नेपाली राष्ट्रिय क्रिकेट टोली
From Wikipedia, the free encyclopedia
नेपाली राष्ट्रिय क्रिकेट टिम (अङ्ग्रेजी: Nepal national cricket team), टिम नेपाल, गोर्खाली वा द राइनोज जस्ता नामले समेत चिनिने नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा भाग लिने क्रिकेट टोली हो ।[6] यस टिमको आधिकारिक निगमन संस्था नेपाल क्रिकेट सङ्घ हो । सन् १९९६ देखि अन्तर्राष्ट्रिय क्रिकेट परिषदको सदस्य राष्ट्रको रूपमा रहदैं आएको यो टोली आरम्भमा सन् १९८८ देखि सन् १९९६ सम्म सम्बद्ध राष्ट्रको रूपमा रहेको थियो ।[7] सन् २०१४ जुन देखि २०१५ आइसिसी पुरुष टि२० विश्वकप छनौट प्रतियोगितासम्म आइसिसीले नेपाललाई ट्वान्टी२० अन्तर्राष्ट्रियको मान्यताप्राप्त टिमको श्रेणीमा राखेको थियो ।[8][9] सन् २०१८ मार्च १५ मा नेपालले २०१८ क्रिकेट विश्वकप छनौट प्रतियोगिताको पहिलो प्ले-अफ खेल जितेपश्चात एकदिवसीय अन्तर्राष्ट्रिय खेल (साथै ट्वान्टी२० अन्तर्राष्ट्रिय) खेल्ने मान्यता प्राप्त गरेको हो ।[10][11][12]
उपनाम(हरू) | द राइनोज | |||||||||
---|---|---|---|---|---|---|---|---|---|---|
सङ्घ | नेपाल क्रिकेट सङ्घ | |||||||||
टीम विवरण | ||||||||||
कप्तान | रोहित पौडेल | |||||||||
प्रशिक्षक | देशाई | |||||||||
अन्तर्राष्ट्रिय क्रिकेट परिषद | ||||||||||
आइसिसी मान्यता | सहयोगी सदस्य (१९८८) एसोसिएट सदस्य (१९९६) | |||||||||
आइसिसी क्षेत्र | एसिया | |||||||||
डब्लुसिएल | क्रिकेट विश्वकप लिग २ | |||||||||
| ||||||||||
अन्तर्राष्ट्रिय क्रिकेट | ||||||||||
पहिलो अन्तर्राष्ट्रिय | v बङ्गलादेश क्वालालम्पुर, मलेसिया; ६ सेप्टेम्बर १९९६ | |||||||||
एकदिवसीय अन्तर्राष्ट्रिय | ||||||||||
पहिलो ओडिआई | v नेदरल्यान्ड एम्सटरड्याम, १ अगस्ट २०१८ (वि. सं. २०७५ श्रावण १६) | |||||||||
अन्तिम ओडिआई | v कुवेत कीर्तिपुर; २९ अप्रिल २०२३ | |||||||||
| ||||||||||
विश्वकप छनौट उपस्थिति | ३ (पहिलो २००१ मा) | |||||||||
उत्कृष्ट नतिजा | पहिलो चरण (२००१, २०१४, २०१८) | |||||||||
ट्वान्टी२० अन्तर्राष्ट्रिय | ||||||||||
पहिलो टि२०आई | v हङकङ चिटागोङ; १६ मार्च २०१४ | |||||||||
अन्तिम टि२०आई | v ओमान कीर्तिपुर; ५ नोभेम्बर २०२३ | |||||||||
| ||||||||||
विश्व ट्वान्टी२० उपस्थिति | १ (पहिलो २०१४ मा) | |||||||||
उत्कृष्ट नतिजा | पहिलो चरण (२०१४) | |||||||||
विश्व ट्वान्टी२० छनौट उपस्थिति | ५ (पहिलो २०१२ मा) | |||||||||
उत्कृष्ट नतिजा | उपविजेता (२०२३) | |||||||||
| ||||||||||
अद्यावधिक- १ मे २०२३ |