तामाङ जाति
तिब्बती जाती / From Wikipedia, the free encyclopedia
तामाङ जाति , नेपालको मध्यपहाडी क्षेत्रमा आदिमकाल देखि बसोवास गर्ने मुलबासी हुन् । मातृभाषा तामाङ बोलिने यी जातिमा १२ तामाङ र १८ भन्दा बढी उपथर रहेका छन् । तामाङ समुदायको भाषा भोट बर्मेली परिवार भित्र पर्दछ । नेपालमा तामाङ जातिको जनसङ्ख्या वि.सं. २०७८ सालको जनगणना अनुसार १६,३९,०५० अर्थात ५.६२% रहेको पाइन्छ ।