तानसेन नगरपालिका

पश्चिम नेपालमा रहेको नगरपालिका From Wikipedia, the free encyclopedia

तानसेन नगरपालिकाmap

तानसेन नेपालको लुम्बिनी प्रदेशको पाल्पा जिल्लाको सदरमुकाम[४] तथा एक नगरपालिका हो। पाल्पा जिल्लाको तत्कालिन पाल्पा तानसेन इलाकाका क्षेत्रहरूलाई समेटेर वि.सं. २०१४ जेष्ठ १७ गते नेपाल राज्य नगरपालिका ऐन, २००९ लाई आधार बनाएर यो नगरपालिका घोषणा गरिएको थियो। तत्कालिन राजा महेन्द्र शाहले वि.सं. २०१७ पुष २२ गते[५] नेपालमा पञ्चायती व्यवस्था लागु गरेपछि तानसेन नगरपालिकाको नाम स्वतः परिवर्तन भई 'तानसेन नगरपञ्चायत' भएको थियो।[६][७]

छरितो तथ्यहरू तानसेन, देश ...
तानसेन
नगरपालिका
सदरमुकाम
पर्वतीय पर्यटन स्थल
Thumb
श्रीनगर र तानसेन नगरपालिका
Thumb
तानसेन
नक्सामा तानसेनको अवस्थिति
Thumb
तानसेन
तानसेन (नेपाल)
निर्देशाङ्क: २७°५२′०″उ ८३°३३′०″पू
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
जिल्लापाल्पा जिल्ला
नगरपालिकावि.सं. २०१४ जेष्ठ १७[१]
समावेश इलाकातानसेन बजार
समावेश (गाविस)बराङ्दी (२-६), मदनपोखरा, तेल्घा, बन्दीपोखरा, बौघागुम्बा, बौघापोखराथोकअर्गली
सम्मिलित (मिति)वि.सं. २०७३ फाल्गुण २२
सरकार
  नगरप्रमुखसन्तोषलाल श्रेष्ठ (नेपाली काङ्ग्रेस)
  उपप्रमुखप्रतिक्षा सिञ्जाली (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
  जम्मा१०९.८ किमी (४२.४ वर्ग माइल)
उन्नतांश
१,३५० मिटर (४,४३० फिट)
जनसङ्ख्या
  जम्मा५०,७९२
  घनत्व४६०/किमी (१२००/वर्ग माइल)
क्षेत्रीय सङ्केत+९७७-७५
वेबसाइटआधिकारिक वेबसाइट
बन्द गर्नुहोस्

नेपालको संविधान २०७२ अनुसार वि.सं. २०७३ साल फाल्गुण २२ गते नेपालमा स्थानीय तह कायम गर्दा पाल्पा जिल्लामा साविक बराङ्दी (२-६), मदनपोखरा, तेल्घा, बन्दीपोखरा, बौघागुम्बा, बौघापोखराथोकअर्गली गाउँ विकास समितिहरूलाई समेटेर यो नगरपालिकाको क्षेत्र विस्तार गरिएको थियो।[८]

यो पश्चिम नेपालको एक एतिहासिक सहर हो। यो सहर बुटवल तथा पोखरा भएर जाने राजमार्गमै अवस्थित छ। तानसेन दरबार, रानीमहल, भगवती मन्दिर[९], अमर नारायण मन्दिर, माण्डव्य मन्दिर[१०], भैरवस्थान मन्दिर यहाँका लोकप्रिय पर्यटकीय स्थलहरू हुन्।[११]

इतिहास

शाह राजवंशको उदय हुनुभन्दा अघि तानसेन मगर राज्यको राजधानी थियो। मगर भाषामा 'तानसेन' शब्दको अर्थ 'उत्तरी बस्ती' हुनाले यो सहरको नाम तानसेन राखिएको हो।[१२][१३]

जनसङ्ख्या

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार तानसेन नगरपालिकाको कुल जनसङ्ख्या ५०,७९२ रहेको छ भने यहाँ १४,७८२ घरधुरी रहेका छन्।[३]

भू-वनोट

तानसेन नगरपालिकामा १४ वडाहरू रहेका छन्। तानसेनको कुल क्षेत्रफल १०९.८ वर्ग किलोमिटर रहेको छ। यो नगरपालिकाको पूर्वमा बगनासकाली गाउँपालिका छ भने पश्चिममा रिब्दीकोट गाउँपालिका छन्। यसको उत्तरी भागमा स्याङ्जा जिल्ला छ भने दक्षिणी क्षेत्रमा तिनाउ गाउँपालिका पर्दछ।[१४]

विश्व सम्पदा सूची

तानसेनको मध्यकालीन सहर क्षेत्रलाई सन् २००८ जनवरी ३० मा युनेस्कोले आफ्नो विश्व सम्पदा क्षेत्रको सम्भावित सूचीको संस्कृति वर्गमा सूचीकृत गरिएको छ।[१५][१६]

मुख्य आकर्षणहरू

शितलपाटी

शितलपाटी तानसेन नगरको मध्य भागमा अवस्थित गोलो आकारको पौवा हो। यसलाई गोलघर पनि भन्ने गरिन्छ। यस स्थानमा स्थानीय कार्यक्रम तथा स्थानीय मानिसहरूलाई कुराकानी गर्ने स्थानको रूपमा प्रख्यात प्राप्त गरेको छ। गोलघरको संरचना गोलो आकारको एक तल्ले भवन र विचमा खुला स्थान रहेको छ। यो संरचनामा सेतो रङ लगाइएको छ।

सूचना तथा सञ्चार

तानसेन नगरपालिकामा एक टेलिभिजन तथा ३ वटा रेडियो सञ्चार सुविधाका साथै छापा पत्रिकाहरू पनि उपलब्ध छन्।

उल्लेखनीय व्यक्तित्वहरू

चित्र दीर्घा

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Loading related searches...

Wikiwand - on

Seamless Wikipedia browsing. On steroids.