![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/ne/thumb/6/6d/Cricket_Association_of_Nepal_logo.svg/langne-640px-Cricket_Association_of_Nepal_logo.svg.png&w=640&q=50)
नेपाल क्रिकेट सङ्घ
नेपालमा क्रिकेटको प्रशासकीय निकाय / From Wikipedia, the free encyclopedia
नेपाल क्रिकेट सङ्घ नेपालमा क्रिकेटको आधिकारिक तथा नियामक निकाय हो। यसको प्रधान कार्यालय राजधानी काठमाडौँमा रहेको छ। नेपाल क्रिकेट सङ्घ अन्तर्राष्ट्रिय क्रिकेट परिषद्मा नेपालको प्रतिनिधि हो भने यसका साथै नेपाल क्रिकेट सङ्घ २०४५ सालदेखि यसको सहयोगी सदस्यको रूपमा रहेको छ। यो एसियाली क्रिकेट परिषदको सदस्य हो।
छरितो तथ्यहरू नेपाल क्रिकेट सङ्घ (क्यान), खेल ...
नेपाल क्रिकेट सङ्घ (क्यान) | |
---|---|
![]() | |
खेल | क्रिकेट |
क्षेत्राधिकार | राष्ट्रिय |
स्थापना | वि.सं २००३ |
मान्यता | अन्तर्राष्ट्रिय क्रिकेट परिषद |
मान्यता प्राप्त मिति | वि.सं २०४५ आवद्ध वि.सं २०५३ |
क्षेत्रीय आवद्ध | एसियाली क्रिकेट परिषद |
आवद्ध मिति | वि.सं २०४७ |
मुख्यालय | काठमाडौँ, नेपाल |
अध्यक्ष | चतुरबहादुर चन्द[1] |
सचिव | दुर्गा राज पाठक |
पुरुष प्रशिक्षक | मोन्टी देशाई[2] |
महिला प्रशिक्षक | जगत टमाटा |
आधिकारिक वेबसाइट | |
cricketnepal | |
![]() |
बन्द गर्नुहोस्
अन्तर्राष्ट्रिय क्रिकेट परिषदले यसलाई २०७३ वैशाख देखि २०७६ असोज २६ गरेसम्मका लागि सरकारी हस्तक्षेप भएको भन्दै निलम्बित गरेको थियो।[3] निलम्बन फुकुवा पश्चात् अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले नेपाली क्रिकेटको व्यवस्थापनको सम्पूर्ण जिम्मा लिँदै सबै पक्षहरूसँग छलफल गरेर नयाँ अध्यक्ष पदको निर्वाचनका लागि विभिन्न प्रक्रियाहरू अपनाएको थियो भने औपचारिक रूपमा २७ असोज २०७६ मा सङ्घलाई सशर्त आधारमा पुनःस्थापित गरेको थियो।[4]