दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन

क्षेत्रीय अन्तरसरकारी र भूराजनीतिक संगठन From Wikipedia, the free encyclopedia

दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन

दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन वा छोटो नाम सार्क सन् १९८०मा दक्षिण एसिया क्षेत्रमा विकसित भएको क्षेत्रीय एकताको भावनालाई बङ्गलादेशका राष्ट्रपति जियाउर रहमानले विशेष पहल गरेका थिए। यसअघि नेपालका राजा वीरेन्द्र वीरबिक्रम शाहले सन १९७७ ताका कोलोम्बो योजना परामर्शदातृ सम्मेलनमा नेपालको नदी-नालाहरूलाई यस क्षेत्रका मुलुकहरूको हितको लागि प्रयोग गर्न आह्वान गरेका थिए।

छरितो तथ्यहरू प्रधान कार्यालय, आधिकारिक भाषाहरू ...
दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन
(सार्क)
  • दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन(सार्क)  (नेपाली)
  • दक्षिण एसियाई क्षेत्रीय सहयोग सङ्गठन (दक्षेस)  (हिन्दी)
  • দক্ষিণ এশীয় আঞ্চলিক সহযোগিতা সংস্থা (সার্ক)  (बङ्गाली)
  • ༄ ལྷོ ཨེསིཨ་ རེ་གིཨོནལ་ ཅོཨོཔེརཏིཨོན་ ཀོ་མི་ཏི། (Dzonghka)
  • දකුණු ආසියාතික කලාපීය සහයෝගිතා සංවිධානය (Sinhala)
  • தெற்காசிய நாடுகளின் பிராந்தியக் கூட்டமைப்பு (சார்க்)  (तमिल)
  • ދެކުނު އޭޝިޔާގެ ސަރަޙައްދީ އެއްބާރުލުމުގެ ޖަމިއްޔާ (Divehi)
  • ਦੱਖਣੀ ਏਸ਼ੀਆਈ ਖੇਤਰੀ ਸਹਿਯੋਗ ਸੰਗਠਨ (ਸਾਰਕ)  (Punjabi)
  • اتحادیه همکاری‌های منطقه‌ای جنوب آسی (Dari)
  • د سویلي اسیا لپاره د سیمه ایزی همکارۍ ټولنه (Pashto)
  • جنوبی ایشیائی علاقائی تعاون کی تنظیم  (उर्दु)
Thumb
  सदस्य राष्ट्र
  पर्यवेक्षक राष्ट्र
प्रधान कार्यालय नेपाल काठमाडौँ, नेपाल
आधिकारिक भाषाहरूअङ्ग्रेजी
रैथाने(हरू)दक्षिण एसिया
सदस्यता
नेताहरू
 महासचिव
अमजद हुसैन बी सैल[][]
 निर्देशकहरू:
 अफगानिस्तान

मोहम्मद इब्राहिम घफुरी[]
 
एमजे जावेद[]
सिङये दोर्जे[]
  भारत
एल.सावित्री[]
फथिमाथ नाजवा[]
धन बहादुर ओली[]
अहमर इस्मईल[]
प्रसन्ना गेमेज[१०]
स्थापनाडिसेम्बर ८,१९८५
क्षेत्रफल
 जम्मा
५१,३०,७४६ किमी (१९,८०,९९२ वर्ग माइल) (७औँ1)
जनसङ्ख्या
 २००९ अनुमानित
१,६०,००,००,००० (१औ1)
 घनत्व
३०४.९ /किमी2 (७८९.७ /वर्ग माइल)
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)२००९ लगत
 जम्मा
अमेरिकी$ ४३,८२,७०० मिलियन (तेस्रो1)
 प्रति व्यक्ति
अमेरिकी$ २,७७९
वेबसाइट
www.saarc-sec.org
बन्द गर्नुहोस्
Thumb
काठमाडौँस्थित सार्क सचिवालय

बङ्गलादेशमा ७-८ डिसेम्बर १९८५ मा ढाकामा प्रथम शिखर सम्मेलनको आयोजना गरी औपचारिक रूपमा सार्कको बडापत्रमा हस्ताक्षर गर्न बङ्गलादेश, भुटान, भारत, मालदिभ्स, नेपाल, पाकिस्तानश्रीलङ्कासहित सात राष्ट्रले सहमति जनाएका थिए। जस अनुरूप १६ जनवरी १९८६ मा काठमाडौँमा सार्क सचिवालयको स्थापना गरियो। सार्कको कान्छो सदस्यको रूपमा अफगानिस्तानले नयाँ सदस्यता हासिल गरेको छ। यसबाट सार्क सदस्य राष्ट्रहरूको सङ्ख्या ८ पुगेको छ। सन् २०१९को तथ्यांक अनुसार, सार्क देशहरूले कुल पृथ्वीको ३% क्षेत्रफल र २१% जनसंख्या ओगटेका छन्।

