिशत रहेको छ।
- ८६.० प्रतिशत परिवारहरू आफ्नै स्वामित्वको घरमा बसोबास गरिरहेका छन् भने १२.८ प्रतिशत परिवारहरू भाडामा लिइएको आवासीय एकाइमा बसिरहेको छन्।
- कुल परिवार मध्ये आधा भन्दा बढी (५१ प्रतिशत) परिवारले खाना पकाउन अक्सर काठदाउरा प्रयोग गर्ने गरेका छन्।
- जनगणनामा बिजुली प्रयोग गर्ने परिवार ९२.२ प्रतिशत पुगेको छ। बत्ती बाल्नका लागि सौर्य ऊर्जा, मट्टितेल र अन्य इन्धन प्रयोग गर्ने परिवार क्रमशः ६.६, ०.६, र ०.६ प्रतिशत रहेका छन्।
- साधारण मोवाइल फोन हुने परिवारको प्रतिशत ७३.१५ प्रतिशत छ भने त्यसपछि स्मार्ट मोबाइल फोन भएका परिवार ७२.९४ प्रतिशत रहेको छ।
- ९५.५ प्रतिशत परिवारले कुनै न कुनै प्रकारको शौचालयको प्रयोग गर्ने गरेका छन्।
- कुल २३.८ प्रतिशत परिवारहरूमा महिलाको नाममा घर वा जग्गा वा घरजग्गा दुबै रहेको छ। परिवारमा ११.८ प्रतिशत महिलाको नाममा घर र जग्गा दुवै रहेको छ।
- ३१.५५ प्रतिशत परिवारमा महिला परिवार मूली रहेका छन्।
- विवाहित पुरुष र महिलाहरू उनीहरूको कुल जनसङ्ख्याको क्रमशः ५९.१ र ६४.३ प्रतिशत रहेका छन्।
- पहिलो विवाह गर्दाको औषत उमेर १९ वर्ष रहेको छ, जसमा पुरुषको २१ वर्ष र महिलाको १८ वर्ष रहेको छ।
- कुल जनसङ्ख्याको २.२ प्रतिशत व्यक्तिमा कुनै न कुनै प्रकारको अपाङ्गता रहेको छ।
- ५ वर्ष वा सो भन्दा बढी उमेरका कुल जनससङ्ख्यामा साक्षरता दर ७६.३ प्रतिशत रहेको छ। पुरुषको साक्षरता दर ८३.६ प्रतिशत छ भने महिलाको साक्षरता दर ६९.४ प्रतिशत रहेको छ।
- सबै भन्दा बढी २८.७ प्रतिशत व्यक्तिहरूले प्राथमिक तह (कक्षा १ देखि ५ सम्म) उत्तीर्ण गरेका छन्। दोस्रोमा निम्न माध्यमिक तह (कक्षा ६ देखि ८ सम्म) उत्तीर्ण गरेका व्यक्तिहरू १९.९ प्रतिशत रहेका छन्। एस.एल.सि. वा सो सरह मात्र उत्तिर्ण गर्ने व्यक्तिहरू कुल साक्षर जनसङ्ख्याको ९.५ प्रतिशत छन्।
- आर्थिक काममा संलग्न मध्ये सबैभन्दा धेरै कृषि, वन र माछापालन क्षेत्रमा ५७.३ प्रतिशत रहेका छन्।
Remove ads
नतिजा
जम्मा जनसङ्ख्या: २,९१,९२,४८०[१०]
क्षेत्रफल | घरधुरी सङ्ख्या | जम्मा घरपरिवारको सङ्ख्या | जम्मा जनसङ्ख्या (२०७८) | पुरुष | महिला | लैङ्गिक अनुपात | परिवारमा सदस्य | वृद्धि दर | जनसङ्ख्या प्रति किमी२ |
नेपाल | ५,६४३,९४५.०० | ६,७६१,०५९.०० | २९,१९२,४८०.०० | १४,२९१,३११.०० | १४,९०१,१६९.०० | ९५.९१ | ४.३२ | ०.९३ | १९८.०० |
भौगोलिक क्षेत्र | |||||||||
