भारतको पश्चिममा अवास्थित एउटा इस्लामी गणतन्त्र From Wikipedia, the free encyclopedia
पाकिस्तान वा इस्लामी गणतन्त्र पाकिस्तान (उर्दु: इस्लामी जम्हूरि-ए पाकिस्तान) भारतको पश्चिममा अवास्थित एउटा इस्लामी गणतन्त्र हो। यहाँको प्रमुख भाषाहरू उर्दु, पन्जाबी, सिन्धी, बलुची र पस्तो हुन। राजधानी इस्लामाबाद र अन्य महत्त्वपूर्ण सहर कराँची र लाहोर हो। पाकिस्तानमा चार प्रान्त छन् : पन्जाब, सिन्ध, बलुचिस्तान र खैबर पख्तुनख्वा, यस लगायात पाक अधिकृत कश्मीर, गिल्गित बस्तिस्तान र इस्लामाबाद राजधानी क्षेत्र पनि पाकिस्तानमा रहेका छन्।
इस्लामी गणतन्त्र पाकिस्तान اسلامی جمہوریۂ پاکستان इस्लामी जम्हूरि-ए पाकिस्तान | |
---|---|
राष्ट्रिय गान: कौमे तराना | |
गाढा हरियो रंगमा पाकिस्तानक गठन क्षेत्र, हलुका हरियो रंगमामा दावा गरिएको, तर अनियन्त्रित क्षेत्र | |
राजधानी | इस्लामावाद |
सबैभन्दा ठुलो सहर | कराची |
आधिकारिक भाषाहरू | उर्दु अङ्ग्रेजी |
मान्यता प्राप्त आञ्चलिक भाषाहरू | बलोची, पाष्तो, पन्जाबी, सराइकी, सिन्धी[2] |
रैथाने(हरू) | पाकिस्तानी |
सरकार | सङ्घीय संसदीय गणतन्त्र |
ममनुन हुसैन | |
मियाँ नवाज शरिफ | |
तसादक हुसैन | |
• सिनेटको अध्यक्ष | नयर हुसैन बुखारी |
• राष्ट्रिय संसदक सभामुख | आयाज सदिक |
व्यवस्थापिका | मजलिस-ए-शूरा |
सिनेट | |
राष्ट्रिय संसद | |
स्थापना | |
• पाकिस्तानक अवधारणा | २९ दिसम्बर १९३० |
• पाकिस्तान घोषित | २८ जनवरी १९३३ |
• पाकिस्तान बिद्रोह | २३ मार्च १९४० |
• स्वतन्त्र | बेलायत सँ |
• स्वतन्त्र घोषित | १४ अगस्त १९४७ |
• इस्लामिक गणतन्त्र | २३ मार्च १९५६ |
क्षेत्रफल | |
• जम्मा | ७,९६,०९५ किमी२ (३,०७,३७४ वर्ग माइल) (36th) |
• पानी (%) | 3.1 |
जनसङ्ख्या | |
• 2011 अनुमानित | 177,100,000[3] (6th) |
• 1998 जनगणना | 132,352,279[4] |
• घनत्व | २१४.३ /किमी2 (५५५.० /वर्ग माइल) (55th) |
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता) | 2011 लगत |
• जम्मा | $482.913 billion[5] |
• प्रति व्यक्ति | $2,851[5] |
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक) | 2011 लगत |
• जम्मा | $202.831 billion[5] |
• प्रति व्यक्ति | $1,197[5] |
मानव विकास सूचकाङ्क (2018) | 0.560[6] मध्यम · 152nd |
मुद्रा | पाकिस्तानी रुपी (Rs.) (पिकेआर) |
समय क्षेत्र | अन्तर्राष्ट्रिय प्रमाणिक समय+५ (पिएसटि) |
