रामेश्वर श्रेष्ठ

From Wikipedia, the free encyclopedia

रामेश (वास्तविक नाम रामेश्वर श्रेष्ठ) नेपाली संगीतकार तथा गायक हुन् ।

प्रारम्भिक जीवन

रामेश्वर श्रेष्ठको जन्म आमा शिवलक्ष्मी श्रेष्ठ र बाबु कर्णबहादुर श्रेष्ठको कोखमा विक्रम सम्वत २००१ साल असार ८ गते पाल्पाको तानसेनमा भएको थियो। उनका पिता माल अड्डाका हाकिम भएका कारण बाबुसँगै यिनी देशका विभिन्न ठाउँमा पुगेका थिए। [१]

विक्रम सम्वत २०१९ सालमा रेडियो नेपालमा राष्ट्रव्यापी लोकगीत प्रतियोगितामा भाग लिई संगीत क्षेत्रमा देखा परेका थिए। उनी केही समय रेडियो नेपालको जागिर खाएर ओखलढुंगाखोटाङका विद्यालयमा पढाएका थिए।

नेपाली संगीत क्षेत्रमा पहिले राल्फा समुह बनाएर काम गरेका रामेश पछि राल्फा छोडेर आस्था समुह खोलेका थिए। [२] गीत संगीतबाट चेतना फैलाउने उद्धेश्यले राल्फा समुह खोलिएको थियो। यसमा गीतकार तथा कवि मञ्जुल, लेखक तथा गायक गणेश रसिक लगायतको सहभागिता थियो। [३]

गीत

उनले सयौं जागरण गीतहरू गाएका छन्।[४] रामेशका गीतमा जागरणका स्वरको प्रधानता पाइन्छ ।

  • गाउँ गाउँबाट उठ
  • आऊ मिलाऊँ हाम्रा हातहरू
  • सुनको बिहान
  • गाई त बाँध्यौ ढुंग्रोमा मोही छैन
  • कोही त भने जहाजमा हरर

उनको गायनयात्रा समेटेर नामक बृत्तचित्र बनाइएको छ । [५] [६]

उनले चलचित्र बलिदान को पटकथा संवाद लेखेका थिए। त्यस चलचित्रको संगीत र पार्श्व गायन समेत गरेका थिए। [७]

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

थप पढ्नुहोस्

Loading related searches...

Wikiwand - on

Seamless Wikipedia browsing. On steroids.