उदयपुर जिल्ला
From Wikipedia, the free encyclopedia
उदयपुर जिल्ला नेपालको कोशी प्रदेश को पश्चिम-दक्षिण हिस्सामा अवस्थित छ। यस जिल्लाले महाभारत पर्वत शृङ्खलादेखि चुरे पर्वतमालासम्मको भू-भाग समेटेको छ। यसको कुल क्षेत्रफल २०६३ वर्ग किलोमिटर रहेको छ। क्षेत्रफलको हिसाबले यो जिल्ला नेपालको २७औं पूर्वाञ्चल विकास क्षेत्रको चौथो र सगरमाथा अञ्चलको दोस्रो स्थानमा पर्दछ। देशको सबैभन्दा ठूलो सिमेन्ट उद्योग "उदयपुर सिमेन्ट उद्योग" यस जिल्लामा रहेकोले यस जिल्लालाई परिचय गराउन थप मद्दत पुगेको छ। यो जिल्ला महाभारत शृङ्खला र चुरे पर्वत शृङ्खलाबीच रहेकाले महाभारत शृङ्खला अन्तर्गत धारिला, बिकट, डाँडाहरू, छरिएका र पातलिएका बस्तीहरू छन्। भने महाभारत फेदिदेखि चुरे शृङ्खलाको बीचमा दुईवटा ठूला-ठूला लाम्चो आकारको समथर फाँट भएको हुँदा यस जिल्लालाई भित्री मधेसको रूपमा गणना गरिन्छ। यस जिल्लाको पश्चिममा रहेको फाँटमा कटारी नगरपालिका को केहि भाग (पुरानो विभाजन अनुसार त्रिवेणी गाविस, रिश्कु गाविस र कटारी गाविस) रहेको छ भने पूर्वी भागको ठूलो फाँटमा बेलका नगरपालिका (पुरानो विभाजन अनुसार तपेश्वरी गाविस र रामपुर ठोक्सिला गाविस), चौदण्डीगढी नगरपालिका (पुरानो विभाजन अनुसार बेल्टार गाविस, बसाहा गाविस, सुन्दरपुर गाविस र हडिया गाविस) तथा त्रियुगा नगरपालिका को केहि भाग (पुरानो विभाजन अनुसार त्रियुगा नगरपालिका र जोगीदह गाविस) रहेको छ। नगरपालिकाहरूको बाँकी क्षेत्र तथा सबै गाउँपालिकाहरु सामान्य पहाडदेखि विकट पहाडमा पर्दछन्। 2078 सालको जनगणना अनुसार यस जिल्लाको जनसङ्ख्या 342773 जना रहेको छ ।[1]
उदयपुर जिल्ला Udayapur | |
---|---|
देश | नेपाल |
प्रदेश | कोशी प्रदेश |
अवस्थिति | पहाड |
नगरपालिका | ४ नगरपालिका |
सदरमुकाम | गाईघाट |
क्षेत्रफल | |
• जम्मा | २०६३ बर्ग किलोमीटर किमी२ (Formatting error: invalid input when rounding वर्ग माइल) |
जनसङ्ख्या (बि.सं. 2045) | |
• जम्मा | ३४२,७७३ |
• घनत्व | १६६/किमी२ (४३०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | ०३५ |
मुख्य भाषाहरू | |
प्रमुख जातिहरू | |
वेबसाइट | आधिकारिक वेबसाइट |