जनसङ्ख्या अनुसार देश तथा आश्रित क्षेत्रहरूको सूची

From Wikipedia, the free encyclopedia

जनसङ्ख्या अनुसार देश तथा आश्रित क्षेत्रहरूको सूची

यो जनसङ्ख्या अनुसार देश तथा शासित क्षेत्रहरूको सूची हो। यसमा सार्वभौम राज्य, बसोबास भएका शासित क्षेत्र र, केही अवस्थामा, सार्वभौम राष्ट्रहरूको शासित क्षेत्रहरूलाई देशहरूको समावेश छन्। यस सूचीमा संयुक्त अधिराज्यलाई एकल देशको रूपमा लिइएको छ भने नेदरल्यान्डद्वारा आश्रित देशहरूलाई छुट्टै मानिएको छ। यसबाहेक, यो सूचीमा आइएसओ ३१६६-१ मा फेला नपरेको सीमित पहिचान भएका निश्चित राज्यहरू समावेश छन्। साथै यस सूचीमा विश्वको जनसङ्ख्याको तुलनामा प्रत्येक देशको जनसङ्ख्या प्रतिशतले दिइएको छ। सन् २०२४ मा संयुक्त राष्ट्रसङ्घको अनुमान अनुसार वर्तमान विश्वको कुल जनसङ्ख्या ८.११९ अर्ब रहेको छ।[]

Thumb
सन् २०१८ मा विश्वको जनसङ्ख्याको मानचित्र; प्रत्येक वर्गले ५,००,००० मानिसहरूको प्रतिनिधित्व गर्दछ

विधि

यस तालिकामा प्रयोग गरिएका तथ्याङ्कहरू उपलब्ध भएको ठाउँमा राष्ट्रिय जनगणना प्राधिकरणले गरेको सबैभन्दा अद्यावधिक अनुमान वा प्रक्षेपणमा आधारित छ भने अद्यावधिक गरिएको राष्ट्रिय तथ्याङ्क उपलब्ध नभएमा, संयुक्त राष्ट्रको आर्थिक तथा सामाजिक मामिला विभागको जनसङ्ख्या विभागद्वारा यस सूचीमा सन् २०२१ को अनुमानित तथ्याङ्क प्रस्तुत गरिएको छ।[]

सङ्कलित तथ्याङ्कहरू हरेक देशमा एकै पटक वा एकै तहको यथार्थताको हिसाबले सङ्कलन नगरिएकाले गर्दा सङ्ख्यात्मक तुलनाले भ्रामक निष्कर्ष निकाल्न सक्छ। यसबाहेक, सबै देशका मानिसहरूको सङ्ख्या जोडनु विश्वको कुल सङ्ख्या बराबर नहुन सक्छ।[]

संयुक्त अधिराज्यका देशहरू जस्ता सार्वभौम राष्ट्रहरूको अभिन्न भागको रूपमा क्षेत्रहरूलाई सम्बन्धित सार्वभौम राष्ट्रहरूको भागको रूपमा गनिन्छ। युरोपेली सङ्घ जस्ता अन्य संस्थाहरू समावेश गरिएको छैन। सार्वभौम राज्यहरूको रूपमा स्वीकृत प्राप्त नगरेका र स्थायी जनसङ्ख्या नभएका स्वतन्त्र क्षेत्रहरूलाई समेत यस सूचीमा समावेश गरिएको छैन भने विभिन्न देशहरूले कुमेरू महादेशका ठाउँहरूलाई दावी गरेका छन् भने उक्त क्षेत्रमा बस्ने मानिसहरूको सङ्ख्या यस सूचीमा समावेश छैन।

जनसङ्ख्या अनुसार सार्वभौम राज्य र आश्रित क्षेत्रहरू

पुनश्च: संयुक्त राष्ट्र सङ्घका १९३ सदस्य राष्ट्रहरू र दुई पर्यवेक्षक राष्ट्रहरूलाई संयुक्त राष्ट्रसङ्घको साधारण सभामा सङ्ख्या दर्जा दिइएको छ। सार्वभौम राज्यहरूको भाग भएका आश्रित क्षेत्रहरू र आश्रित देशहरूलाई छड्केमा देखाइएको छ भने सङ्ख्याको दर्जा दिइएको छैन। यसबाहेक, सीमित मान्यता भएका सार्वभौम राष्ट्रहरूलाई सङ्ख्याको दर्जा दिइएको छैन।

