From Wikipedia, the free encyclopedia
साङ्घाई सहयोग सङ्गठन (एससीओ ), वा साङ्घाई सम्झौता,[1] एक युरेसियाली राजनीतिक, आर्थिक र सुरक्षा गठबन्धन हो। यसको स्थापनाको घोषणा सन् २००१ जुन १५ का दिन चीन, कजाख्स्तान, किर्गिस्तान, रूस, ताजकिस्तान र उज्बेकिस्तानका नेताहरूले चीनको साङ्घाईमा गरेको थिए। साङ्घाई सहयोग सङ्गठन बडापत्रमा जुन सन् २००२ को जुन महिनामा हस्ताक्षर भएको थियो भने सन् २००३ सेप्टेम्बर १९ का दिनदेखि लागु भएको थियो। मूल पाँच राष्ट्रहरूमा उज्बेकिस्तान बाहेक २६ अप्रिल १९९६ मा स्थापित साङ्घाई पाँच समूहका सदस्यहरू थिए। त्यसबेलादेखि जब भारत र पाकिस्तान ९ जुन २०१७ मा कजाख्स्तान अस्तानामा आयोजित शिखर सम्मेलनमा साङ्घाई सहयोग सङ्गठनको पूर्ण सदस्यका रूपमा सम्मिलित भएका थिए। यस सङ्गठनले आठ सदस्य राष्ट्रहरूमा यसको सदस्यता विस्तार गरेको छ। राज्य परिषदका प्रमुख यस सङ्गठनमा सर्वोच्च निर्णय गर्ने सर्वोच्च निकाय हो। यसको बैठक वर्षमा एक पटक हुन्छ र सङ्गठनको सबै महत्त्वपूर्ण मामिलामा निर्णय र दिशानिर्देश गर्दछ। सहयोग र समन्वय बढाउन, आतङ्कवाद र अन्य बाह्य खतराहरूको विरुद्ध र क्षेत्रीय शान्ति र स्थायित्व कायम गर्नका लागि नियमित रूपमा सैनिक अभ्यास पनि गरिन्छ। भौगोलिक क्षेत्रको र जनसङ्ख्याको हिसाबले यस सङ्गठन विश्वको सबैभन्दा ठूलो क्षेत्रीय सङ्गठन हो। यसले युरेसिया महाद्वीपको ३/५ भाग र मानव जनसङ्ख्याको आधा हिस्सा ओगट्छ। यस सङ्गठनलाई यसका सदस्य राष्ट्रहरूले मानवअधिकार उल्लङ्घन सम्बन्धी अन्तर्राष्ट्रिय आलोचनाबाट जोगिन उपयोग गर्छन् भनेर आलोचना गरिन्छ। [2]
सङ्क्षिप्त नाम | एससिओ |
---|---|
पूर्वाधिकारी | साङ्घाई पाँच समूह, २६ अप्रिल १९९६ मा स्थापित |
गठन | सन् २००१ |
प्रकार | आपासी सुरक्षा, राजनैतिक, आर्थिक सङ्गठन |
प्रधान कार्यालय | बेइजिङ, चीन |
सदस्यता |
|
आधिकारिक भाषा | चिनियाँ र रूसी |
महासचिव | भ्लादिमिर नोरोभ |
उप-महासचिव |
|
वेबसाइट | SectSCO.org |
चीन, कजाख्स्तान, किर्गिस्तान, रूस र ताजकिस्तानका राष्ट्र प्रमुखहरूले चीनको साङ्घाईमा सीमा क्षेत्रहरूमा सैन्य कोषको गहिराइ सम्बन्धी सन्धिमा हस्ताक्षर गरेपछि सन् १९९६ अप्रिल २६ का दिन साङ्घाई पाँच समूह गठन गरिएको थियो। [3]
सन् १९९७ अप्रिल २४ का दिन ती देशहरूले रूसको मस्कोमा आयोजित बैठकमा सीमा क्षेत्रका सैनिक बल घटाउने सन्धिमा हस्ताक्षर गरेका थिए। सन् १९९७ मे २० का दिन रूसी राष्ट्रपति बोरिस येल्तसिन र चिनियाँ राष्ट्रपति जियाङ जेमिनले "बहुध्रुवीय विश्व" को घोषणापत्रमा हस्ताक्षर गरेका थिए। [4]