उद्देश्य

सार्कको बडापत्र अनुसार यसका उद्देश्यहरू निम्न अनुसार रहेका छन :

  1. यस क्षेत्रको आर्थिक वृद्धि, समाजिक प्रगति तथा सांस्कृतिक विकासमा तीब्रता ल्याउनु र सबै मानिसलाई स्वाभिमानसाथ रहने र उनीहरूलाई आफ्नो पूर्ण क्षमताको महसुस गराउने अवसर प्रदान गर्नु,
  2. दक्षिण एसियालीका देशहरूबीच सामूहिक आत्मनिर्भरतालाई अभिवृद्धि र सुदृढ गर्नु,
  3. आपसी विश्वास, एक अर्काका समस्याहरूप्रति समझदारी बढाउनु,
  4. आर्थिक, सांस्कृतिक, प्राविधिक, समाजिक तथा वैज्ञानिक क्षेत्रहरूमा सक्रिय सहयोग र आपसी सहायता प्रबर्द्धन गर्नु,
  5. अन्य विकासोन्मुख देशहरूसँगको सहयोगलाई मजबुत तुल्याउनु,
  6. आपसी साझा हितका मामिलामा अन्तर्राष्ट्रिय मञ्चहरू सहयोग सुदृढ गर्नु,
  7. समान लक्ष्य र उद्देश्य भएका अन्य अन्तर्राष्ट्रिय र क्षेत्रीय सङ्गठनहरूलाई सहयोग पुर्‍याउनु,
  8. दक्षिण एसियाका जनताको हित अभिवृद्धि तथा जीवनस्तर सुधार गर्ने।
  9. यस क्षेत्रको आर्थिक वृद्धि, समाजिक उन्नति तथा सांस्कृति विकासलाई अभिवृद्धि गर्ने।
  10. दक्षिण एसियाका राष्ट्रहरूबीचको सामूहिक आत्मनिर्भरतालाई अभिवृद्धि र संवृद्धि गर्ने।
  11. एकआपसको समस्याप्रति पारस्परिक विश्वास र समझदारी राख्दै योगदान दिने र
  12. आर्थिक, समाजिक, सांस्कृतिक, प्राविधिक तथा वैज्ञानिक क्षेत्रहरूमा सक्रिय सहभागिता र पारस्परिक सहयोगको अभिवृद्धि गर्ने।

सार्कका सिद्धान्तहरू

  1. सङ्गठनको ढाँचा भित्र गरिने सहयोग एक अर्काको सार्वभौम समानता क्षेत्रीय अखण्डता राजनीतिक स्वतन्त्रता एक अर्काको आन्तरिक मामिलामा हस्तक्षेप तथा आपसी हितमा आधारित हुनेछ।
  2. यस्तो सहयोग दुईपक्षीय तथा बहुपक्षीय सहयोगको बदलामा नभई त्यसको पुरकको रूपमा हुनेछ।
  3. यस्तो सहयोग दुईपक्षीय तथा बहुपक्षीय दायित्व विपरित हुने छैन।
  4. यस्तो सहयोग खराब नियतिको लागि हुने छैन।

सार्क सचिवालय

सार्क सचिवालय नेपालको काठमाडौँमा रहेको छ। यसको उद्घाटन नेपालका तत्कालीन राजा वीरेन्द्र शाहबाट सन् १९८७ जनवरी १६मा भएको हो।

सार्क शिखर सम्मेलनहरू

दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन -सार्क) स्थापना सन् १९८५ डिसेम्बर ८मा भएको हो। नेपाल, पाकिस्तान, बङ्गलादेश, भारत, भुटान, माल्दिभ्स र श्रीलङ्का मिलेर स्थापित सार्कको पछिल्लो राष्ट्रको रूपमा अफगानिस्तान रहेको छ। सन् २००७ अप्रिलमा भारतमा सम्पन्न १४ औँ शिखर सम्मेलनले अफगानिस्तानलाई सदस्यता प्रदान गरेको हो।

