प्रदिप पौडेल

नेपालका राजनीतिज्ञ From Wikipedia, the free encyclopedia

Remove ads

प्रदिप पौडेल (अङ्ग्रेजी: Pradip Paudel) एक नेपाली राजनीतिज्ञ तथा नेपाली कांग्रेसका केन्द्रीय समिति सदस्य हुन्। नेपाली कांग्रेसको १३औँ महाधिवेशनमा उनी सर्वाधिक ५ मत ल्याई पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन्।[] उनले आफ्नो राजनीतिक करियर नेपाली कांग्रेसको विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी सङ्घबाट सुरु गरेका थिए। सन् २०१४ सेप्टेम्बर १७ मा सुशील कोइरालाबाट नियुक्ति स्वीकार गर्दै उनी नेपाली कांग्रेस केन्द्रीय समितिको सदस्य भएका हुन्।[]

छरितो तथ्यहरू प्रदिप पौडेल, व्यक्तिगत विवरण ...
Remove ads

राजनीतिक जीवन

पौडेलले आफ्नो राजनीतिक जीवन अमृत क्याम्पस बाट नेपाल विद्यार्थी सङ्घ नेताका रूपमा सुरु गरेका थिए। उनी सन् १९९६ मा स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्षमा निर्वाचित भएका थिए। सन् २००० देखि २००२ सम्म पौडेलले नेपाल विद्यार्थी सङ्घ को केन्द्रीय समितिमा काम गरेका थिए। उनी सन् २००२ र २००७ को बीचमा तीन कार्यकाल नेपाल विद्यार्थी सङ्घका उपाध्यक्ष थिए, त्यसपछि उनले सन् २००७ देखि सन् २०१२ सम्म नेपाल विद्यार्थी सङ्घ को अध्यक्षको रूपमा काम गरेका थिए।[]

पौडेल तनहुँ–२ (क) बाट गण्डकी प्रदेश सभाका प्रदेश सभा सदस्यका लागि उम्मेदवारी दिएका थिए। उनी नेकपा (माके)की आशा कोइरालासँग पाँच मतले हारेपछि चुनावमा धाँधली भएको दाबी गर्दै नतीजाको विरोध गरेका थिए।[] उनले केपी शर्मा ओली सरकारको अलोकतान्त्रिक अभ्यास र व्याप्त भ्रष्टाचारविरुद्ध आवाज उठाउनेहरूमा अग्रपङ्क्तिमा रहेका थिए।[] पौडेल कांग्रेसका युवा नेता गगन थापा र पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग नेपालको जनआन्दोलन २०६३ मा अग्रपङ्क्तिमा रहेका प्रमुख युवा व्यक्तित्व थिए।[स्रोत नखुलेको]

Remove ads

निर्वाचन इतिहास

गण्डकी प्रदेश प्रदेशसभा निर्वाचन, २०७४, तनहुँ २ (क)

थप जानकारी राजनीतिक दल, उम्मेदवार ...

प्रतिनिधि सभा २०७९

प्रतिनिधि सभा निर्वाचन, २०७९मा नेपाली कांग्रेस)का उम्मेदवार प्रदीप पौडेल काठमाडौं प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं ५ बाट १५२३७मत प्राप्त गरि प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन् ।[] उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार ईश्वर पोखरेलले १०१७५मत प्राप्त गरेका थिए।[]

सन्दर्भ सामग्रीहरू

Loading content...
Loading related searches...

Wikiwand - on

Seamless Wikipedia browsing. On steroids.

Remove ads