मगर जाति
भुमिपुत्र मुलबासी मंगोल समुदाय / From Wikipedia, the free encyclopedia
मगर जाति मुख्यतया नेपालको मध्य पहाडी भेगमा बसोबास गर्ने एक मूलबासी भूमिपुत्र हो।मूलको प्रकृति पुजक जाति हो।[1] यिनीहरू खासगरी नेपालको मध्यपश्चिमान्चल तथा पश्चिमाञ्चलका पहाडस्थित रुकुम, प्युठान, रोल्पा, पाल्पा, नवलपरासीको उत्तरी क्षेत्रहरू, स्याङ्जा, तनहुँमा आदिमकाल देखि बस्दै आएका छन्। मगर जातिको मुख्य थरहरू थापा, राना, आले, रखाल,पुन, रोका, घर्ती, बुढा ..भएपनि १६५0 भन्दा धेरै उपथरहरू मगर जातिमा पाइन्छ। खस र मगर समुदायमा पहिले पहिले बिहेवारिको चलन थियो पछि पछि खसहरू बाहुन सङ सम्पर्क बढ्दै गयो र मगरहरू गुरुङहरू सङ सम्पर्क बढ्दै गयो र अलग अलग जातिको रूपमा चिनियो यद्यपि देशको सबैजसो भागमा खसहरू सगँ मगर जातिको उपस्थिति रहेको पाइन्छ। जनसङ्ख्याको हिसाबले नेपालको तेस्रो ठूलो जाति र जनजातिहरूको हकमा प्रथम श्रेणीमा पर्ने मगर समुदाय हो। नेपालको एकिकरणमा मगरहरू को धेरै ठूलो हात छ। सहयोगी मिलनसार, सोझो, इमानदार, साहसी मगरहरू सम्बन्धि रजौटाको काल देखि प्रचलित एउटा उखानै छ "दुःख परे मगर गाँऊ तिर पस्नु"