राजेन्द्रप्रसाद लिङ्देन

नेपालका राजनीतिज्ञ From Wikipedia, the free encyclopedia

राजेन्द्रप्रसाद लिङ्देन

राजेन्द्रप्रसाद लिङ्देन एक नेपाली राजनीतिज्ञ हुन्। उनी राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष हुन्। उनी यस पार्टीका पूर्व महामन्त्री पनि हुन्। उनी नेपालको पहिलो सङ्घीय संसदका सदस्य हुन्। वि.सं. २०७४ को नेपालको आम निर्वाचनमा उनी झापा ३ निर्वाचन क्षेत्रबाट ४४,६१४ (५६.५२%) मत ल्याएर निर्वाचित भएका थिए। [२] [३]

छरितो तथ्यहरू राजेन्द्रप्रसाद लिङ्देन, अध्यक्ष, राष्ट्रिय प्रजातन्त्र पार्टी ...
राजेन्द्रप्रसाद लिङ्देन
Thumb
अध्यक्ष, राष्ट्रिय प्रजातन्त्र पार्टी
पद बहाली
२०७८ मंसिर १८
उपाध्यक्ष
पूर्वाधिकारीकमल थापा
व्यक्तिगत विवरण
जन्म२०२२ भदौ २२ गते
राष्ट्रियतानेपाली
राजनीतिक दलराष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल
राष्ट्रिय प्रजातन्त्र पार्टी
अभिभावकs
  • मानप्रसाद (पिता)
  • धनकुमारी[१] (आमा)
बन्द गर्नुहोस्

आदिवासी समुदायका भएर पनि उनलाई जातिय आरक्षणको विरोधी नेताका रूपमा चिनिन्छ।[४]

जीवनी

राजेन्द्र लिङ्देनको जन्म वि.सं. २०२२ भदौ २२ गते ताप्लेजुङको ढुङ्गेसाँघुमा भएको थियो।[५] प्रहरी सेवामा रहेका उनका बाबुको जागिर झापामा भएकाले ढुङ्गेसाँघु (ताप्लेजुङ) मा जन्मेपनि उनको बाल्यकाल भने झापामा बित्यो। [६]उनले राजनीति शास्त्रइतिहासमा स्नातकोत्तर गरेका छन्।

राजनैतिक जीवन

  • वि.सं. २०३८ देखि विगठित राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डलको विभिन्न तहमा २०४६ सम्म ।
  • २०४९ देखि २०५४ सम्म राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनको संस्थापक केन्द्रीय अध्यक्ष । बहुदलीय व्यवस्थापछिका दुवै स्थानीय निर्वाचनमा तत्कालीन गोलधाप गा.वि.सं. वडा नं ३ को वडा अध्यक्ष । रा.प्र.पा. झापाको प्रवक्ता र सचिव÷तात्कालीन राप्रपा नेपालको के.स. । पूर्वाञ्चल संयोजक र हाल राप्रपाको महामन्त्री, सङ्गठन विभाग प्रमुख । राप्रपाको नेपालको के.स., पूर्वाञ्चल संयोजक र राप्रपाको महामन्त्री । सङ्गठन विभाग प्रमुख, २०६० मङ्सिर देखि २०६१ आषाढसम्म र २०६२ जेष्ठ देखि चैत्रसम्म जि.वि.सं. सभापति झापा ।
  • २०३८ मा २ महिना, २०४७ मा ५ महिना ३ दिन जेल जीवन ।
  • जिल्ला विकास समिति झापाको सभापति (२०६१–२०६३) । साथै तत्कालीन स्थानीय निकायको निर्वाचित वडाध्यक्षका रूपमा जिम्मेवारी निर्वाह । [५]

राजाको प्रत्यक्ष शासन

राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा लिङ्देन जिल्ला विकास समिति झापाको सभापति बनेका थिए । उनलाई तत्कालीन राजा ज्ञानेन्द्र शाहले नै उनलाई जिविस झापाको सभापतिमा मनोनयन गरेका थिए । २०६२-६३ को जन आन्दोलनका बेला उनलाई झापाको बिर्तामोडमा राजावादी भएको आरोप लगाउँदै कालो मोसो दलिएको थियो । त्यतिमात्र होइन सशस्त्र द्वन्द्वकालमा माओवादीका कार्यकर्ताले उनको झापा गोलधापमा रहेको घरमा आगजनी गरेका थिए ।

२०७१

विक्रम सम्वत् २०७१ को पार्टी महाधिवेशनमा उनले केन्द्रिय सदस्यमा खुला तर्फ सर्वाधिक मत (११०८ मत) पाएका थिए।[७]

२०७८

विक्रम सम्वत् २०७८ मा भएक राप्रपाको महाधिवेशनको लागि २०७८ मंसिर ९ मा लिङ्देनले अध्यक्षमा र धवल शम्शेर राणाले महामन्त्रीमा उमेदवारी घोषणा गरेका थिए।[८] उनले महामन्त्री धवलशमशेर जबरासहितको प्यानल घोषणा गर्दै अहिलेको नेतृत्वबाट पार्टी नचल्ने पनि बताएका थिए। उनले भनेका थिए "अध्यक्षत्रय (कमल थापा, पशुपतिशमशेर राणा र प्रकाशचन्द्र लोहनी)बाट पार्टी चल्दैन, तपाईंहरु नभए पनि यो पार्टी चलाउने मान्छे छौं है भनेर हामीले कार्यक्रम गरेका हौँ। धवल शमशेर राणाले मलाई अध्यक्ष प्रस्ताव गर्नुभएको छ, त्यो म स्वीकार गर्छु र अधिवेशनबाट अध्यक्ष लड्ने घोषणा गर्दछु’, उनले भने, ‘म नेतृत्वलाई गाली गर्दिन, समयले परिवर्तन खोज्यो। त्यसैले अध्यक्षमा उमेदवारी घोषणा गरेको हो।" उनले यसलाई बिद्रोह नभई बाध्यात्मक कदम बताएका थिए।[९]

प्रतिनिधि सभा २०७९

प्रतिनिधि सभा निर्वाचन, २०७९मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार राजेन्द्रप्रसाद लिङ्देन झापा प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं ३ बाट ४०६४८मत प्राप्त गरि प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन्।[१०] उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौलाले ३७३७२मत प्राप्त गरेका थिए।[११]

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय (नेपाल)

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Loading related searches...

Wikiwand - on

Seamless Wikipedia browsing. On steroids.