शेखर कोइराला

नेपालका राजनीतिज्ञ From Wikipedia, the free encyclopedia

शेखर कोइराला
Remove ads

शेखर कोइराला नेपाली काँग्रेस पार्टीका राजनीतिज्ञ तथा व्यवस्थापिका संसद सदस्य हुन् । उनी संविधानसभा निर्वाचन २०७० मोरङ जिल्लाबाट निर्वाचित भएका थिए ।[] शेखर कोइराला वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति हुन् ।[]

छरितो तथ्यहरू डा.शेखर कोइराला, मोरङ जिल्लाबाट व्यवस्थापिका संसद सदस्य ...
Remove ads

जन्म तथा परिवार

शेखर कोइरालाको जन्म विसं २००७ भाद्र ०९ गते केशब प्रसाद कोइराला र नोना कोइरालाको कोखबाट कोइराला परिवारका सदस्यको रूपमा भएको थियो ।[]

मेडिकल पेशा

शेखर कोइराला पेसाले डाक्टर हुन् । उनले बीर अस्पताल, वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा कोशी अञ्चल अस्पतालमा सेवा प्रदान गरे ।[]

प्रतिनिधि सभा २०७९ु

प्रतिनिधि सभा निर्वाचन, २०७९मा नेपाली काँग्रेसका[] उम्मेदवार शेखर कोइराला मोरङ_जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं ६ बाट ३५,२२४मत प्राप्त गरि प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) उम्मेदवार एवं पुर्व मन्त्री लालबाबु पण्डितले[] २२,९४६ मत प्राप्त गरेका थिए।[]

सन्दर्भ सामग्रीहरू

Loading content...

बाह्य कडीहरू

Loading content...
Loading related searches...

Wikiwand - on

Seamless Wikipedia browsing. On steroids.

Remove ads