![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/7/7a/Pollock_to_Hussey.jpg/640px-Pollock_to_Hussey.jpg&w=640&q=50)
क्रिकेट
क्रिकेट अस्टे्रलिया काे रास्ट्रिय खेल हाे / From Wikipedia, the free encyclopedia
क्रिकेट ब्याट र बलले खेल्ने सामूहिक खेल हो। यो संसारका लोकप्रीय खेलहरु मध्येमा पर्दछ जो विशेषत अंग्रेजी उपनिवेश,पूर्व उपनिवेश र तिनका प्रभाव परेका मुलुकहरुमा बढी प्रसिद्ध छ । लामो समयसम्म कहिल्यै नटुङ्गीने खेलको रूपमा अालोचना खेप्ने गरेको यो खेल, एक दीवसीय अनि बीस२० को संस्करणमा सीमीत गराइ नयाँ ढाँचामा खेल्न थालीएपछी भने अन्य देशमा समेत वीस्तारीत हुँदैछ । यो खेल वर्तमान समयमा मुख्यतया पाँच दिनको टेस्ट क्रिकेट, एक दिनको एकदिवसीय अन्तर्राष्ट्रिय (वनडे क्रिकेट) र छोटो समयको २० ओभरको क्रिकेट (ट्वान्टी२० अन्तर्राष्ट्रिय) गरि तीन प्रारूप रहेको छ। यसको मुख्य नियन्त्रक संस्था अन्तर्राष्ट्रिय क्रिकेट परिषद् हो। यो खेल खुला मैदानमा रहेको पिचमा खेलिन्छ । क्रिकेट एंग्लो स्याक्सन काल मानिने पाँचौं शताब्दीदेखि नै बेलायतबाट सुरु भएको मानिन्छ। सडकमा केटाकेटीले भकुन्डोलाई लौराले हानेर खेल्ने खेलबाट सुरु भएको क्रिकेटले सत्रौँ शताब्दीमा आएर मात्र युवा जमातको ध्यान खिचेको हो। इतिहास अनुसार भेडा चराउने क्षेत्रमा भेडाको ऊनको भकुन्डो फाल्ने र अर्कोले समात्ने खेलबाट सुरु भएको क्रिकेटमा पछि विकेटको प्रवेश भयो र त्यसपछि स्टम्पमा बलले लाग्नबाट जोगाउन ब्याट्सम्यानले लट्ठीले छेक्ने प्रयाससँगै क्रिकेटले अहिलेको स्वरूप पाएको हो।
![]() एउटा बलर ब्याट्सम्यानलाई बल फ्याँक्दै गरेको। | |
उच्चतम अन्तराष्ट्रिय संस्था | अन्तर्राष्ट्रिय क्रिकेट परिषद |
---|---|
पहिलो खेल | १८औ शताब्दी (आधुनिक) |
अभिलक्षण | |
टिम सदस्य | प्रत्येक समूहमा ११/११ खेलाडी विकल्प क्षेत्ररक्षक यदि कुनै खेलाडीलाई चोट लागेमा |
लैङ्गिक विभाजन | एकल |
श्रेणीकरण | सामूहिक, ब्याट तथा बल खेल |
खेल सामाग्री | क्रिकेट बल, क्रिकेट ब्याट, विकेट: स्टम्प, बेल |
आयोजना स्थान | क्रिकेट मैदान |
उपस्थिति | |
ओलम्पिक | १९०० ग्रीष्मकालिन ओलम्पिक मात्र |
![Thumb image](http://upload.wikimedia.org/wikipedia/commons/thumb/d/df/Bowling_action.png/640px-Bowling_action.png)
![Thumb image](http://upload.wikimedia.org/wikipedia/commons/thumb/6/6a/Cricket_Stumps_en.svg/640px-Cricket_Stumps_en.svg.png)