भारतका पूर्व प्रधानमन्त्री From Wikipedia, the free encyclopedia
डा. मनमोहन सिंह (पन्जाबी: ਮਨਮੋਹਨ ਸਿੰਘ)भारत का पूर्व प्रधानमन्त्री हुन्।[2] उनी एक कुशल राजनेता तथा एक राम्रा विद्वान, अर्थशास्त्री र विचारक पनि हुन। एक मंजिएका अर्थशास्त्रीको रूपमा उनको ज्यादा पहिचान छ। आफ्नो कुशल र ईमानदार छविको कारणले सबै राजनीतिक दलहरूमा उनको राम्रो चिनाजानी छ, तर टूजी स्पेक्ट्रम घोटालामा मनमोहन सिंह चुपचाप सँग उनको ईमानदार छविमा प्रश्न उठेको छ। २००९ को लोक सभा निर्वाचनमा जितेपछे उनी जवाहर लाल नेहरू पछि भारतको पहिला यस्तो प्रधानमन्त्री बनेका हुन जसलाई पाँच वर्षको कार्यकाल सफलता पूर्वक पूरा गरे पछि लगातार दोस्रो पल्ट प्रधानमन्त्री बन्ने अवसर मिलेको छ। उनले २१ जून १९९१ देखि १६ मे १९९६ सम्म पि भी नरसिंह रावको प्रधानमन्त्रित्व कालमा वित्त मन्त्रीको रूपमा पनि कार्य गरेका छन्। वित्त मन्त्रीको रूपमा उनले भारतमा आर्थिक सुधारहरूको शुरुवात गरे। २८ फेब्रुअरीमा मनमोहन सिंह साउदी अरबको यात्रामा गए। १९८२ पछि साउदी अरबको यात्रा गर्ने वालामध्ये मनमोहन सिंह पहिलो प्रधानमन्त्री बनेका छन्।
मनमोहन सिंह | |
---|---|
१३औँ भारतका प्रधानमन्त्री | |
कार्यकाल २२ मे २००४ – २६ मे २०१४ | |
राष्ट्रपति | अब्दुल कलाम प्रतिभा पाटिल प्रणब मुखर्जी |
उपराष्ट्रपति | भैरोंसिंह शेखावत मोहम्मद हमिद अन्सारी |
पूर्वाधिकारी | अटल बिहारी वाजपेयी |
उतराधिकारी | नरेन्द्र मोदी |
१६औँ कार्मिक, सार्वजनिक गुनासो र निवृत्तिभरण मन्त्री | |
कार्यकाल २३ मे २००४ – २६ मे २०१४ | |
प्रधानमन्त्री | वह स्वयं |
पूर्वाधिकारी | लालकृष्ण आडवाणी |
उतराधिकारी | नरेन्द्र मोदी |
राज्यसभामा विपक्षी दलका नेता | |
कार्यकाल २१ मार्च १९९८ – २१ मे २००४ | |
प्रधानमन्त्री | अटल बिहारी वाजपेयी |
पूर्वाधिकारी | सिकन्दर बख्त |
उतराधिकारी | जसवंत सिंह |
२२औँ वित्त मंत्री | |
कार्यकाल २१ जुन १९९१ – १२ मे १९९६ | |
प्रधानमन्त्री | पी. वी. नरसिंह राव |
पूर्वाधिकारी | यशवंत सिन्हा |
उतराधिकारी | जसवंत सिंह |
सांसद, राज्यसभा | |
पद बहाली १९ अगस्ट २०१९ | |
पूर्वाधिकारी | मदनलाल सैनी |
निर्वाचन क्षेत्र | राजस्थान |
कार्यकाल १ अक्टोबर १९९१ – १४ जुन २०१९ | |
उतराधिकारी | कामाख्या प्रसाद तासा |
निर्वाचन क्षेत्र | असम |
१५औँ भारतीय रिजर्व बैङ्क का गवर्नर | |
कार्यकाल १६ सेप्टेम्बर १९८२ – १४ जनवरी १९८५ | |
पूर्वाधिकारी | आई.जी पटेल |
उतराधिकारी | अमिताभ घोष |
व्यक्तिगत विवरण | |
जन्म | गाह, पन्जाब, पाकिस्तान, ब्रिटिस भारत (अहिले पन्जाब, पाकिस्तान) | २६ सेप्टेम्बर १९३२
राष्ट्रियता | भारतीय |
राजनीतिक दल | भारतीय राष्ट्रिय काङ्ग्रेस |