• ग्रीष्मकालीन (दिवाप्रकाश समय बचत) | अन्तर्राष्ट्रिय प्रमाणिक समय+६ (पिएसटि) |
सडक प्रयोग | बामा [7] |
टेलिफोन कोड | +९२ |
आइएसओ ३१६६ सङ्केत | पीके |
इन्टरनेट डोमेन | डटपीके |
पाकिस्तानको जन्म सन् १९४७ मा भारतको विभाजनको परिणाम स्वरूप भएको थियो। सर्वप्रथम सन् १०३० मा कवि मुहम्मद इकबालले दुई-राष्ट्र सिद्धान्तको उल्लेख गरेका थिए। उनले भारतको उत्तर-पश्चिममा सिन्ध, बेलुचिस्तान, पन्जाब तथा अफगानलाई मिलाएर एक नयाँ राष्ट्र बनाउने कुरा गरेका थिए। सन् १९३३ मा क्याम्ब्रिज विश्वविद्यालयका विद्यार्थी चौधरी रहमत अलीले पन्जाब, सिन्ध, कश्मीर तथा बेलुचिस्तानका बासिन्दाहरूको लागि पाक्स्तान (जुन पछि पाकिस्तान बन्यो) शब्दको सृजना गरे। सन् १९४७ देखि १९७२ सम्म पाकिस्तान दुई भागहरूमा बाडी रह्यो - पूर्वी पाकिस्तान र पश्चिमी पाकिस्तान। डिसेम्बर, सन् १९७१ मा भारतसँग भएको लडाइँको परिणाम स्वरुप पूर्वी पाकिस्तान बङ्गलादेश बन्यो र पश्चिमी पाकिस्तान पाकिस्तान भएर रहयो।
पाकिस्तान संयुक्त राष्ट्र, साङ्घाई सहयोग सङ्गठन, इस्लामी सहयोग सङ्गठन, राष्ट्रमण्डल, दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन, सार्क इस्लामी सैन्य गठबन्धन, को सदस्य हुन्।
पाकिस्तान शब्दको जन्म सन् १९३३ मा क्याम्ब्रिज विश्वविद्यालयका छात्र चौधरी रहमत अली द्वारा भएको थियो। यस भन्दा पहिले सन् १९३० मा शायर मुहम्मद इकबालले भारतको उत्तर-पश्चिमी चार प्रान्तहरू -सिन्ध, बलुचिस्तान, पन्जाब तथा अफगान (सूबा-ए-सरहद)लाई मिलाएर एउटा बेग्लै राष्ट्रको माग गरेका थिए। सन् १९४७ अगस्टमा भारतको विभाजनको परिणाम स्वरूप पाकिस्तानको जन्म भयो। त्यस समय पाकिस्तानमा वर्तमान पाकिस्तान र बङ्गलादेश दुबै सम्मिलित थिए। सन् १९७१ मा भारतसग भएको युद्धमा पाकिस्तानको पूर्वी हिस्सा (जसलाई त्यस समयसम्म पूर्वी पाकिस्तान भनिन्थ्यो) बङ्गलादेशको रूपमा स्वतन्त्र भयो। आजको पाकिस्तानी भूभाग थुप्रै संस्कृतिहरूको साक्षी रहेको छ।
ईशा पूर्व ३३००-१८०० को बीच यहाँ सिन्धु घाँटीको सभ्यता को विकास भयो। यो विश्वको चार प्राचीन ताम्र-कांस्यकालीन सभ्यताहरू मध्ये एक थियो। यसको क्षेत्र सिन्धु नदीको किनारमा अवस्थित थियो तर गुजरात (भारत) र राजस्थानमा पनि यस सभ्यताको अवशेष पाइएको छ। मोहेन्जो-दारो, हडप्पा इत्यादि स्थल पाकिस्तानमा सभ्यताको प्रमुख अवशेष-स्थल हो। यस सभ्यताको मानिसहरू को थिए यसको बारेमा विद्वानहरूमा एकमत छैन। केही यिनिहरूलाई आर्यहरूको पूर्ववर्ती शाखा भन्दछन