बङ्गलादेशको राष्ट्रिय क्रिकेट टोली (बङ्गाली : বাংলাদেশ জাতীয় ক্রিকেট দল) बङ्गलादेशको प्रतिनिधित्व गर्ने राष्ट्रिय क्रिकेट टिम हो । यसको सञ्चालन तथा समन्वय बङ्गलादेश क्रिकेट बोर्ड (बिसिबि) द्वारा गर्ने गरिन्छ । बङ्गलादेश एउटा पूर्ण परीक्षण पश्चात (अईसिसी) को सदस्य हुनुका साथै एकदिवसीय अन्तर्राष्ट्रिय तथा टेस्ट खेल्ने दशौ राष्ट्र हो । बङ्गलादेशले आफ्नो पहिलो टेस्ट म्याच भारतको बिरुद्ध ढाकामा सन् २००० मा खेलेको थियो । सन् १९७९ मा इंग्ल्याण्डमा भएको आइसीसी ट्रफीमा बङ्गलादेशले आफ्नो वनडेमा सुरुअवात गरेको थियो जसमा उसले २ जित र २ हारको नतिजा निकालेको थियो । बङ्गलादेशले सन् १९८६ मा भएको एसिया कपको मार्फत अन्तर्राष्ट्रिय क्रिकेटको आधिकारिक सुरुवात गरेको थियो ।

छरितो तथ्यहरू बङ्गलादेश, टेस्ट मान्यता ...
बङ्गलादेश
Thumb
बङ्गलादेश राष्ट्रिय क्रिकेट टिमको लोगो
बङ्गलादेश राष्ट्रिय क्रिकेट टिमको लोगो
टेस्ट मान्यतासन् २०००
पहिलो टेस्ट म्याचशेरे बंगला नेसनल स्टेडियम, मा  भारत बिरुद्ध
कप्तानमुस्फिकर रहिम
कोचशेन जुर्गेनसन
आधिकारिक आइसीसी टेस्ट, ओडिआईट्वान्टी ट्वान्टी क्रम१०औ (टेस्ट)
९औ (ओडिआई)
१०औ (टि-ट्वान्टी)
टेस्ट म्याच
– यस बर्ष खेलेको टेस्ट म्याच
८३
गत टेस्ट म्याचबिरुद्ध  न्युजिल्यान्ड
टेस्ट म्याचमा जित/हार
– यस बर्ष जित/हार
४/६८[1]
०/१
मिती १६ मार्च २०१४ सम्मको
बन्द गर्नुहोस्

सन् १९८६ मार्च ३१ मा बांग्लादेशले एसिया कपमा पाकिस्तान बिरुद्ध आफ्नो पहिलो वनडे म्याच खेलेको थियो । बङ्गलादेशले क्रिकेटमा थोर-थोरै देशको शहरी क्षेत्रहरूमा आफ्नो लोकप्रियतालाई कायम गरेको छ । फुटबल बङ्गलादेशमा लामो समय सम्म लोकप्रिय खेलको रूपमा रहेको थियो । क्रिकेट बङ्गलादेशले सन् १९९७ मा मलेसियामा भएको आइसिसी ट्रफी जितेर सन् १९९९ को आइसिसी वर्ल्डकपको लागि छनौट भएको थियो । त्यसपछि बङ्गलादेशमा क्रिकेटको स्तर बढ्दै गएको छ र हाल सम्म कायम रहेको छ , बङ्गलादेशले सन् १९९९ को क्रिकेट बिश्वकपमा शानदार प्रदर्शन गर्दै अप्रत्यासित रूपमा पाकिस्तानलाई हराएको थियो र स्कटल्याण्डलाई पनि पाखा लगाएको थियो । सन् १९९७ मा बङ्गलादेशले वनडे खेल्ने आधिकारिक मान्याता पाएको थियो भने टेस्ट खेल्ने मान्यता सन् २००० जुन २६ मा पाएको थियो ।

इतिहास

रेकर्ड

सन्दर्भ सामग्रीहरू

Wikiwand in your browser!

Seamless Wikipedia browsing. On steroids.

Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.

Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.