दार्मा गाउँपालिका
From Wikipedia, the free encyclopedia
From Wikipedia, the free encyclopedia
दार्मा गाउँपालिका सल्यान जिल्लाको उत्तरी भेगमा अवस्थित एक पहाडी गाउँपालिका हो। गाउँपालिका घोषणा गर्दा दार्माकोट, भल्चौर र ढाकाडाम गाविसहरू यसमा गाभिएका थिए। यो गाउँपालिकामा जम्मा छ वटा वडाहरू रहेका छ्न्। यसको पूर्वी तथा उत्तरी क्षेत्रमा पश्चिम रुकुमको त्रिवेणी गाउँपालिका, दक्षिणमा बागचौर नगरपालिका र पश्चिममा कुमाख गाउँपालिका रहेको छ। यो गाउँपालिकाको केन्द्र साविकको भल्चौर गाविसको कार्यालय, फारुलाचौरमा रहेको छ।[3][4]
दार्मा गाउँपालिका | |
---|---|
निर्देशाङ्क: २९.६८०७७°N ८२.१४६३२°E | |
देश | नेपाल |
प्रदेश | कर्णाली प्रदेश |
जिल्ला | सल्यान |
स्थापित | २७ फागुन २०७३ |
सरकार | |
• अध्यक्ष | निमबहादुर केसी (नेकपा (माओवादी केन्द्र)) |
• उपाध्यक्ष | जुना मल्ल चन्द (नेकपा (माओवादी केन्द्र)) |
क्षेत्रफल | |
• जम्मा | ८१.४६ किमी२ (३१.४५ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | २०,१३९ |
• घनत्व | २५०/किमी२ (६४०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | +९७७-०८८ |
केन्द्र | साविकको भल्चौर गाविसको कार्यालय |
वेबसाइट | आधिकारिक वेबसाइट |
राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार दार्मा गाउँपालिकाको कुल जनसङ्ख्या २०,१३९ रहेको छ भने यहाँ ४,२६४ घरधुरी रहेका छन्।[2]
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.