माडागास्कर

दक्षिण अफ्रिकाको नजिक हिन्दमहासागरको देश From Wikipedia, the free encyclopedia

माडागास्कर

माडागास्कर आधिकारिक रूपमा गणतन्त्र माडागास्कर र पहिला गणतन्त्र मालागासी (मालागासी: Repoblikan'i Madagasikara, फ्रान्सेली: République de Madagascar) भनेर चिनिने हिन्द महासागरमा अवस्थित एक टापु राष्ट्र हो। मोजाम्बिक जलसन्धि पार पर्दै पूर्वी अफ्रिकाको तटबाट लगभग ४०० किलोमिटर (२५० माइल) टाढा रहेको छ। ५९२,८०० वर्ग किलोमिटर (२२८,९०० वर्ग माइल) मा माडागास्कर विश्वको दोस्रो ठूलो टापु देश हो। यो इन्डोनेसिया पछिको सबैभन्दा ठूलो टापु हो। यस देशमा माडागास्कर टापु (संसारको चौथो सबैभन्दा ठूलो टापु) र धेरै साना परिधीय टापुहरू पर्दछन्। महाद्विप गोन्डवानाको प्रागैतिहासिक विच्छेदपछि लगभग ८ करोड ८० लाख वर्षअघि माडागास्कर भारतीय उपमहाद्वीपबाट विभाजित भएको थियो। यसले गर्दा स्थानीय वनस्पति तथा जनावरहरू सापेक्षिक रूपमा अलग्गै विकास भएका थिए। फलस्वरूप, माडागास्कर जैविक विविधता केन्द्र बनेको छ। यसको ९०% भन्दा बढी वन्यजन्तुहरू पृथ्वीमा कतै पनि पाइँदैनन्। तीव्र गतिमा बढ्दै गइरहेको मानव जनसङ्ख्या र अन्य वातावरणीय खतराहरूको अतिक्रमणले यस द्वीपका विविध पारिस्थितिक प्रणाली तथा अनुपम वन्यजन्तुहरूलाई खतरामा पारेको छ।

छरितो तथ्यहरू गणतन्त्र माडागास्कर, राजधानी र सबैभन्दा ठुलो सहर ...
गणतन्त्र माडागास्कर
Thumb
झन्डा
Thumb
निशान छाप
आदर्श वाक्य: 
  • "Fitiavana, Tanindrazana, Fandrosoana" (मालागासी)
  • "Amour, Patrie, Progrès" (फ्रान्सेली)
  • "माया, मातृभूमि, उन्नति"[]
राष्ट्रिय गान: "Ry Tanindrazanay malala ô!" (मालागासी)
"हे, हाम्रा पूर्खाको प्यारो देश!"
Thumb
 माडागास्करको अवस्थिति (गाढा हरियो)
राजधानी
र सबैभन्दा ठुलो सहर
आन्तानानारिभो
१८°५५′द ४७°३१′पू
आधिकारिक भाषाहरू
जातिगत समूहहरू
(सन् २००४[])
  • २६% मेरिना
  • १५% बेटसिमिसाराका
  • १२% बेटसिलेओ
  • ७% सिमिहेती
  • ६% साकालाभा
  • ५% आन्ताइसाका
  • ५% आतान्द्रोय
  • २४% अन्य
धर्म
(सन् २०२०)[]
रैथाने(हरू)मालागासी[][]
सरकारएकात्मक राष्ट्रपतिय संवैधानिक गणतन्त्र
आन्द्रे राजोएलिना
क्रिस्टियन नात्सो
 सिनेट अध्यक्ष
रिभो राकोतोभाओ
 राष्ट्रिय सभा अध्यक्ष
क्रिस्टिन राजानामाहासोआ[]
व्यवस्थापिकासंसद
सिनेट
राष्ट्रिय सभा
स्थापना
 अधिराज्य[]
१५४०
 फ्रान्सेली माडागास्कर[]
६ अगस्ट १८८६
 गणतन्त्र दावी
१४ अक्टोबर १९५८
 फ्रान्सबाट स्वतन्त्र
२६ जुन १९६०
क्षेत्रफल
 जम्मा
५,८७,०४१ किमी (२,२६,६५८ वर्ग माइल) (४६औँ)
 पानी
५,५०१ किमी (२,१२४ वर्ग माइल)
 पानी (%)
०.९%
जनसङ्ख्या
 सन् २०११ अनुमानित
२८,४२७,३२८[] (५२औँ)
 घनत्व
३५.२ /किमी2 (९१.२ /वर्ग माइल) (१७४औँ)
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)सन् २०१९ लगत
 जम्मा
$४५.९४८ अर्ब[१०]
 प्रति व्यक्ति
$१,६९७[१०]
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक)सन् २०१९ लगत
 जम्मा
$१२.७३४ अर्ब[१०]
 प्रति व्यक्ति
$४७१[१०]
गिनी (सन् २०१२)४२.६[११]
मध्यम
मानव विकास सूचकाङ्क (सन् २०१९)०.५२८[१२]
न्यून · १६४औँ
मुद्रामालागासी एरियरी (MGA)
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय+३ (पूर्वी अफ्रिकी समय)
 ग्रीष्मकालीन (अरुणोदय बचत समय)
अन्तर्राष्ट्रिय प्रमाणिक समय+३ (हेरिदैँन[१३])
सडक प्रयोगदायाँ
टेलिफोन कोड+२६१[१३]
इन्टरनेट डोमेन.mg
बन्द गर्नुहोस्

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Loading related searches...

Wikiwand - on

Seamless Wikipedia browsing. On steroids.