सार्क स्थापनामा बङ्गलादेशका तत्कालीन राष्ट्रपति जियाउर रहमानको योगदान महìवपूर्ण रहेको छ। रहमानले सन् १९७०को दशकमा दक्षिण एसियाली राष्ट्रहरूको एउटा व्यापारीक समूह गठनको प्रस्ताव राख्नुभएको थियो। उहाँले सन् १९८० मे २मा 'दक्षिण एसियाली क्षेत्रीय सहयोग'को अवधारणालाई अगाडि सार्दै दक्षिण एसियाली राष्ट्रहरूका राष्ट्र/सरकार प्रमुखहरूको शिखर बैठकको आहृवान गरी पत्राचार गर्नुभयो। सन् १९८१मा सात देशका विदेश सचिवहरूको पहिलो बैठक श्रीलङ्काको कोलम्बोमा बस्यो। शृङ्खलावद्ध बैठकहरूको आयोजनापछि सन् सन् १९८५ डिसेम्बर ७-८मा बङ्गलादेशमा आयोजित शिखर भेलाले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनको बडापत्रलाई औपचारिक रूपमा स्वीकार गरेको हो।

थप जानकारी क्रम, मिति ...
क्रममितिराष्ट्रआयोजकआयोजक नेतृत्वकर्ता
पहिलो७-८ डिसेम्बर, १९८५ बङ्गलादेशढाकाअताउर रहमान खान
दोश्रो१६-१७ नोभेम्बर, १९८६ भारतबेंगलोरजयन्त गौडा
तेश्रो२-४ नोभेम्बर, १९८७ नेपालकाठमाडौँमरिचमान सिंह श्रेष्ठ
चौथौ२९-३१ डिसेम्बर, १९८८ पाकिस्तानइस्लामाबादबेनजिर भुट्टो
पाँचौ२१-२३ नोभेम्बर, १९९० माल्दिभ्समालेमौमुन अब्दुल गयुम
छैटौँ२१ डिसेम्बर १९९१ श्रीलङ्काकोलम्बोरनसिङ्घे प्रेमदसा
सातौँ१०-११ अप्रिल, १९९३ बङ्गलादेशढाकाखालेदा जिया
आठौँ२-४ मे, १९९५ भारतनयाँ दिल्लीपी. वी. नरसिंह राव
नवौँ१२-१४ मे, १९९७ माल्दिभ्समालेमौमुन अब्दुल गयुम
दशौँ२९-३१ जुलाई, १९९८ श्रीलङ्काकोलम्बोचन्द्रिका कुमारातुङगा
एघारौँ४-६ जनवरी, २००२ नेपालकाठमाडौँशेरबहादुर देउवा
बाह्रौँ२-६ जनवरी, २००४ पाकिस्तानइस्लामाबादजफरुल्ला खान जमाली
तेह्रौँ१२-१३ नोभेम्बर, २००५ बङ्गलादेशढाकाखालेदा जिया
चौधौँ३-४ अप्रिल, २००७ भारतनयाँ दिल्लीमनमोहन सिंह
पन्ध्रौँ१-३ अगस्त, २००८ श्रीलङ्काकोलम्बोमहिन्दा राजापाक्षे
सोह्रौ२८-२९ अप्रिल, २०१० भुटानथिम्पूजिग्मे थिन्ले
सत्रौँ१०-११ नोभेम्बर, २०११[११] माल्दिभ्सअद्दुमोहम्मद नशिद
अठारौँ२७-२८ नोभेम्बर, २०१४[१२] नेपालकाठमाडौँसुशील कोइराला
बन्द गर्नुहोस्

सदस्य राष्ट्रहरू

Thumbसार्कबङ्गालको खाडी प्राविधिक तथा आर्थिक संगठनमेकोङ्ग-गङ्गा संगठनदक्षिणपूर्व एसियाली राष्ट्र संघसाङ्घाई संगठनटर्किस संघआर्थिक संगठनगल्फ संघएसिया संघ
क्लिक गर्न सकिने चित्रमा विभिन्न एसियाली राष्ट्रहरुको सम्बन्ध स्पष्ट पारिएको छ । हे

वर्तमान सदस्य राष्ट्रहरू

पर्यवेक्षक राष्ट्रहरू

[१६]

