धौलागिरी अञ्चल
From Wikipedia, the free encyclopedia
From Wikipedia, the free encyclopedia
धौलागिरी अञ्चल नेपालको चौध अञ्चलहरू मध्ये एक थियो। बागलुङ, मुस्ताङ, म्याग्दी र पर्वत गरी चार जिल्लाहरू मिलेर बनेको थियो। धौलागिरी हिमालको नामबाट यसको नामकरण गरिएको थियो। यसको सदरमुकाम बागलुङ हो। यो नेपालको पश्चिमाञ्चल विकास क्षेत्रमा पर्दछ। धार्मिक तथा पर्यटकिय स्थानहरू प्रशस्त भएर पनि प्रचार-प्रसारको कमीले गर्दा पर्यटनको राम्रो विकास हुन सकेको छैन। प्रसिध्द तिर्थ स्थल मुक्तिनाथ,बाग्लुङ कालिका भगवति मन्दिर लगायत का प्रशस्त धार्मिक तिर्थ स्थलहरू रहेका छन् भने पर्यटकिय क्षेत्रमा कालिगण्डकि नदिमा गरिने राफ्टीङ, मुस्ताङ पद यात्रा,म्याग्दिको तातो पानी क्षेत्र ,ढोरपाटन निकुन्ज लगायतका ठाउ छन्। साथै प्रचार-प्रसारको कमीले गर्दा पछाडि परेको पर्वत जिल्लाको सदरमुकाम कुश्मा बजारको छेउमा रहेको गुप्तेश्वर गुफा ( २ कि.मि. लामो)पनि पर्यटकीय तथा धार्मिक रूपले महत्त्वपूर्ण मानिन्छ। यी चार जिल्लाहरू मध्ये मुस्ताङ सबैभन्दा विकट जिल्ला हो। मुस्ताङलाई हिमाल पारिको जिल्लाको नामले पनि चिन्ने गरिन्छ।
धौलागिरी अञ्चल | |
---|---|
देश | नेपाल |
क्षेत्रफल | |
• जम्मा | ८,१४८ किमी२ (३१४६ वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
लुम्बिनी अञ्चललाई छ जिल्लामा विभाजन गरिएको थियो। यसका सबै जिल्लाहरू हाल गण्डकी प्रदेशमा पर्दछ।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.