त केही यिनिहरूलाई द्रविड। केही यिनिहरूलाई बलोची पनि भनछन्। यस मतभेदको एउटा कारण सिन्धु-घाटी सभ्यताको लिपि पढन नसक्नु पनि हो। यस्तो मानिन्छ कि १५०० ईसापूर्वको आसपास आर्यको आगमन पाकिस्तानको उत्तरी क्षेत्रहरूको मार्फत भारतमा भयो। आर्यहरूको निवास स्थान क्यास्पियन सागरको पूर्वी तथा उत्तरी हिस्सामा मानिन्छ जहाँबाट उनीहरू यसै समयको करीब ईरान, यूरोप र भारत तर्फ लागेका थिए। सन् ५४३ ईसा पूर्वमा पाकिस्तानको अधिकांश इलाका ईरान (फारस)को हखामनी साम्राज्यको अधीन आयो। तर त्यसै समय इस्लामको उदय भएको थिएन; ईरानका मानिसहरू जरदोश्तको अनुयायी थिए र देवताहरूको पूजा गर्दथे। सन् ३३० ईसापूर्वमा मकदूनिया (ग्रिस) का विजेता अलेक्जेन्डरले दारा तृतीयलाई तीन पटक हराएर हखामनी वंशको अन्त गरिदिए। यसको कारण ईजिप्ट देखि पाकिस्तान सम्म फैलीएको हखामनी साम्राज्यको पतन भयो र अलेक्जेन्डर पन्जाब आए। ग्रीक स्रोतहरूको बमोजिम उसले सिन्धु नदीको तटमा भारतीय राजा पुरु (ग्रीक - पोरस) लाईको हराईदिए। तर उनको सेनाले अगाडि बढनलाई इनकार गरिदियो र उनी भारतमा प्रवेश नगरी फिर्ता गयो। यस पछि उत्तरी पाकिस्तान र अफगानिस्तानमा ग्रिस-बैक्ट्रियन सभ्यताको विकास भयो। अलेक्जेन्डरको साम्राज्यलाई उनका सेनापतिहरूले आपसमा बाडिलिये। सेल्युकस नेक्टर अलेक्जेन्डरका सबभन्दा शक्तिशाली उत्तराधिकारी मध्ये एक थिए।
मौर्य राजवंशले ३०० ईसापूर्वको आसपास पाकिस्तानलाई आफ्नो साम्राज्यको अधीन गरेका थिए। यसपछि पुनः यो ग्रीको-बैक्ट्रियन शासनमा गयो। यी शासकहरूमा सबभन्दा प्रमुख मिनांदरले बौद्ध धर्मलाई प्रोत्साहित गरे। पार्थियनहरूको पतन पछि यो फारसी प्रभावबाट मुक्त भयो। सिन्धलाई राय राजवंश (सन् ४८९-६३२)ले यस माथि शासन गरे। यसको पछि यो उत्तर भारतको गुप्त र फारसको सासानी साम्राज्य बीच बाडिर्हो।
सन् ७१२ माफारसको सेनापति मुहम्मद बिन कासिमले सिन्धको राजालाई हराईदिए। यो फारसी विजय नभएर इस्लामको विजय थियो। बिन कासिम एउटा अरब थियो र पूर्वी ईरानमा अरबीहरूको आबादी र नियन्त्रण बढदै गहिरहेको थियो। जबकि यसै समय केन्द्रीय ईरानमा अरबीहरू प्रति घृणा र द्वेष बढदै गहिरहेको थियो तर यस क्षेत्रमा अरबबीहरूको प्रभुसत्ता स्थापित हुन् गएको थियो। यस पछि पाकिस्तानको क्षेत्र इस्लामबाट प्रभावित हुँदै गयो। पाकिस्तानी सरकारको अनुसार यसै समय 'पाकिस्तानको बिउ' रोपिएको थियो। यसको ११९२ मा दिल्ली का सुल्तान पृथ्वीराज चौहानलाई हराएपछि नै दिल्लीको सत्तामा फारसबाट आएका तुर्क, अरबी र फारसीहरूको नियन्त्रण भयो। पाकिस्तान दिल्ली सल्तनतको अङ्ग बन्यो।