थप जानकारी अवस्थिति, जनसङ्ख्या ...
बन्द गर्नुहोस्

व्याख्यात्मक टिप्पणीहरू

  1. अमेरिकी बाह्य क्षेत्रहरूको जनसङ्ख्या बाहेक
  2. बङ्गलादेश तथ्याङ्क ब्युरो ले सन् २०२५ मा १८ करोड १० लाख जनसङ्ख्या हुने प्रक्षेपण गरेको थियो, तर यो विधि सन् २०११ को आधार वर्षबाट लिइएको हो। यही प्रक्षेपणले सन् २०२२ को जनसङ्ख्यालाई करिब ४४ लाखले बढी गणना गरेको थियो।[१२]
  3. क्रिमिया गणतन्त्रसेभास्तोपोल, प्रशासनिक क्षेत्रहरू क्रिमिय प्रायद्वीपरुस द्वारा कब्जा गरिएको क्षेत्रहरू समावेश। जनसङ्ख्यामा चार सङ्लग्न युक्रेनी ओब्लास्तहरू समावेश छैन। युक्रेनी सरकार र विश्वका अधिकांश अन्य राज्यहरू क्रिमियन प्रायद्वीप, दोनेतेस्क, खेरसन, लुहान्स्कजापोरिजियाको केही भूभागहरूलाई युक्रेनको क्षेत्र भएको मान्दछन्।
  4. फ्रान्सका १८ क्षेत्रहरू (५ समुद्रपार विभाग तथा क्षेत्रहरू समावेश) फ्रान्सका ५ समुद्रपार क्षेत्रहरू: फ्रान्सेली पोलिनेसिया, सेन्ट बार्तेलेमी, सेन्ट मार्टिन, सेन्ट पियर र मिक्लोँ, र वालिस र फुतुना, र नयाँ क्यालेडोनिया समावेश छेनन् जसलाई यही तालिकामा तल प्रस्तुत गरिएको छ। फ्रान्सेली दक्षिणी र अन्टार्कटिक भूमि (एक अन्टार्कटिक क्षेत्रीय दावी केवल सरकारी अधिकारीहरू र अनुसन्धान स्टेशन कर्मचारीहरू रहन्छन्) र क्लिपरटन टापु (फ्रान्सको एक निर्जन राज्य) उनीहरूको असाधारण प्रकृतिको कारण सूचीबद्ध छैन।
  5. ३ वटा किरीटाधीन क्षेत्र र १४ वटा बेलायती समुद्रपार क्षेत्रहरू समावेश छैनन्, जसलाई छुट्टै तल देखाइएको छ। असाधारण प्रकृतिका कारण चार वटा बेलायती समुद्रपार क्षेत्रहरू सूचीबद्ध छैनन्।
  6. जान्जीवार समावेश।
  7. रोहिङ्ग्या जाति बाहेक। केही क्षेत्रहरू उपग्रहद्वारा अनुमान गरिएको थियो।[३३]
  8. पछिल्लो जनगणना सन् १९७९ मा भएको थियो। स्रोतहरू वर्तमान जनसङ्ख्याको बारेमा असहमत छन्:
    • अफगानी राष्ट्रिय तथ्याङ्क तथा सूचना प्राधिकरणले सन् २०२४ का लागि ३,५६,९५,५२७ को अनुमान दिएको थियो।[४३][४४]
    • इन्साइक्लोपिडिया ब्रिटानिकाले सन् २०२५ को लागि ३,६४,३२,००० को अनुमान दिएको छ।[४५]
    • बीबीसीले सन् २०२३ का लागि ३ करोड ८३ लाखको आँकडा दिएको थियो।[४६]
    • सिआइएले सन् २०२४ का लागि ४ करोड १ लाख २१ हजार ५ सय ५२ अनुमान गरेको छ।[४७]
    • अमेरिकी जनगणना ब्युरोले सन् २०२५ का लागि ४ करोड ९५ लाख ५२ हजार ५ सय ६६ को अनुमान गरेको छ।[४८]
    सबै आँकडाहरू मध्य-वर्षको हो।
  9. लायुन साकिया अल हमरादाक्ला वादी दहाब समावेश, मोरोक्को प्रशासित पश्चिमी साहाराको विवादित क्षेत्रसहारवी अरब लोकतान्त्रिक गणतन्त्र बाहेक (पश्चिमी साहारा सङ्घर्ष हेर्नुहोस् )
