सूर्यबहादुर थापा

नेपालका पूर्व प्रधानमन्त्री From Wikipedia, the free encyclopedia

सूर्यबहादुर थापा


सूर्य बहादुर थापा (वि.सं.१९८४-२०७२) नेपालका राजनीतिज्ञ तथा पूर्व प्रधानमन्त्री थिए। उनी धेरै पटक प्रधानमन्त्री हुनेहरू मध्येमा पर्दछन् जो आफ्नो जीवनमा पटक पटक गरी ५ पटक नेपालको प्रधानमन्त्री भएका थिए। थापा राजा महेन्द्र, राजा बीरेन्द्रराजा ज्ञानेन्द्र गरी तीन राजाहरूको शासनकालमा प्रधानमन्त्री भएका थिए। धनकुटा जिल्लाको मुगा गा. बि. स. मा जन्मेका उनी लामिछाने थापा हुन्। उनी काठमाडौंको मालीगाउँमा बस्दथे।

Thumb
सूर्यबहादुर थापा आफ्नो ८७औं जन्मोत्सव मनाउँदै
छरितो तथ्यहरू सूर्यबहादुर थापा, २४ औँ प्रधानमन्त्री (नेपाल) ...
सूर्यबहादुर थापा
Thumb
२४ औँ प्रधानमन्त्री (नेपाल)
कार्यकाल
२०२२–२०२६
एकाधिपतिराजा महेन्द्र
पूर्वाधिकारीतुल्सी गिरी
उतराधिकारीतुल्सी गिरी
कार्यकाल
२०३५–२०३८
एकाधिपतिराजा बीरेन्द्र
पूर्वाधिकारीकिर्तीनिधि बिष्ट
उतराधिकारीनिरन्तर
कार्यकाल
२०३८–२०४०
एकाधिपतिराजा बीरेन्द्र
पूर्वाधिकारीनिरन्तर
उतराधिकारीलोकेन्द्र बहादुर चन्द
कार्यकाल
२०५४–२०५५
एकाधिपतिराजा बीरेन्द्र
पूर्वाधिकारीलोकेन्द्र बहादुर चन्द
उतराधिकारीगिरिजा प्रसाद कोइराला
कार्यकाल
२०६९–२०६०
एकाधिपतिराजा ज्ञानेन्द्र
पूर्वाधिकारीलोकेन्द्र बहादुर चन्द
उतराधिकारीशेरबहादुर देउबा
व्यक्तिगत विवरण
जन्म१९८४ चैत्र ९
धनकुटा नेपाल
मृत्यु२०७२ बैशाख २
मेदान्ता अस्पताल नयाँदिल्ली, भारत
राजनीतिक दलराष्ट्रिय प्रजातन्त्र पार्टी
मातृ शिक्षाप्रतिष्ठानदरवार हाइस्कूल, अल्लाहबाद विश्वविद्यालय भारत
बन्द गर्नुहोस्
Thumb
सूर्य बहादुर थापा सँग पशुपति शम्शेर राणा

बि. सं. २०१५ सालमा राजा महेन्द्रबाट संसदको निर्वाचन घोषणा भएपछि गठीत सल्लाहकार सभामा सूर्यबहादुर थापा अध्यक्ष भएका थिए। बि. सं. २०१७ साल पुस १ गते राजा महेन्द्रले संसदीय व्यवस्था अन्त्य गरेर निर्दलीय पञ्चायत व्यवस्था स्थापना गरेपछि यिनी मन्त्री, मन्त्रीपरिषद्को उपाध्यक्ष हुँदै अध्यक्ष सम्म बनेका थिए। पञ्चायतको पहिलो प्रधानमन्त्री (भनिने) यिनै बनेका थिए। राजनीतिक व्यवस्था जस्तोसुकै भए पनि सूर्यबहादुर थापाले उदारवादी राजनीतिक अवधारणालाई सधैँ आफ्नो प्राथमिकतामा राखे। बि. सं. २०३६ सालको जनमत सङ्ग्रह अघि नै थापाले नेपालमा चलिरहेको राजदरबार र सिंहदरबारको द्वैध शासन अन्त्य हुनुपर्ने माग गरेका थिए। बि. सं. २०३६ सालको जनमत संग्रहलाई निर्दलीय पञ्चायतको पक्षमा ल्याउन साम, दाम, दण्ड, भेदको नीति अख्तियार गरेर चर्चाको शिखरमा रहेका थापाले तत्कालीन राजा वीरेन्द्रसँग समन्वय स्थापित गर्न सकेनन्। राष्ट्रिय पञ्चायतमा उनका विरुद्ध ल्याइएको अविश्वासको प्रस्तावमा नाटकीय रूपले उनी पराजित भए। प्रजातन्त्र पुनर्स्थापना पछि नेपाली काँग्रेसको समर्थनमा प्रधानमन्त्री बनेका थापा ज्ञानेन्द्रको शासनकालमा पनि प्रधानमन्त्री भएका थिए। छर-छिमेकका राजनीतिमा सुझबुझपूर्ण समझदारी राख्ने थापा नेपालका केही परिपक्व राजनीतिज्ञ मध्ये एक मानिन्छन्। उनी जीवन भर नै राजनितीमा निकै सकि्य थिए।

Thumb
सूर्यबहादुर थापा घरमा

प्रधानमन्त्री

पहिलो कार्यकाल

दोस्रो कार्यकाल

तेस्रो कार्यकाल

चौथो कार्यकाल २०५४

२०५४ असोज २० मा कांग्रेसको सहयोगमा सूर्यबहादुर थापाको नेतृत्वमा सरकार गठन भयो। वि.सं. २०५४ साल पौष २४ मा प्रधानमन्त्री थापाले संसद् विघटनका लागि राजा समक्ष सिफारिस गरेका थिए। पौष २९ मा राजाले संसद विघटन र विशेष अधिवेशनको समावेदन मध्ये कुनले प्राथमिकता पाउने भनेर सर्वोच्च अदालतसँग राय मागे। २०५४ माघ २२ मा सर्वोच्च अदालतले विशेष अधिवेशन बोलाउने प्रावधानलाई मान्यता दिनु पर्ने राय पेस गरेको थियो। राजाले संसद विघटन रद्द गरेका थिए। संसद विघटनको मुद्दालाई लिएर राप्रपा पार्टी फुट्यो र लोकन्द्रबहादुर चन्दले राप्रपा (चन्द) गठन गरेका थिए।

२०५४ चैत्र २८ मा सुर्यबहादुर थापाले राजीनामा दिए।

पाँचौ कार्यकाल

निधन

थापाको बि. स. २०७२ वैशाख २ गते राति निधन भयो। ८८ वर्षको उमेरमा उनको भारतको मेदान्त अस्पतालमा निधन भएको थियो। क्यान्सरमा पिडित उनको उपचारको क्रममा निधन भएको हो।

[१]

सन्दर्भ सामग्रीहरू

बाह्यलिङ्कहरू

यो पनि हेर्नुहोला

Loading related searches...

Wikiwand - on

Seamless Wikipedia browsing. On steroids.