थारू जाति
दक्षिणी नेपाल र उत्तरी भारतको तराईका आदिवासी जनजाति समूह / From Wikipedia, the free encyclopedia
थारू जाति नेपालको मेचीदेखि महाकाली सम्म मध्य-पश्चिम भूभागमा रहेको सुर्खेत उपत्यका, भित्री तराई भनिने दाङ उपत्यका, देउखुरी उपत्यका, चितवन उपत्यका, माडी उपत्यका, मरिनखोला उपत्यका तथा कमला उपत्यकाका साथै नेपालको समग्र तराई र उत्तर भारतको आदिवासी जाति हो।[2][3][4][5] यो जतिलाई नेपाल सरकारले लोकजातिको रूपमा मान्यता दिएको छ।[6] नेपालको तराई क्षेत्रमा सबैभन्दा बढी जनसङ्ख्या भएको जाति पनि हो।
उल्लेखीय जनसङ्ख्या भएका क्षेत्रहरू | |
---|---|
नेपाल | १७,३७,४७०[1] |
भाषाहरू | |
थारु भाषा, नेपाली भाषा | |
धर्महरू | |
हिन्दु, बौद्ध, पारम्परिक | |
सम्बन्धित जातीय समूह | |
|
यो नेपालको ऐतिहासिक जातीले नेपाल निर्माता पृथ्वीनारायण शाहले काठमाडौँ उपत्यका जितेपछी उपत्यकाको सुरक्षाको लागि थारु सेना ल्याएपछि क्रमशः गोर्खाली सेनाको रूपमा नेपाल एकिकरण अभियानको अन्तसम्म भाग लिइ रहयो साथै नेपालले लडेका हरेक लडाईमा थारू युवाहरू अन्य क्षेत्री, मगर, गुरुङ, बाहुन, तामाङ, सुनुवार, राई, लिम्बू, कामी, दमाईँ, गन्धर्व, योगी लगायतका जाति जत्तीकै बहादुरी पूर्वक लडेर मातृभुमी नेपाललाई विदेशी शक्तीहरूबाट बचाएको इतिहास पाइन्छ। यिनीहरू कैयौ वर्ष पहिलेदेखि तराईको घना जंगलको बीच-बीचका बसोबास गर्दै आएका छन्। दाङ्गमा बस्ने थारू थारूलाई 'दङ्गौरा थारू' भनिन्छ भने त्यहाँ तिनीहरूको राज्य नै रहेको प्रमाण पनि फेला परेको छ।
आकृतिले मंगोलजस्तै देखिए पनि दक्षिणतर्फका आर्यनहरूको सम्पर्कमा परेकाले थारूहरूको जनजीवन र रहनसहन निकै फरक पाइन्छ। ठाउँ अनुसार थारूहरूको थर र भाषामा पनि अन्तर छ। भौगोलिक विभाजनअनुसार यिनीहरूका केही थर हुन्: कोचिला .सप्तरीया लालपुरिया, सोलरिया, राना, मर्दनिया, कडरिया मोरङगीया, राजहटीया, रौतार, चितौनिया, मझौरा, दाङ बर्दिया खस, लामपुछुवा, बुचविहारी, डगौरा आदि। हाल २०७६ मा आएर केही राना थारूहरू थारूवाट छुटिएर भिन्न जातीका रूपमा सुचिकृत गराएका छन तर पनि राना थारू लेख्ने गरेको पाइन्छ |
थारू जाती आफ्नै थारू भाषाका अलावा नेपाली भाषा बोल्छन भने केहीले क्षेत्रगत रूपमा बोलीने भोजपुरी, मैथली तथा अवधि भाषा पनि बोलीरहेका हुन्छन्। थारू आफ्नै संस्कृतिमा रमाउने जाती हो दसैं, तिहारका अलावा थारूहरू धुमधाम सँग माघी, जितीया आदी पर्व मनाउने गर्दछन।
थारूहरू बिहानको खाजाहरूलाई 'कल्वा', दिउसोको खानालाई 'मिन्ही' र साँझको खानालाई 'बेरी' भन्छन्। थारूहरूको कुलदेवता काली भगवती, मैया र गोरैया हुन्। हरेक घरमा कुल देवता रहन्छन्। कुलदेवता रहेको ठाउँमा घरमूली नै सुत्नु पर्ने नियम छ। यिनीहरूका सामूहिक देवता 'बरदम' र 'भूइहार' हुन्, जसलाई चैत्र र भाद्रमा पूजा गर्नुपर्छ। यिनीहरूको मुख्य चाड 'माघी' हो, जुन माघ महिनाको सुरूको दिन १ गते मनाइन्छ।
वर्तमान अवस्थामा थारू जातिहरूको आर्थिक तथा सामाजिक स्तर जुन रूपमा हुनुपर्ने हो, त्यस्तो छैन। अधिकांश थारूहरू अरुको थिचोमिचो र शोषणमा परेको पाइन्छ। पश्चिम नेपालमा व्याप्त कमैया प्रथाबाट सबभन्दा बढी थारूहरू नै पीडित थिए। २०५७ साउन २ मा मुक्त गरिए पनि उनीहरूको अवस्थामा सुधार आएको छैन। अरुको घरमा छोरीहरूलाई काममा 'कमलरी' का रूपमा राख्ने चलन रोकिएको छैन। अन्य क्षेत्रमा पनि यिनीहरूले अपेक्षित प्रगति हासिल गर्न सकेका छैनन्। शिक्षा र चेतनाको स्तर बढ्दै गएकाले उनीहरूको अवस्थामा सुधार हुँदै आएको छ। गुरिया थारु।[7]