हिमाल | ३७९,३८४.०० | ४१६,४८०.०० | १,७७८,१०४.०० | ८७७,६६६.०० | ९००,४३८.०० | ९७.४७ | ४.२७ | -०.०२ | ३४.०० |
पहाड | २,३९७,५३७.०० | २,९७४,६९८.०० | ११,७४८,५४८.०० | ५,७२१,३२९.०० | ६,०२७,२१९.०० | ९४.९२ | ३.९५ | ०.२९ | १९२.०० |
तराई | २,८६७,०२४.०० | ३,३६९,८८१.०० | १५,६६५,८२८.०० | ७,६९२,३१६.०० | ७,९७३,५१२.०० | ९६.४७ | ४.६५ | १.५६ | ४६१.०० |
प्रदेशहरू | |||||||||
कोशी प्रदेश | १,०८२,४६२.०० | १,२०३,९३०.०० | ४,९७२,०२१.०० | २,४२५,२६६.०० | २,५४६,७५५.०० | ९५.२३ | ४.१३ | ०.८८ | १९२.०० |
मधेश प्रदेश | ९६७,९२७.०० | १,१९०,१५४.०० | ६,१२६,२८८.०० | ३,०७८,२२३.०० | ३,०४८,०६५.०० | १००.९९ | ५.१५ | १.२० | ६३६.०० |
बागमती प्रदेश | १,१६१,२८४.०० | १,५७५,०९७.०० | ६,०८४,०४२.०० | ३,०३३,५७४.०० | ३,०५०,४६८.०० | ९९.४५ | ३.८६ | ०.९२ | ३००.०० |
गण्डकी प्रदेश | ५७९,९४२.०० | ६७८,१७६.०० | २,४७९,७४५.०० | १,१८०,४६०.०० | १,२९९,२८५.०० | ९०.८५ | ३.६६ | ०.३० | ११६.०० |
लुम्बिनी प्रदेश | १,००६,४५०.०० | १,१५५,५२३.०० | ५,१२४,२२५.०० | २,४५७,४८४.०० | २,६६६,७४१.०० | ९२.१५ | ४.४३ | १.२५ | २३०.०० |
कर्णाली प्रदेश | ३३१,८२१.०० | ३७१,१२५.०० | १,६९४,८८९.०० | ८२८,३०७.०० | ८६६,५८२.०० | ९५.५८ | ४.५७ | ०.७३ | ६१.०० |
सुदूरपश्चिम प्रदेश | ५१४,०५९.०० | ५८७,०५४.०० | २,७११,२७०.०० | १,२८७,९९७.०० | १,४२३,२७३.०० | ९०.४९ | ४.६२ | ०.५० | १३६.०० |
कोशी प्रदेशको जनसङ्ख्या
मधेश प्रदेशको जनसङ्ख्या
बागमती प्रदेशको जनसङ्ख्या
गण्डकी प्रदेशको जनसङ्ख्या
लुम्बिनी प्रदेशको जनसङ्ख्या
कर्णाली प्रदेशको जनसङ्ख्या
सुदूरपश्चिम प्रदेशको जनसङ्ख्या
Remove ads
प्राविधिक प्रयोग
राजधानी बाहिर विगतमा जस्तै कागजी प्रश्नावलीबाट जनगणना गरिए पनि काठमाडौँँ महानगरपालिका र छवटा नगरपालिकामा विद्युतीय माध्यमबाट जनगणना गरिएको थियो। कालापानी क्षेत्रमा स्थलगत जनगणना सम्भव नभए स्याटलाइट प्रविधि बाट घर सङ्ख्या गनिने बताइएको थियो।[११] ई-सेन्ससको विधिबाट पहिलो पटक विदेशमा रहेका नेपाली नेपाली कर्मचारी तथा आश्रित व्यक्तिको विवरण पनि सङ्कलन गरिएको थियो।
विवादहरू
जनगणनामा गणकहरूले सिसाकलमको प्रयोग गरी फारम भरेको आरोप लागेको छ।[१२] बाग्लुङका कायत समुदायले जनगणना वहिष्कार गरेका थिए।[१३]
यो पनि हेर्नुहोस्
सन्दर्भ सामग्रीहरू
बाह्य कडीहरू
Wikiwand - on
Seamless Wikipedia browsing. On steroids.
Remove ads