देश | मिति |
---|---|
चीन | २६ अप्रिल १९९६ |
कजाख्स्तान | |
किर्गिस्तान | |
रूस | |
ताजिकिस्तान | |
उज्बेकिस्तान | १५ जुन २००१ |
भारत | ९ जुन २०१७ |
पाकिस्तान | |
इरान | ४ जुलाई २०२३[6] |
अफगानिस्तानले पर्यवेक्षक राष्ट्रको मान्यता सन् ६ जुन २०१२ जुन ६ का दिन चीनको राजधानी बेइजिङमा भएको आयोजित साङ्घाई सहयोग सङ्गठन शिखर सम्मेलन प्राप्त गरेको थियो।[7]
सन् २००८ मा बेलारुसले यस सङ्गठनमा साझेदारको लागि आवेदन दिएको थियो। यद्यपि रूसी रक्षा मन्त्री सेर्गेई इभानोभले बेलारुस विशुद्ध रूपमा युरोपेली राष्ट्र भएकाले बेलारुसको सदस्यतामा आशंका व्यक्त गरेका थिए। [9] यसको बाबजुद बेलारुसलाई सन् २००९ को येकातेरिनबुर्ग शिखर सम्मेलनमा संवाद साझेदारको रूपमा स्वीकृत प्रदान गरिएपछि यसले सन् २०१५ मा पर्यवेक्षक मान्यता प्राप्त गरेको थियो। [8]
यस सङ्गठनमा इरान पर्यवेक्षकको रूपमा रहेको छ र सन् २००८ मार्च २४ का दिन २४ इरानले पूर्ण सदस्यताको लागि आवेदन दिएको थियो।[10] यद्यपि त्यस समयमा इरानले संयुक्त राष्ट्र सङ्घको प्रतिबन्ध बेहोरी रहेको हुनाले इरानलाई नयाँ सदस्यको रूपमा स्वीकार गरिएको थिएन। साङ्घाई सहयोग सङ्गठनले इरानलाई राष्ट्र सङ्घले प्रतिबन्ध लगाएका कारण सदस्यता प्रदान नगर्ने बताएको थियो[11] चिनियाँ राष्ट्रपति सि जिनपिङको सन् २०१६ जनवरीको इरान भ्रमणको क्रममा उनले इरान माथि लागेको संयुक्त राष्ट्र सङ्घको प्रतिबन्ध हटेपछि इरानको पूर्ण सदस्यताका लागि समर्थन गर्ने बताएका थिए।[12] १५ सेप्टेम्बर २०२२ मा, इरानले साङ्घाई सहयोग सङ्गठनमा सहभागी हुने सहमतीपत्रमा हस्ताक्षर गर्यो .[13][14] २७ नोभेम्बर २०२२ मा, इरानी संसदले साङ्घाई सहयोग सङ्गठन सदस्यतालाई अनुमोदन गर्यो ।.[15][16]
मङ्गोलिया सन् २००४ को शिखर सम्मेलनमा पर्यवेक्षक मान्यता पाउने पहिलो देश थियो। पाकिस्तान, भारत र इरानले सन् २००५ को अस्तानाको शिखर सम्मेलनमा पर्यवेक्षक रास्ट्रको मान्यता प्राप्त गरेका थिए।
संवाद साझेदारको स्थान सन् २००८ मा सिर्जना गरिएको थियो।[17]
नेपाललाई संवाद साझेदारको स्थान सन् २०१५ को शिखर सम्मेलनमा प्रदान गरिएको थियो।[18]
श्रीलङ्कालाई संवाद साझेदारको स्थान सन् २००९ को येकातेरिनबुर्ग शिखर सम्मेलनमा प्रदान गरिएको थियो।[19][20]