जीवन साथी | गुरशरण कौर ( वि १९५८) |
सन्तान(हरू) | ३, सहित उपिंदर सिंह र दमन सिंह |
निवास(हरू) | ३ मोतीलाल नेहरू मार्ग, नयाँ दिल्ली, दिल्ली, भारत[1] |
मातृ शिक्षाप्रतिष्ठान | पन्जाब विश्वविद्यालय (कला स्नातक, एम॰ए॰) क्याम्ब्रिज विश्वविद्यालय (कला स्नातक) अक्सफोर्ड विश्वविद्यालय (विद्यावारिधी) |
जीवनवृति |
|
पुरस्कार | पद्म विभूषण एडम स्मिथ पुरस्कार |
हस्ताक्षर | Manmohan Singh |
मनमोहन सिंहको जन्म पाकिस्तानको पन्जाब प्रान्तमा २६ सेप्टेम्बर १९३२ मा भएको थियो। देशको विभाजन पछि सिंहको परिवार भारत आए। यहाँ पन्जाब विश्वविद्यालयबाट उनले स्नातक तथा स्वनातकोत्तर स्तरको पढाई पूरी गरे। त्यस पछि उनी क्याम्ब्रिज विश्वविद्यालय गए। जहाँबाट उनले पी. एच. डी. गरे। तत्पश्चात् उनले अक्सफोर्ड विश्वविद्यालयबाट डी. फिल. पनि गरे। उनको पुस्तक इंडियाज एक्सपोर्ट ट्रेंड्स एन्ड प्रोस्पेक्ट्स फर सेल्फ सस्टेइन्ड ग्रोथ, (अङ्ग्रेजी: India's Export Trends and Prospects for Self-Sustained Growth), भारतको अन्तर्मुखी व्यापार नीतिको पहिलो र सटीक आलोचना मानिन्छ। डा. सिंहले अर्थशास्त्रको अध्यापकको तरिकामा एकदम ख्याति अर्जित गरे। उनी पन्जाब विश्वविद्यालय र त्यस पछि प्रतिष्ठित डेलही स्कूल अफ इकनामिक्समा प्राध्यापक रहे। त्यहि बीच उनी UNCTAD सचिवालयमा सलाहकार पनि रहे र १९८७ तथा १९९०मा जेनेवामा साउथ कमीशनमा सचिव पनि रहे। १९७१ मा डा. सिंह भारतको वाणिज्य मन्त्रालयमा आर्थिक सलाहकारको रूपमा नियुक्त गरिएको। यसको तुरुन्त पछि १९७२ मा उनलाई वित्त मन्त्रालयमा मुख्य आर्थिक सलाहकार बनाइयो। इसपछिको वर्षमा उनी योजना आयोगको उपाध्यक्ष, रिजर्व बैङ्कको गवर्नर, प्रधानमन्त्रीको सलाहकार र विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष रहे छन्। भारतको आर्थिक इतिहासमा हालको वर्षमा सबै भन्दा महत्त्वपूर्ण मोड तब आयो जब डा. सिंह १९९१ देखि १९९६ सम्म भारतको वित्त मन्त्री रहे। उनिलाई भारतको आर्थिक सुधारहरूको प्रणेता मानिएको छ। साधारण जनमानसमा यो वर्ष निश्चित रूपले डा. सिंहको व्यक्तित्वको वरिपरि घूमिरहेको छ। डा. सिंहको परिवारमा उनको पत्नी श्रीमति गुरशरण कौर र उनका तीन छोरीहरू छन्।
उनले अन्तर्राष्ट्रिय मुद्रा कोष र एसियाई विकास बैङ्कको लागि पनि काम गरेका छन्।
भारतको सार्वजनिक जीवनमा डा. सिंहको धेरै वटा पुरस्कारहरू र सम्मानहरूले सम्मानित गरिएको छ। यिनीहरूमा प्रमुख छन्: -
डा. सिंहले धेरै राष्ट्रिय र अन्तर्राष्ट्रिय सङ्गठनहरूमा भारतको प्रतिनिधित्व गरेका छन्। आफ्नो राजनीतिक जीवनमा उनी १९९१बाट राज्य सभाको सांसद रहेका छन्। र १९९८ तथा २००४मा संसदमा विपक्षको नेता रहिसकेका छन्।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.