![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/c/c5/Rohit-Paudel-Pic.jpg/640px-Rohit-Paudel-Pic.jpg&w=640&q=50)
रोहितकुमार पौडेल
From Wikipedia, the free encyclopedia
रोहित कुमार पौडेल (जन्म २ सेप्टेम्बर २००२) एक नेपाली क्रिकेटर हुन्[1][2] र नेपाल राष्ट्रिय क्रिकेट टिमका वर्तमान कप्तान हुन्।[3] उनले ८ फेब्रुअरी २०१८ मा २०१८ आईसीसी विश्व क्रिकेट लिग डिभिजन टू प्रतियोगितामा नेपालका लागि लिस्ट ए डेब्यू गरेका हुन्।[4] उनलाई बङ्गलादेशमा आयोजित आईसीसी टी-२० विश्व कपमा नेपालको सहभागितापछि क्रिकेट खेल्न प्रेरणा मिलेको थियो।[5]
छरितो तथ्यहरू व्यक्तिगत जानकारी, नाम ...
![]() | |
व्यक्तिगत जानकारी | |
---|---|
नाम | रोहित कुमार पौडेल |
जन्म | (2002-09-02) २ सेप्टेम्बर २००२ (उमेर २१) बर्दघाट नगरपालिका, नवलपरासी (सुस्ता पश्चिम), Nepal |
ब्याटिङ | दायाँ - हाते |
बलिङ | दाया - हात मध्यम-तिब्र गति बलर |
भूमिका | ब्याट्सम्यान |
अन्तर्राष्ट्रिय जानकारी | |
राष्ट्रिय टोली |
|
ओडिआई पहिलो खेल (क्याप १४) | ३ अगस्ट २०१८ v नेदेर्ल्यान्ड्स |
अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय | ३० अगस्ट अगस्ट v संयुक्त अरब इमिरेट्स |
स्रोत: ESPNCricinfo, ३० अगस्ट २०१८ |
बन्द गर्नुहोस्
जनवरी २०१९ मा, कुमारले अन्तर्राष्ट्रिय स्तरमा अर्धशतक प्रहार गर्ने सबैभन्दा कान्छो पुरुष क्रिकेटर बनेका थिए। यो कीर्तिमान फेब्रुअरी २०२० मा उनका सहकर्मी कुशल मल्लले तोडेका थिए। उनी एकदिवसीय क्रिकेटमा नेपालका लागि सबैभन्दा धेरै रन बनाउने खेलाडी हुन् र एकदिवसीय क्रिकेटमा १,००० रन बनाउने पहिलो नेपाली खेलाडी हुन्। उनलाई नोभेम्बर २०२२ मा नेपाल क्रिकेट टिमको कप्तान नियुक्त गरिएको थियो।