From Wikipedia, the free encyclopedia
नेपालको संविधानको धारा ५६ (१) ले सङ्घ, प्रदेश र स्थानीय तह गरी ३ तहको राज्यको मूल संरचना रहने व्यवस्था गरी सोही धाराको उपधारा (४) र (५) ले स्थानीय तह तर्फ गाउँपालिका, नगरपालिका र जिल्ला सभा रहने तथा सामाजिक साँस्कृतिक संरक्षण वा आर्थिक विकासका लागि विशेष, संरक्षित वा स्वायत्तक्षेत्र कायमगर्न सकिने व्यवस्था गरेको छ ।[१]
श्रेणी | गाउँपालिका |
---|---|
अवस्थिति | नेपाल |
सङ्ख्या | ४६० ( वि.सं २०७४) मा |
जनसङ्ख्या | ६९,४७२–३९६ |
क्षेत्रफल | २,४१९.६४ वर्ग किलोमिटर (९३४.२३ वर्ग माइल) - १५.४८ वर्ग किलोमिटर (५.९८ वर्ग माइल) |
सरकार | गाउँ परिषद् |
उप प्रशासन | वडा |
गाउँपालिका गाउँ विकास समितिलाई विस्तार गरेर बनाइएको नयाँ प्रशासनिक एकाई हो ।[२] विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा गाविस विघटन गरी ४ सय ७९ गाउँपालिका बनाएको थियो ।[३][४][५] गाउँपालिकामा कम्तिमा पाँच देखि नौ वटा सम्म वडाहरू हुन्छन् ।[६] स्थानीय तहको सङ्ख्या र सीमा हेरफेर तथा स्तरोन्नति गर्दा हाल स्थानीय तहको कुल सङ्ख्या ७ सय ५३ पुगेको छ (६ महानगर, ११ उपमहानगरपालिका, २७६ नगरपालिका[७] र ४६० गाउँपालिका) ।[८][९] साबिकका ३५ वटा गाउँपालिकालाई नगरपालिका बनाइएको छ । साबिक ४ सय ७९ गाउँपालिकाको सङ्ख्या घटेर ४ सय ६० कायम गरिएको छ।[१०][११]
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पूर्वाधार र सामाजिक विकासका आधारमा स्थानीय तहलाई चार श्रेणीमा वर्गीकरण गरेको छ।[१२]
वर्गीकरण | प्रकार | |
---|---|---|
वर्ग 'क' | अति दुर्गम | |
वर्ग 'ख' | दुर्गम | |
वर्ग 'ग' | मध्यम | |
वर्ग 'घ' | सुगम |
नेपालमा हाल ४६० वटा गाउँपालिकाहरू रहेका छन्।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.