From Wikipedia, the free encyclopedia
नेपालको प्रशासनिक विभाजन नेपालका उपराष्ट्रिय प्रशासनिक एकाइहरू हुन्। नेपालको पहिलो तहका विभाजन भनेको प्रदेशहरू हुन् । प्रत्येक प्रदेशलाई जिल्ला, प्रत्येक जिल्लालाई नगरपालिका वा गाउँपालिका र ती प्रत्येक गाउँपालिका वा नगरपालिकालाई वडामा विभाजन गरिएको छ। वि.सं २०७२ अघि प्रदेशहरूको सट्टा नेपाललाई विकासक्षेत्र र प्रशासनिक क्षेत्रमा (अञ्चल) मा विभाजन गरिएको थियो।
वि.सं २०७२ मा नेपालको नयाँ संविधानको आवश्यकता पूरा गर्दै सबै पुराना नगरपालिका र गाउँ विकास समितिहरू (३९०० भन्दा बढी) लाई ७५३ नयाँ नगरपालिका र गाउँपालिकामा पुनर्संरचना गरिएको थियो। पूर्व ७५ जिल्ला विकास समितिहरूलाई पनि ७७ नयाँ जिल्ला समन्वय समितिहरूले प्रतिस्थापन गरेका थिए जसमा जिल्ला विकास समितिको तुलनामा धेरै कम शक्ति छ। हाल ६ महानगर, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिका रहेका छन् ।
सङ्घीय सरकार | |||||||||||||||||||||||||||||||||||
७ प्रदेश (उदाहरण कर्णाली) | |||||||||||||||||||||||||||||||||||
७७ जिल्ला (उदाहरण नुवाकोट) | |||||||||||||||||||||||||||||||||||
६ महानगरपालिका (उदाहरण भरतपुर) | ११ उपमहानगर (उदाहरण धरान) | २७६ नगरपालिका (उदाहरण रत्ननगर) | ४६० गाउँपालिका (उदाहरण इच्छाकामना) | ||||||||||||||||||||||||||||||||
नेपालका सात प्रदेशहरू रहेका छन्।[1] प्रदेशहरूलाई नेपालको संविधान २०७२ को अनुसूची ४ अनुसार परिभाषित गरिएको छ। विद्यमान जिल्लाहरूलाई एकसाथ मिलाएर प्रदेश गठन गरिएको थियो। नेपालका दुई जिल्लाहरूलाई टुक्राएर दुई जिल्ला थप गरिएको थियो।[2]
प्रदेश | राजधानी | क्षेत्रफल (वर्ग किलोमिटर) | जनसङ्ख्या (वि.सं २०६८)[3] | |
---|---|---|---|---|
१ | कोशी प्रदेश | विराटनगर | २५,९०५ | ४,५३४,९४३ |
२ | मधेश प्रदेश | जनकपुर | ९,६६१ | ५,४०४,१४५ |
३ | बागमती | हेटौँडा | २०,३०० | ५,५२९,४५२ |
४ | गण्डकी | पोखरा | २१,५०४ | २,४०३,७५७ |
५ | लुम्बिनी | देउखुरी | २२,२८८ | ४,७४१,७१६ |
६ | कर्णाली | वीरेन्द्रनगर नगरपालिका | २७,९८४ | १,३२७,९५७ |
७ | सुदूरपश्चिम | धनगढी | १९,५३९ | २५,५२,५१७ |
नेपालका सात प्रदेशहरूलाई २०७४ सालमा ७७ बनाइएको थियो। [4] प्रत्येक जिल्लालाई जिल्ला समन्वय समितिद्वारा प्रशासित गरिएको छ।
नगरपालिका जनसङ्ख्या र पूर्वाधारको कम्तीमा केही न्यूनतम मापदण्ड भएका र सरकारद्वारा नगरपालिकाको रूपमा घोषणा गरिएका ठाउँहरू हुन्। नेपालमा २९३ वटा नगरपालिकाहरू रहेका छन् ।
सहरी नगरपालिकालाई ३ तहमा विभाजन गरिन्छ:
नेपालमा ६ वटा महानगरपालिकाहरू रहेका छन् जसमा राजधानी सहर अर्थात् काठमाडौँ, भरतपुर, विराटनगर, ललितपुर, वीरगञ्ज, पोखरा रहेका छन्। नेपालमा ११ उपमहानगरपालिका र २७६ नगरपालिका रहेका छन्।
गाउँपालिका नेपालमा २०७३ सालमा स्थापना गरिएका थिए जसले गाउँ विकास समितिलाई प्रतिस्थापन गरेको थियो।
गाउँपालिकाको मुख्य उदेश्य गाउँ विकास समितिको जस्तो छ तर राजश्व सङ्कलन र कर सङ्कलनमा यसको बढी अधिकार रहेको छ र यसको वार्षिक बजेट गाउँ विकास समितिको भन्दा उच्च रहेको छ। थुप्रै गाउँ विकास समितिलाई प्रायः प्रत्येक नयाँ गाउपालिकामा गाभिएको थियो। नेपालमा ४६० गाउँपालिकाहरु छन्।
२०७२ भदौ २४ अघि नेपाललाई पाँच विकास क्षेत्र र चौध वटा प्रशासनिक क्षेत्र अर्थात् अञ्चलमा विभाजन गरिएको थियो। २०६८ को जनगणनाको समयमा यसलाई अझ पचहत्तर जिल्लामा विभाजन गरिएको थियो। जिल्लालाई गाउँ विकास समिति र नगरपालिकामा विभाजन गरिएको थियो। २०५८ को जनगणनामा नेपालमा ३,९१५ वटा गाउँ विकास समिति र २८ वटा नगरपालिकाहरू रहेका थिए।[5]
विकास क्षेत्र:
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.