From Wikipedia, the free encyclopedia
रसियाका राष्ट्रपति, औपचारिक रुसी महासंघका राष्ट्रपति (रुसी: Президе́нт Росси́йской Федера́ции, tr. Prezident Rossiyskoy Federatsii), रसियाका राष्ट्रप्रमुख तथा रसियाको सर्वोच्च ओहोदा/मर्यादाक्रम हो र रुसी सशस्त्र बल, रुसी सेनाको सर्वोच्च कमाण्डर इन्चिफ अधिरथी हुन्।
Президент Российской Федерации | |
Governance of Russia Executive branch in Russian Politics | |
सम्बोधन | श्रीमान राष्ट्रपति (औपचारिक) कमरेड सुप्रिम कमान्डर इन चिफ (रुसी सैन्य माझ]]) महामहिम [1] (अन्तरास्ट्रिय समकक्षमा) |
---|---|
स्थिति | संघीय राष्ट्रप्रमुख |
सदस्य | राजकीय परिषद (रुस) सुरक्षा परिषद (रुस) Supreme Eurasian Economic Council |
निवास | Kremlin Senate (working) Grand Kremlin Palace (ceremonial) Novo-Ogaryovo (residential) |
आसन | मस्को क्रेमलिन, मस्को |
मनोनयनकर्ता | Political parties or self-nomination |
नियुक्तिकर्ता | Direct popular vote |
अवधि | छ वर्ष, one consecutive re-election |
गठन साधन | रुसी संविधान |
अग्रगामी | Chairman of the Presidium of the Supreme Soviet of the Russian SFSR |
गठन | १९९१
|
प्रथम धारक | बोरिस येल्तसिन as first President of the Russian Federation (10 July 1991) |
तलब | ३.६ मिलियन रुबल वार्षिक |
वेबसाइट | президент.рф (रुसीमा) eng.kremlin.ru (अंग्रेजीमा) |
राष्ट्रपति ६ वर्ष कार्यकालको लागि जनताबाट प्रत्यक्ष निर्वाचित हुन्छन्। कानुनले लगातार तेश्रो कार्यकालको लागि निर्वाचित हुन रोकेको छ। अहिले सम्म तीन जना व्यक्तिले ६ कार्यकाल र चार राष्ट्रपतीय काल सम्हालेका छन्। मे २०१२ मा, भ्लादिमिर पुटिन चौथो राष्ट्रपति बने; उनी मार्च २०१८ मा पुनः निर्वाचित भए र मे मा अर्को ६ वर्षे कार्यकालको लागि सपथ ग्रहण गरे।
Name | Term of office | Length of term |
---|---|---|
बोरिस येल्तसिन | 1991–1999 | ८ वर्ष, १७४ दिन |
भ्लादिमिर पुटिन (पहिलो तथा दोश्रो कार्यकाल) | १९९९–२००८ | ८ वर्ष, १२८ दिन |
दिमित्री मेदभेदेभ | २००८–२०१२ | ४ वर्ष, ० दिन |
भ्लादिमिर पुटिन (तेश्रो तथा चौथो कार्यकाल) | २०१२–२०२४ | १२ वर्ष, ९३ दिन |
रुसी राष्ट्रपतिलाई देशकाउच्च अधिकारीको नियुक्तीको कर्तव्य तथा अधिकार छ । राष्ट्रपतिले आधिकारिक राजकीय ओहोदामा उम्मेदवारहरूको मनोनयन गर्छन् जो संसदीय मतले नियुक्त हुन पर्छ । राष्ट्रपतिले संबैधानिक अदालतको न्यायाधीश, सर्वोच्च अदालतको न्यायाधीश र सर्वोच्च मेलमिलाप अदालतको न्यायाधीशको र न्यायाधिवक्ताको मनोनयन संघीय परिषद मा प्रस्तुत गर्छन्।
राष्ट्रपतिले केन्द्रीय बैंकको अध्यक्षको मनोनयन तल्लो सदन राजकीय डुमामा प्रस्तुत गर्छन्। [4]
सबिधानको सर्त अनुसार, राष्ट्रपतिसंग संसदमा विधेयक प्रस्तुत गर्ने, विधेयकलाई कानूनको रुपमा प्रमाणीकरण गर्ने, मोहोर लगाउने अथवा तिनलाई भिटो गर्ने अधिकार रहन्छ।
राज्यको तर्फ बाट दिने अलंकार, विभूषण, सम्मान तथा पदवीहरू प्रदान गर्ने राष्ट्रपतिको महत्वपूर्ण आलंकारिक भूमिका छ । राष्ट्रको लागि रक्षा, राष्ट्रनिर्माण, अर्थतन्त्र, विज्ञान, सस्कृति, कला, शिक्षा, स्वास्थ, सार्वजनिक सुरक्षा, वकालत तथा परोपकार मा सेवा पुर्याउने व्यक्तिहरूलाई राजकीय सम्मान प्रदान गरिन्छ।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.