From Wikipedia, the free encyclopedia
वि.सं. २०४७ वैशाख २३ गते काठमाडौँ (नेपाल) मा नेपाल राष्ट्रिय जनमुक्ति मोर्चाको नामबाट यो पार्टीको जन्म भएको हो [1] । यही नामबाट पार्टीले वि.सं. २०४८ सालको संसदीय निर्वाचनमा 'मान्छे' चुनाव चिन्ह लिएर भाग पनि लियो [2] । त्यस पश्चात वि.सं.२०४८ माघ ६ गते राष्ट्रिय जन पार्टीसंग एकीकरण भएपछि राष्ट्रिय जनमुक्ति पार्टीको नामकरण भएको हो [3] । यसपछि भएका २०५१ सालको मध्यावधि निर्वाचन, २०५६ को संसदीय निर्वाचन र २०६४ को संविधान सभाको निर्वाचनमा 'घर' चुनाव चिन्ह लिएर पार्टीले भाग लिई सकेको छ । पार्टीको २३ वर्षीय जीवनकालमा प्रथम (२०५३ जेठ, काठमाडौँ ), दोश्रो (२०५६ मंसिर, रुपन्देही ) तेस्रो (२०६२ फाल्गुन, ललितपुर) र चौथौ (२०६७ फाल्गुन, नवलपरासी) गरी चार राष्ट्रिय महाधिवेशन सम्पन्न भईसकेका छन् । 'जनमुक्ति विचारधारा' लाई मार्गदर्शक सिद्दान्तको रूपमा आत्मसात गर्दै 'बहुजातीय लोकतान्त्रिक समाजवाद' स्थापनाको लागि निरन्तर अग्रसर राष्ट्रिय जनमुक्ति पार्टी सामुहिक नेतृत्व र कार्यकर्तामा आधारित सङ्गठन प्रणाली अनुसार संचालित रहेको छ [4] ।
राष्ट्रिय जनमुक्ति पार्टी | |
---|---|
अध्यक्ष | केपी (खड्ग प्रसाद) पालुङ्वा (लिम्बु) |
कार्यकारी अध्यक्ष | केशव सुर्यवंशी (मगर) |
स्थापना | 1990 |
प्रमुख कार्यालय | नारायणगोपाल चोक, महाराजगञ्च चक्रपथ लमटङ्गन मार्ग, काठमाडौं, नेपाल |
वेबसाइट | |
www |
आदिवासी, जनजाति, दलित एवं उत्पीडित समुदायको मुक्तिको लागि नेपालमा सङ्घीय व्यवस्था हुनुपर्छ भनेर आवाज उठाउने नेपालको पहिलो पार्टी राष्ट्रिय जनमुक्ति नै हो । [स्रोत नखुलेको]
पार्टीको सर्वोच्च निकाय राष्ट्रिय महाधिवेशन हो र त्यसपछि राष्ट्रिय भेला हो । महाधिवेशन पांच वर्षमा एक पटक र राष्ट्रिय भेला वर्षको एक पटक हुने व्यवस्था छ । सङ्घिय परिषद (केन्द्रिय समिति ) महाधिवेशनबाट निर्वाचित निकाय हो [5]। केन्द्रिय तहमा सङ्घिय परिषद कार्यकारी निकाय हो भने त्यसको मातहतमा स्थायी समिति रहने व्यवस्था रहेको छ । सङ्घिय सभा पार्टीको अर्को केन्द्रिय निकाय हो जो स्थयी संरचनाको रूपमा रहेको छ । सङ्घिय सभा सङ्घिय परिषदबाट मनोनित हुने सदस्यहरूको निकाय हो | मातहतको पार्टी संरचना अन्तर्गत राज्य परिषद, जिल्ला कार्य समिति,निर्वाचन क्षेत्रिय समिति, इलाका समिति, गाउँ/नगर/उप वा महानगर समिति र वडा समिति रहने व्यवस्था छ [6] ।
पार्टीको भातृ सङ्गठन हरूलाई जनसङ्गठन भन्ने व्यवस्था रहेको छ । यस्ता जनसङ्गठनहरु राष्ट्रिय युवा मोर्चा, नेपाल विधार्थी मोर्चा, राष्ट्रिय महिला मोर्चा, राष्ट्रिय भूतपूर्व सैनिक सङ्गठन, राष्ट्रिय मजदुर मोर्चा, राष्ट्रिय किसान मोर्चा, राष्ट्रिय आदिवासी जनजाति महासङ्घ राष्ट्रिय दलित मोर्चा, राष्ट्रिय मुस्लिम परिषद, राष्ट्रिय भूमिहीन-सुकुम्वासी मोर्चा रहेका छन् । यस बाहेकका सङ्गठहरु राष्ट्रिय यातायात व्यवसायी परिषद, राष्ट्रिय शिक्षक परिषद, राष्ट्रिय कर्मचारी सङ्गठन, राष्ट्रिय खेलकुद सङ्गठन, राष्ट्रिय पत्रकार परिषद, राष्ट्रिय बुद्दीजीवि परिषद, बहुजातीय सांस्कृतिक मोर्चा यस पार्टीसंग वैचारिक रूपमा निकट रहेका सङ्गठनहरु हुन् [7]।
पार्टीले जातीय जनसङ्ख्याको आधारमा समानुपातिक प्रतिनिधित्व र हक अधिकार दिलाई सोही आधारमा शिक्षा, सरकारी वा गैरसरकारी सेवा, रोजगारी र औद्योगिक व्यवसायहरूमा संवैधानिक र कानुनी रूपमा आरक्षणको व्यवस्था गरी सबै जाति, भाषा र धर्मावलम्बीहरूलाई राज्यको नीति निर्माणमा सहभागी बनाई उनीहरूको राष्ट्रिय पहिचान कायमै राखी राज्यको मूल प्रवाहमा एकताबद्ध गरी "राष्ट्रिय एकता, स्थायी शान्ति र दिगो विकासको आधार, जातीय समानुपातिक प्रतिनिधित्व र सङ्घात्मक सरकार" को मूल मन्त्र सहित "जनमुक्ति विचारधारा" लाई मार्गदर्शक सिद्धान्तको रूपमा आत्मसात गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालमा "बहुजातीय लोकतान्त्रिक समाजवाद" स्थापनाको लागि निरन्तर अग्रसर र कृयाशिल रहेको छ ।
२०६४ सालको संविधानसभाको निर्वाचनबाट २ जना सभासद निर्वाचित भएको थियो । एम.एस.थापा (मालवर सिं थापा) यस पार्टीको संस्थापक अध्यक्ष हुनुहुन्छ इतिहास,जनमुक्ति पार्टी ।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.