अन्य

सार्कका महासचिवहरू

बङ्गलादेश अबुल अहसनजनवरी १६, १९८७ देखि १५ अक्टोबर, १९८९
 भारत कान्त किशोर भार्गवअक्टोबर १७, १९८९ देखि डिसेम्बर ३१, १९९१
 माल्दिभ्स इब्राहिम हुसेन जाकीजनवरी १, १९९२ देखि डिसेम्बर ३१, १९९३
 नेपाल यादव कान्त सिलवालजनवरी १, १९९४ देखि डिसेम्बर ३१, १९९५
 पाकिस्तान नइम यु हसनजनवरी १, १९९६ देखि डिसेम्बर ३१, १९९८
 श्रीलङ्का निहाल रोड्रिगोजनवरी १, १९९९ देखि जनवरी १०, २००२
 बङ्गलादेश क्यू. ए.एम.ए. रहिमजनवरी ११, २००२ देखि फेब्रुअरी २८, २००५
 भुटान चेन्क्याब दोर्जीमार्च १, २००५ देखि फेब्रुअरी २९, २००८
 भारत शील कान्त शर्मामार्च १, २००८ देखि फेब्रुअरी २८, २०११
 माल्दिभ्स फतिमाथ धियाना सइदमार्च १, २०११ देखि मार्च ११, २०१२
 माल्दिभ्स अहमद सलिममार्च १२, २०१२ देखि फेब्रुअरी २८, २०१४[१८]
 नेपाल   अर्जुन बहादुर थापा१ मार्च २०१४ देखि फेब्रुअरी २०१७ सम्म[१२]
 पाकिस्तान अब्दुल अहसन बि सियाल १ मार्च २०१७

सन् १९८६ नोभेम्बर १६ र १७ मा भारतको बेंगलोरमा भएको दोस्रो सार्क सम्मेलनले बङ्गलादेशका अबुल अहसनलाई सार्कको पहिलो महासचिब बनाउने निर्णय गर्‍यो। उनी जनवरी १६, १९८७ देखि १५ अक्टोबर, १९८९ सम्म सार्कको महासचिब रहे। त्यसपछि भारतका किशोरकान्त भार्गव अक्टोबर १७, १९८९ देखि डिसेम्बर ३१, १९९१ सम्म सार्कको दोस्रो महासचिब बने। माल्दिभ्सका इब्राहिम हुसेन जाकी सार्कको तेस्रो महासचिब बने। उनको कार्यकाल जनवरी १, १९९२ देखि डिसेम्बर ३१, १९९३ सम्म रह्यो। सार्कको चौथो महासचिबको जिम्मेवारी नेपाल यादवकान्त सिलवालले निभाए। उनी जनवरी १, १९९४ देखि डिसेम्बर ३१, १९९५ सम्म सार्कका महासचिब रहे। यादवकान्त पछि पाकिस्तानका नइम हसन सार्कको पाचौँ महासचिब नियुक्त भए। नइम हसनले जनवरी १, १९९६ देखि डिसेम्बर ३१, १९९८ सम्म सार्कको महासचिब पद सम्हाले। श्रीलङ्काका निहाल रोड्रिगो जनवरी १, १९९९ देखि जनवरी १०, २००२ सम्म सार्कको छैठौं महासचिब बने। उनी पछि बङ्गलादेशका क्यु.ए.एम.ए रहिम सार्कका सातौँ महासचिबको रूपमा नियुक्त भए। उनको कार्यकाल जनवरी ११, २००२ देखि फेब्रुअरी २८, २००५ सम्म रह्यो। सार्कको आठौँ महासचिब भुटानका चेनकायब दोर्जी बने। उनले मार्च १, २००५ देखि फेब्रुअरी २९, २००८ सम्म सार्क सचिवालयको नेतृत्व गरे। त्यस पछि भारतका शिलकान्त शर्मा सार्कका नवौँ महासचिबको रूपमा नियुक्त भए। उनी मार्च १, २००८ देखि फेब्रुअरी २८, २०११ सम्म सार्क महासचिब रहे। माल्दिभ्सका फथिमथ धियाना शइद र माल्दिभ्सकै अहमद सलिम सार्कको १० औँ र ११ औँ महासचिव बने। शइद मार्च १, २०११ देखि मार्च ११, २०१२ सम्म पदमार रहे भने सलिम ज्मार्च १२, २०१२ देखि फेब्रुअरी २८, २०१४ सम्म पदमा रहे। १ मार्च २०१४ देखि सार्क सचिवालयको नेतृत्व नेपालका अर्जुन बहादुर थापाले गरेका छन्।

सार्कका सामान्य नियमहरू

सार्क बडापत्रको धारा १०मा सामान्य नियमहरूको व्यवस्था गरिएको छ। सार्कको गतिशीलतामा यही नियम सबैभन्दा ठूलो बाधकको रूपमा रहेको विश्लेषकहरूको धारणा छ।

नियमहरू :

  • सार्कका सबै स्तरका निर्णयहरू सर्वसम्मतिका आधारमा लिइने छ।
  • द्वीपक्षीय र विवादास्पद विषयहरू छलफलमा राखिने छैनन्।

सन्दर्भ सामग्रीहरू

यो पनि हेर्नुहोस्

बाहिरी लिङ्कहरू

Loading related searches...

Wikiwand - on

Seamless Wikipedia browsing. On steroids.