नेपालका नागरिक तथा व्यक्ति From Wikipedia, the free encyclopedia
नेपाली नेपाल देशका जनतालाई जनाउँने विशेषण हो।[2] नेपाली राष्ट्रियता कानुन अनुसार पर्ने नेपालका नागरिकहरू नेपाली हुन् । नेपालको संविधान अनुसार नागरिक अधिकार प्राप्त गर्ने सबै मानिसहरू नेपाली नागरिक हुन्। नेपाली जातियता नभई राष्ट्रियता हो। नेपाल राष्ट्रप्रति निष्ठा राख्ने व्यक्तिहरूलाई सामान्य रूपमा नेपाली भनिन्छ। तर केही गैर नागरिक नेपाली (जस्तै अनाथ नागरिकता विहीन नेपाली), दोहोरो नागरिक, विदेशिएका नेपालीहरू, आदि पनि नेपाली संज्ञाभित्रै पर्छन् वा पर्न सक्छन् ।
जम्मा जनसङ्ख्या | |
---|---|
३ करोड | |
उल्लेखीय जनसङ्ख्या भएका क्षेत्रहरू | |
नेपाल | २९,५१९,११४ |
भारत | २,९२६,१६८ |
अमेरिका | ५९,४९० |
चीन | ३,५०० |
हङकङ | १५,९५० |
भुटान | २६५,००० |
क्यानडा | १७,१४० |
नेदरल्यान्ड्स | २,१९९ [1] |
भाषाहरू | |
नेपालमा बोलिने भाषाहरू नेपालका आधिकारिक भाषाहरू | |
धर्महरू | |
हिन्दु धर्म, बुद्ध धर्म, ईसाई धर्म, इस्लाम धर्म |
लोक मान्यता अनुसार ने नामक ऋषिले पालेको भूमिलाई नेपाल भनिएको हो भनिन्छ । यही नेपाल शब्दको विशेषण नेपाली हो ।
राजा पृथ्वीनारायण शाहको एकीकरणबाट नेपाल राष्ट्रको निर्माण भएको थियो। त्यसपछि नेपाली शब्दको प्रयोग नेपाल देशका नागरिकका निम्ति भयो। सम्पूर्ण क्षेत्रिय संज्ञा जस्तै, गोरखाली, कास्केली, जुम्ली, कान्तिपुरे, आदि नेपालीमा मिसिन गयो। त्यो सँगै खस कुरा जसलाई गोरखाली भाषा भनिन्थ्यो आधिकारिक नेपाली भाषा बन्न पुग्यो।
नेपालीका वंशजहरू आरम्भको विशाल नेपाल, तिब्बत, भारत, इरान, बर्मा, चीन र मध्य एसियाबाट नेपालको क्षेत्रिय सामुदायिक जनसङ्ख्यासँग मिसिएका हुन्। नेपाली दुई मुख्य भाषा परिवारका सदस्य हुन्; इन्डो-आर्यन भाषा परिवार र भोट-बर्मेली भाषा परिवार। इन्डो-आर्यन भाषा परिवार भारोपेली भाषा परिवारको एक शाखा हो र यस बोली बोल्ने जनता इन्डो-यूरोपियन (भारोपेली) ककेसियन नश्लका हुन्। त्यस्तै भोट-बर्मेली भाषा परिवारका मातृभाषी मंगोल नश्लका हुन्।
नेपालीहरू भारत र बर्मामा ठूलो सङ्ख्यामा छन् । यसको प्रमुख कारण गोरखाली सैनिक भर्ती अनुसार विदेशिएका नेपालीहरू हुन् । थुप्रै नेपालीहरू खाडी मुलुक, मलेशिया, सं रा. अमेरिका, अस्ट्रेलिया, बेलायत र जापान जस्ता मुलुकमा रोजगार र शिक्षाका निम्ति पलायन भएका छन् ।
त्यस्तै चीनको तिब्बत, भुटान र भारत राष्ट्रबाट थुप्रै मानिसहरू आएर बसोबास गरेका छन् । यसमध्ये थुप्रै शरणार्थीका रूपमा आएका थिए ।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.