संविधान सभा सदस्य From Wikipedia, the free encyclopedia
कृष्णप्रसाद सिटौल नेपाली कांग्रेसका सम्बन्धित नेपाली राजनीतिज्ञ हुन्। कृष्ण सिटौला बृहत् शान्ति सम्झौतामा महत्वपूर्ण भूमिकाको लागि चिनिन्छन् । [१] [२] [३]
कृष्णप्रसाद सिटौला | |
---|---|
गृहमन्त्री | |
एकाधिपति | राजा ज्ञानेन्द्र |
प्रधानमन्त्री | गिरिजाप्रसाद कोइराला |
पूर्वाधिकारी | कमल थापा |
उतराधिकारी | वामदेव गौतम |
कांग्रेस सभापति सुशील कोइरालाले सिटौलालाई पार्टीको महामन्त्रीमा मनोनयन गरेका थिए। कोइराला परिवारका नजिकका सिटौला [४] [५] २०६३ मा गृहमन्त्री र उपप्रधानमन्त्री भइसकेका छन्।
२०७४ को चुनावमा सिटौलाले चुनाव हारे। राष्ट्रिय प्रजातान्त्र पार्टीले राजेन्द्रप्रसाद लिङ्देनलाई उम्मेदवार बनाएको थियो सिटौलालाई हटाउन राप्रपाले नेकपा (एमाले) र माओवादीसँग गठबन्धन बनाएको थियो। [६]
उनी गृहमन्त्री छँदा भएको सुडान घोटालालाई लिएर उनको आलोचना हुने गर्छ। २९ करोड अनियमितता भएको यस घटनाको समयमा उनी प्रहरीको राजनीतिक नेतृत्वमा थिए।
प्रतिनिधि सभा निर्वाचन, २०७९ मा नेपाली काँग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौलाले झापा प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं ३ बाट ३७,३७२[७]मत प्राप्त गरी राष्ट्रिय प्रजातन्त्र पार्टीउम्मेदवार राजेन्द्र प्रसाद लिङ्देनसँग ३,२७६ मतान्तरले पराजित भए।[८]
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.