१६औँ शताब्दीमा मध्य-एसियाबाट भागेर आएका बाबरले दिल्लीको सत्तामा अधिकार अधिकार बनाए र पाकिस्तान मुगल साम्राज्यको अङ्ग बन्यो। मुगलहरूले काबुल सम्मको क्षेत्रलाई आफ्नो साम्राज्यमा मिलाएका थिए। १८औँ शताब्दीको अन्तसम्म विदेशीहरू (खास गरेर अङ्ग्रेजहरू)को प्रभुत्व भारतीय उपमहाद्वीपमा बढदै गयो। सन् १८५७ को सिपाही विद्रोह पछि सम्पूर्ण भारत अङ्ग्रेजको शासनमा आयो।
पाकिस्तानको क्षेत्रफल करिव ८,०३,९४० वर्ग किलोमीटर छ जुन ब्रिटेन र फ्रान्स सम्मिलित क्षेत्रफलको करीब हुन आउदछ। क्षेत्रफलको हिसाबबाट यो विश्वमा ३४ औ स्थानमा छ। अरब सागरसग जोडीएको यसको सामुद्रिक सीमा रेखा करिव १०४६ किलोमीटर लामो छ। यसको जमिनी सीमारेखा कुल ६,७४४ किलोमीटर लामो छ - उत्तर-पश्चिममा २४३० कि.मी. अफगानिस्तान सग, दक्षिण पूर्वमा ९०९ कि.मी. ईरान सग, उत्तर-पूर्वमा ५१२ कि.मी. चीन सग (गुलाम कश्मीरसग जोडीएको सीमा) तथा पूर्वमा २९१२ कि.मी. भारत सग।
पाकिस्तानको उत्तरी इलाका पहाडी छ। यहाँ हिमालय पर्वतको थुप्रै उच्च शिखर पाइन्छ। यिनिहरू बिचबाट जान्छ सकरा मार्ग 'खैबर घाटि'को नामबाट प्रसिद्ध छ। भारतमा उगम हुने पाँच नदिहरू झेलम, चेनाब, रावी, सतलज र ब्यास यहाँबाट बगेर जब समतल भूमीलाई छूदछ तब एउटा अत्यन्त उपजाऊ जमिन बन्दछ जसलाई 'पन्जाब'को नामले जानिन्छ। दक्षिण तर्फ यसको सङ्गमबाट सिन्धु नदी बन्दछ जसको घाटी अझै उपजाऊ छ। दक्षिणमा यो अरबी समुन्द्रसग गएर मिल्दछ।
दक्षिणमा समुद्री घाटहरू (बीच, या दीघा) देखि लिएर उत्तरमा हिमालय (काराकोरम) र हिन्दुकुशको बर्फीलो शिखरसम्म पाकिस्तानमा धेरै भौगोलिक विविधता छ। तर औसतन रूपबाट यो क्षेत्र शुष्क छ। औसतन १०० सेन्टीमीटर सालाना वर्षा हुदछ। पाकिस्तानको ५ शिखरहरू ८००० मीटर देखि उच्चा छन। उत्तरी क्षेत्रहरूमा मौसमी विविधता धेरै छ। त्यहा गर्मिमा तापक्रम ४५ डिग्री सेन्टीग्रेड देखि माथि जान्छ जबकि ठन्डिमा तापक्रम हिउ जम्ने अबस्था सम्म जान्छ। दक्षिणमा यो विविधता अपेक्षाकृत कम हुदछ।
सिन्धु यहाँको प्रमुख नदी हो। यसको अलावा सिन्धुको सहायक नदिहरू पन्जाबको आसपास भएर बग्दछ जसको कारण पन्जाबमा कृषियोग्य जलवायु हुदछ। सिन्धु नदीको पश्चिम र दक्षिण-पश्चिममा बेलुचिस्तानको इलाका मरुभूमि छ। सिन्धको पूर्वी भागमा थार मरुस्थलको विशाल भाग छ तर सिन्धमा नै थारपारकार विश्वको एकमात्र उर्वर मरुस्थल हो। देशको कुल २७% भूमि कृषियोग्य छ।