  10. स्वायत्त गणतन्त्र क्रिमियासेभास्तोपोल सहर बाहेक, (तथापि, डोनबास नामक, रुसद्वारा आंशिक रूपमा कब्जा गरिएको) क्षेत्र समावेश
  11. बाह्य क्षेत्रहरू क्रिसमस टापु, कोकोस (किलिङ) टापु, र नोर्फोक टापु बाहेक
  12. ताइवानले पेन्गु, किन्मेन, मात्सु र अन्य साना टापुहरू समेट्छ।
  13. सोमालिल्यान्ड समावेश
  14. नेदरल्यान्ड अधिराज्यको क्यारिबियन समुद्रका (अरूबा, कुरासाओ, र सिन्ट मार्टेन) गरी तीनवटा घटक देशहरू बाहेक, तर क्यारिबियन नेदरल्यान्डका तीन विशेष नगरपालिका (बोनायर, सिन्ट युस्ताटियससाबा) समावेश गर्दछ।
  15. ओलान्द टापु समावेश
  16. स्भालबर्ड समावेश
  17. पूर्वी जेरुसेलम वा पश्चिमी तटमा रहेको इजरायली बस्तीहरू बाहेक।
  18. सम्बद्ध दुई स्वशासित राज्यहरू कुक टापुनियुटोकलाउ बाहेक।
  19. अबखाजिया (२,४२,८६२, सन् २०११ जनगणना) र दक्षिण ओसेटिया (५३,५५९, सन् २०१५ जनगणना)। बाहेक
  20. ट्रान्सनिस्ट्रिया बाहेक
  21. एक विवादित क्षेत्र जसको राजनीतिक स्थिति निर्धारण गरिएको छैन।[१८५] सन् १९७६ सम्म स्पेनी सहारा, प्रशासन अहिले मोरोक्को र सहारवी अरब लोकतान्त्रिक गणतन्त्र बीच विभाजित छ, दुवैले सम्पूर्ण क्षेत्रको दाबी गर्छन्। सहारवी अरब लोकतान्त्रिक गणतन्त्रको प्रशासनिक नियन्त्रण लगभग ३०% क्षेत्रमा सीमित छ, बाँकी ७०% क्षेत्र मोरोक्कोले कब्जा गरेको छ।[१८६] पश्चिमी सहारामा जनमत सङ्ग्रहको लागि संयुक्त राष्ट्र सङ्घीय नियोग यस क्षेत्रमा संयुक्त राष्ट्र सङ्घको शान्ति नियोग हो (पश्चिमी सहारा सङ्घर्ष हेर्नुहोस् )।
  22. वास्तवमा स्वतन्त्र, कानुनी रूपमा साइप्रसको भाग।
  23. वास्तवमा स्वतन्त्र, कानुनी रूपमा मोल्दोभा को भाग।
  24. अबखाजिया, गणतन्त्र अब्खाजिया र जर्जियाको क्षेत्रीय विवादको विषय हो। अबखाजिया गणतन्त्रले २३ जुलाई १९९२ मा एकमत भएर स्वतन्त्रताको घोषणा गरेको थियो तर जर्जियाले यसलाई आफ्नै सार्वभौम क्षेत्रको भागको रूपमा दाबी गरिरहेको छ र यसलाई रूसले कब्जा गरेको इलाकाको रूपमा नामाकरण गरेको छ। अबखाजियाले संयुक्त राष्ट्रसङ्घका १९३ सदस्य राष्ट्रमध्ये ७ राष्ट्रबाट स्वतन्त्र राज्यको रूपमा औपचारिक मान्यता प्राप्त गरेको छ। तीमध्ये १ ले पछि आफ्नो मान्यता फिर्ता लिएको छ।
  25. दक्षिण ओसेटियाको स्थिति विवादित रहेको छ। यसले आफूलाई एक स्वतन्त्र राष्ट्रको रूपमा मान्यता दिएको छ। तथापि, यसलाई केही देशहरूले मात्र मान्यता प्रदान गरेका छन्। जर्जियाली सरकार र विश्वका थुप्रै देशहरूले यसलाई कानुनी रूपमा जर्जियाकै भागको रूपमा स्वीकार गरेका छन्।

सन्दर्भ सामग्रीहरू

Loading related searches...

Wikiwand - on

Seamless Wikipedia browsing. On steroids.