ब्राह्मण
बाहुन / From Wikipedia, the free encyclopedia
ब्राह्मण शब्दको प्रयोग निम्नलिखित तीन अर्थमा भएको छ-
- १. ब्राह्मण वर्ण जाति को रूपमा[1]
- २. ब्राहमण ग्रन्थको रूपमा[2]
- ३. ब्रह्मको ज्ञान राख्ने व्यक्तिको रूपमा[3]
भगवान् बुद्धले छन्– उनले भनेका छन्, भिक्षुहरु हो, कुनै मानिस जन्मको आधारमा ब्राह्मण हुन सक्दैन । उसले ब्राह्मणचित कर्तव्य गरे मात्र ब्राह्मण हुन सक्छ ।[4] जटाले, गोत्रले वा जन्मले कोही ब्राह्मण हुँदैन, जसका सत्य छ, जसमा धर्म छ, र जो पवित्र छ, त्यो मात्र ब्राह्मण हुन्छ । [5]
लगभग यस्तै कुरा महावीर जैनले पनि भनेका छन् ।
बुद्ध धर्मको प्रचार गर्ने पहिचा पांच भिक्षु ब्राह्मण परिवारबाट सम्बन्ध राख्थे भन्ने कुरा बौद्ध साहित्यमा उल्लेख छ । उनीहरू पनि बुद्ध जस्तै सत्यको खोजीमा गृहत्याग गरेका व्यक्ति थिए । [6]
वर्तमान समयमा ब्राह्मणलाई जाति भनिन्छ तर यसको उत्पत्ति वर्ण हो अर्थात् ब्राह्मण वर्ण हो जाति होइन । यसको उत्पत्तिको आधार ऋग्वेद पुरुष सूक्तमा उल्लेख छ । तर पुरुषसूक्तमा वर्ण शब्दको प्रयोगगरिएको छैन । जनकलाल शर्माका अनुसार,वैदिक साहित्यमा वर्ण रंगको अर्थमा प्रयुक्त, भएको छ । [7] पौरस्त्य दर्शनमा मानव समाज, ज्ञान र विज्ञान, जीवनका कर्तव्य, व्यक्तित्व विकास आदि सबैकुराहरूलाई चार चारवर्गमा विभाजन गर्ने परम्परा जताततै देख्न पाइन्छ । यो वर्गीकरण र विभाजन अध्ययनको दृष्टिले गरिएको हो भन्ने विद्वानहरूको भनाई छ । वर्ण विभाजनको आधार ऋग्वेद पुरुष सूक्तमा उल्लेख छ ।[8]