उत्तरमा अल्पाईन वनस्पति पाइन्छ भने दक्षिणमा शीतोष्ण। दक्षिणमा सिन्धु नदीमा गोही पाइन्छ। सिन्धु नदीमा अन्धो डल्फिन पनि पाइन्छ।
पाकिस्तान एउटा विकासशील देश हो। सन् २००७ सम्म पाकिस्तानको अर्थव्यवस्था ७ प्रतिशतको वार्षिक दरबाट बढिरहेको थियो। यहाँको मुद्रा पाकिस्तानी रूपया हो, जसलाई पैसामा बाढ्न सकिन्छ। एक अमरीकी डालरको मुल्य लगभग ६० पाकिस्तानी रूपया (सन् २००६) छ। सन् २००५ सम्म पाकिस्तान मथि ४० अरब अमेरिकी डलरको विदेशी ऋण थियो जुन अमेरिका द्वारा दिएको ऋणमाफी र अन्य संस्थाहरू द्वारा दिएको वित्तीय मददको कारण कम हुँदै जादै छ।
यहाँको अर्थव्यवस्थामा कृषिको योगदान कम हुँदै गहिरहेको छ। आज कृषि सकल घरेलू उत्पादको मात्र २० प्रतिशत हिस्सा छ जबकि ५३ प्रतिशत सेवा क्षेत्रबाट आउदछ। तर राजनीतिक उथल-पुथलको कारण टाट उल्टिने अबस्था आएको छ !
पाकिस्तानका प्रमुख राजनीतिक दलहरू यस प्रकार छन्-
पाकिस्तानमा चार प्रान्त छन्:-
यी प्रान्तहरू बाहेक पाकिस्तानमा केन्द्र शासित निम्न लिखित क्षेत्रहरू छन्:
जुलाई २००७ को तथ्याङ्क अनुसार पाकिस्तानको जनसङ्ख्या १६,९३,००,००० छ। यो जनसङ्ख्या अनुसार पाकिस्तान विश्वको छैटौँ सर्वाधिक जनसङ्ख्या भएको राष्ट्र हो (पाँचौँ ब्राजिल र सातौँ रूस हुन्)। यहाँको जनसङ्ख्या वृद्धि दर धेरै भएको कारण भविष्यमा यो तिब्र रूपमा बढने आशका छ।
पाकिस्तानका प्रमुख जातिमा पन्जाबी (४४.७%), पठान (१५.४%), सिन्धी (१४.२), मुल्तानी (८.४%), मोहाजिर (७.६%), बालुची (३.४%) छन्। अफगानिस्तानमा व्याप्त अस्थिरताको कारण थुप्रै अफगान शरणार्थी पनि यस देशमा शरणार्थीका रूपमा औहिरेका छन्। यो राष्ट्रको प्रमुख धर्म इस्लाम हो। लगभग ९६ प्रतिशत मानिस मुस्लिम छन् (७७ प्रतिशत सुन्नी र २० प्रतिशत शिया)। यस बाहेक १.८५ प्रतिशत हिन्दु र १.६ प्रतिशत ईसाई यहाँको प्रमुख धार्मिक अल्पसङ्ख्यक हुन।
यो राष्ट्रको संवैधानिक भाषा अङ्ग्रेजी हो भने राष्ट्रिय भाषा उर्दु हो। यो राष्ट्रको राष्ट्रभाषा उर्दु मात्र करिब ७ प्रतिशतको मातृभाषा हो। यो राष्ट्रमा सबैभन्दा बढी नागरिकको मातृभाषा तथा सबैभन्दा बढी चलनचल्तीमा रहेको भाषा पन्जाबी भाषा हो। तर यो भाषालाई कुनै संवैधानिक मान्यता प्राप्त छैन।
हकी राष्ट्रिय खेल हो। क्रिकेटको लोकप्रियता धेरै छ। देशको क्रिकेट टीमले एक पटक विश्व कप (सन् १९९२ मा) जितेको छ।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.