नाटो सदस्य राष्ट्र टर्कीलाई सन् २०१२ को बेइजिङ शिखर सम्मेलनको समयमा संवाद साझेदारको स्थान प्रदान गरिएको थियो।[7] टर्कीका प्रधानमन्त्री रजेप तैयप एर्दोगानले युरोपेली सङ्घको सदस्यता त्याग्ने र त्यसको बदलामा साङ्घाई सहयोग सङ्गठनको पूर्ण सदस्यता प्राप्त गर्ने विषयमा छलफल भइरहेको कुरा बताएका थिए।[21] यस विषयमा सन् २०१६ नोभेम्बर २१ का दिन युरोपेली संसदमा निर्वाचन भएको थियो।[22] दुई दिन पछि २३ नोबेम्बर २०१६ मा टर्कीलाई २०१७ वर्ष अवधिको लागि साङ्घाई सहयोग सङ्गठनको उर्जा क्लबको अध्यक्षता प्रदान गरिएपछि टर्की साङ्घाई सहयोग सङ्गठनमा पूर्ण सदस्यता बिनानै क्लबको अध्यक्षता गर्ने पहिलो राष्ट्र बनेको थियो।
मिति | देश | स्थान |
---|---|---|
१४ जुन २००१ | चीन | साङ्घाई |
७ जुन २००२ | रूस | सेन्ट पिटर्सवर्ग |
२९ मे २००३ | रूस | मस्को |
१७ जुन २००४ | उज्बेकिस्तान | तस्किन्त |
५ जुलाई २००५ | कजाख्स्तान | अस्ताना |
१५ जुन २००६ | चीन | साङ्घाई |
१६ अगस्ट २००७ | कजाख्स्तान | विस्केक |
२८ अगस्ट २००८ | ताजिकिस्तान | दुसान्वे |
१५-१६ जुन २००९ | रूस | येकातेरिनबुर्ग |
१०-११ जुन २०१० | उज्बेकिस्तान | तस्किन्त[23] |
१४-१५ जुन २०११ | कजाख्स्तान | अस्ताना[24] |
६-७ जुन २०१२ | चीन | बेइजिङ |
१३ सेप्टेम्बर २०१३ | कजाख्स्तान | विस्केक |
११-१२ सेप्टेम्बर २०१४ | ताजिकिस्तान | दुसान्वे |
९-१० जुलाई २०१५ | रूस | उफ |
२३-२४ जुन २०१६ | उज्बेकिस्तान | तस्किन्त[25] |
८-९ जुन २०१७ | कजाख्स्तान | अस्ताना |
९–१० जुन २०१८ | चीन | सानतुङ[26] |
१४-१५ जुन २०१९ | कजाख्स्तान | विस्केक[27] |
जुलाई २०२० | रूस | सेन्ट पिटर्सवर्ग[28] |
मिति | देश | स्थान |
---|---|---|
१४ सेप्टेम्बर २००१ | कजाख्स्तान | अल्माती |
— | — | — |
२३ सेप्टेम्बर २००३ | चीन | बेइजिङ |
२३ सेप्टेम्बर २००४ | कजाख्स्तान | विस्केक |
२६ अक्टोबर २००५ | रूस | मस्को |
१५ सेप्टेम्बर २००६ | ताजिकिस्तान | दुसान्वे |
२ नोभेम्बर २००७ | उज्बेकिस्तान | तस्किन्त |
३० अक्टोबर २००८ | कजाख्स्तान | अस्ताना |
१४ अक्टोबर २००९ | चीन | बेइजिङ[29] |
२५ नोभेम्बर २०१० | ताजिकिस्तान | दुसान्वे[30] |
७ नोभेम्बर २०११ | रूस | सेन्ट पिटर्सवर्ग |
५ डिसेम्बर २०१२ | कजाख्स्तान | बिस्केक[31] |
२९ नोभेम्बर २०१३ | उज्बेकिस्तान | तस्किन्त |
१४–१५ डिसेम्बर २०१४ | कजाख्स्तान | अस्ताना |
१४–१५ डिसेम्बर २०१५ | चीन | चेङचोऊ, हेनान |
२–३ नोभेम्बर २०१६ | कजाख्स्तान | विस्केक |
३० नोभेम्बर २०१७ | रूस | सोची |
११–१२ अक्टोबर २०१८ | ताजिकिस्तान | दुसान्वे |
१–२ नोभेम्बर २०१९ | उज्बेकिस्तान | तस्किन्त |
२०२० | भारत | नयाँ दिल्ली |
२०२१ अक्टोबर १९ का अनुसार:
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.