छिन्नमस्ता गाउँपालिका
From Wikipedia, the free encyclopedia
From Wikipedia, the free encyclopedia
छिन्नमस्ता गाउँपालिका नेपालको मधेश प्रदेश अन्तर्गत सप्तरी जिल्लामा रहेको एक गाउँपालिका हो।[1] नेपाल सरकारले वि. सं. २०७३ मा ७५३ स्थानीय तह लागू गर्दा छिन्नमस्ता लाई गाउँपालिका घोषित गरेको हो।[2] छिन्नमस्ता गाउँपालिका घोषित गर्दा सप्तरीका साविक बरही बिरपुर, कोचाबखारी, लालापट्टी र छिन्नमस्ता गा.वि.स. लाई समेटेको छ।[3][4][5]
छिन्नमस्ता गाउँपालिका | |
---|---|
निर्देशाङ्क: २६.४५°N ८६.७२°E | |
देश | नेपाल |
प्रदेश | मधेश प्रदेश |
जिल्ला | सप्तरी |
गाउँपालिका घोषित | वि.सं. २०७३ |
सरकार | |
• अध्यक्ष | विद्यानन्द चौधरी (लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल) |
• उपाध्यक्ष | राजुदेवी यादव (नेकपा (माओवादी केन्द्र)) |
क्षेत्रफल | |
• जम्मा | ३८.७२ किमी२ (१४.९५ वर्ग माइल) |
जनसङ्ख्या (वि.सं. २०७८) | |
• जम्मा | २९,९४६ |
• घनत्व | ७७०/किमी२ (२०००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | ०३१ |
वेबसाइट | http://www.chhinnamastamun.gov.np/ |
यस गाउँपालिकालाई ७ वडामा विभाजन गरिएको छ। यस गाउँपालिकाको कूल जनसङ्ख्या २८,३७० रहेको छ। यसको क्षेत्रफल ३८.७२ वर्ग किलोमिटर रहेको छ। यस गाउँपालिकाको केन्द्र साविकको छिन्नमस्ताको कार्यालयमा राखिएको छ।[6]
राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार छिन्नमस्ता गाउँपालिकाको कुल जनसङ्ख्या २९,९४६ रहेको छ भने यहाँ ६,१७० घरधुरी रहेका छन्।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.