ट्रिनिडाड र टोबागो

From Wikipedia, the free encyclopedia

ट्रिनिडाड र टोबागो
Remove ads

ट्रिनिडाड र टोबागो, आधिकारिक रूपमा ट्रिनिडाड र टोबागो गणतन्त्र, क्यारिबियन क्षेत्रको सबैभन्दा दक्षिणी टापु राष्ट्र हो। मुख्य टापुहरू ट्रिनिडाड र टोबागो तथा धेरै साना टापुहरू मिलेर बनेको यो देश भेनेजुएलाको तटदेखि ११ किलोमिटर (६ नौटिकल माइल) उत्तर-पूर्व, ग्रेनाडादेखि १३० किलोमिटर (७० नौटिकल माइल) दक्षिण र बार्बाडोसको पश्चिममा अवस्थित छ। यसको राजधानी पोर्ट अफ स्पेन हो भने सबैभन्दा ठूलो र जनसंख्या धेरै भएको नगरपालिका चगुआनास हो। दक्षिण अमेरिकी भूभाग नजिक भए पनि, ट्रिनिडाड र टोबागोलाई सामान्यतया बेस्ट इन्डिजको भाग मानिन्छ।

ट्रिनिडाड टापुमा स्पेनी उपनिवेश स्थापना हुनुअघि शताब्दीयौँसम्म स्वदेशी जनजातिहरू बसोबास गर्थे। सन् १४९८ मा क्रिस्टोफर कोलम्बसको आगमनपछि स्पेनी उपनिवेश स्थापित भयो। सन् १७९७ मा ब्रिटिस नौसेनाका कमान्डर सर राल्फ अबरक्रम्बीको नेतृत्वमा स्पेनी गभर्नर जोसे मारिया चाकोनले टापु ब्रिटेनलाई सुम्पे। ट्रिनिडाड र टोबागो सन् १८०२ को एमिएन्स सन्धि अन्तर्गत ब्रिटेनलाई हस्तान्तरण गरिए, त्यसपछि सन् १८८९ मा यी दुई राज्य एकताबद्ध भए। ट्रिनिडाड र टोबागोले सन् १९६२ मा स्वतन्त्रता प्राप्त गर्‍यो र सन् १९७६ मा गणतन्त्र बन्यो।

धेरैजसो क्यारिबियन राष्ट्रहरू पर्यटनमा निर्भर भए पनि, ट्रिनिडाड र टोबागोको अर्थतन्त्र मुख्यत: उद्योगमा आधारित छ, जसको प्रमुख स्रोत तेल र प्राकृतिक ग्यासको विशाल भण्डार हो। क्यारिबियनका अन्य क्षेत्रहरूभन्दा दक्षिणमा अवस्थित भएकाले यो देशमा आँधी-हुरी (हरिकेन) कम आउँछन्।

ट्रिनिडाड र टोबागो आफ्नो अफ्रिकी र भारतीय संस्कृतिका लागि प्रसिद्ध छ। यहाँको ठूलो र प्रसिद्ध कार्निभल, दिवाली र होसे पर्वहरू चर्चित छन्। यो देश स्टिलप्यान, लिम्बो नृत्य, र क्यालिप्सो, सोका, र्यापसो, पराङ, चटनी, र चटनी-सोका जस्ता सङ्गीत शैलीहरूको जन्मस्थान पनि हो।

छरितो तथ्यहरू गणतन्त्र ट्रिनिडाड र टोबागो, राजधानी ...
Remove ads
Remove ads

सन्दर्भ सामग्रीहरू

Loading content...

बाह्य कडीहरू

Loading content...
Loading related searches...

Wikiwand - on

Seamless Wikipedia browsing. On steroids.

Remove ads