From Wikipedia, the free encyclopedia
एके फोर्टी सेभेन वा सामान्यतया एके ४७, ग्यासबाट सञ्चालित हुने ७.६२×३९ मिलिमिटरको एसल्ट राइफल हो। यसको विकास सोभियत सङ्घमा मिखाइल कलास्निकोभद्वारा गरिएको थियो। यो कलास्निकोभ राइफल (वा एके) श्रेणीको सुरुआती बन्दुक हो। ४७ ले यसको डिजाइन सम्पन्न भएको वर्षलाई जनाउँछ।
एके फोर्टी सेभेन AK-47[N 1] | |
---|---|
प्रकार | एसल्ट राइफल |
उद्गम स्थल | सोभियत सङ्घ |
सेवा इतिहास | |
सेवामा | सन् १९४९-१९७४ (सोभियत सङ्घ) सन् १९४९-वर्तमान (अन्य देशहरू) |
उपयोगकर्ता | हेर्नुहोस् 'प्रयोगकर्ता' |
युद्धहरू | हेर्नुहोस् 'द्वन्द' |
उत्पादन इतिहास | |
डिजाइनर | मिखाइल कलास्निकोभ |
डिजाइन मिति | सन् १९४६-१९४८[1] |
निर्माता | कलास्निकोभ लगायत अन्य |
निर्माण | सन् १९४८-वर्तमान[2][3] |
क्र. निर्माण | ≈ ७.५ करोड एके-४७, १०० मिलियन कलास्निकोभ-परिवार बन्दुक[4][5] |
रूपान्तरहरू | हेर्नुहोस् 'रूपान्तरहरू' |
विशेष विवरण | |
तौल | गोली बिना: ३.४७ किग्रा (७.७ पाउन्ड) गोली, रित्तो: ०.४३ किग्रा (०.९५ पाउन्ड) (प्रारम्भिक संस्करण)[6] ०.३३ किग्रा (०.७३ पाउन्ड) (स्टिल)[7] ०.२५ किग्रा (०.५५ पाउन्ड) (प्लास्टिक)[8] ०.१७ किग्रा (०.३७ पाउन्ड) (हलुका मिश्रित धातु)[7] |
लम्बाइ | स्थायी काठको प्रारूप: ८८० मिमी (३५ इन्च)[8] ८७५ मिमी (३४.४ इन्च) विस्तारित काठ: ६४५ मिमी (२५.४ इन्च) पट्याइएको काठसहित [6] |
ब्यारेल लम्बाइ | समग्र लम्बाइ: ४१५ मिमी (१६.३ इन्च)[8] बन्दुक नालको लम्बाइ : ३६९ मिमी (१४.५ इन्च)[8] |
कारतुस | ७.६२×३९ मिमी |
कारबाही | ग्यासले सञ्चालित, घुम्ने बोल्ट |
फायरिङ दर | Cyclic rate of fire: 600 rds/min[8] Combat rate of fire: Semi-auto 40 rds/min[8] Bursts 100 rds/min[8] |
नालमुख गति | ७१५ मी/सेक (२,३५० फिट/सेक)[8] |
खुद फायरिङ रेन्ज | ३५० मी (३८० गज)[8] |
भर्ने प्रणाली | 30-round detachable box magazine[8] There are also 5- 10-, 20- and 40-round box and 75- and 100-round drum magazines available |
दृष्टि | 100–800 m adjustable iron sights Sight radius: ३७८ मिमी (१४.९ इन्च)[8] |
सात दशकपछि पनि, यसको मोडल र यसको रुपान्तरण प्रकारहरू अझै सर्वाधिक लोकप्रिय र विश्वमा सर्वाधिक प्रयोग हुने राइफल रहिरहेको छ। कठिन वातावरणीय अवस्था, समकक्षी अन्य पश्चिमा राइफलको तुलनामा न्यून उत्पादन लागत, जुनसुकै भौगोलिक क्षेत्रमा पनि उपलब्ध हुने र सहज प्रयोग गर्न सकिने भएकाले यो सबैभन्दा लोकप्रिय राइफल बनेको छ। एके-४७ को निर्माण धेरै देशहरूमा गर्ने गरिन्छ। सन् २००४ अनुसार विश्वभरको अनुमानित ५० करोड बन्दुक मा, १० करोड कलास्निकोभ श्रेणीको पर्दछन् भने त्यसको तीन-चौथाई हिस्सा एके ४७ पर्दछ।
द्वितीय विश्वयुद्धको समयमा जर्मन सेनाले असाल्ट राइफलको अवधारणा विकसित गरेका थिए, उनीहरूले देखे कि धेरै जसो मुठभेड ३०० मीटर को दयारा भित्र हुने गर्थ्यो, जबकि त्यस समय जुन राइफल र कारतूस उपलब्ध थियो त्थेयसको शक्ति यति कम दूरीको लड़ाईको हिसाबबात धेरै हुन्थ्यो। त्यसैले सेनाले यस प्रकारको राइफल र कारतूसको माग गरे जसमा सब-मशीनको गुण (ठुलो म्यागजिन र कई मोडमा गोली चलाउने सुविधा भएको) भएको र ३०० मिटरको दायरामा काम गर्न सकियोस। यसको परिणाम स्वरूप जर्मन सेनाको एस टी जी 44राइफल आयो, यद्यपि यो यस प्रकारको पहिलो राइफल थिएन। इटलीको सेना पनि सेई-रिगोटी र सोवियत सेनाको फेदारोव एव्तामोट राइफल पनि यसै श्रेणीका थिए । तर जर्मन सेनाले यो राइफल बृहत स्तरमा प्रयोग गरेको थियो जसबाट जर्मनलाई यसको मूल्यांकन गर्ने मौका मिल्यो। सोवियत सेना पनि जर्मन सेनाको सिद्धान्त र दर्शनबाट प्रभावित भयो र द्वितीय विश्व युद्ध पश्चात यसैको पालना शुरू गयो । मिखाइल क्लाशिनिकोभले आफ्नो हतियार डिजाइनको करियर घाइते भएर अस्पतालमा भर्ना भएपछी सुरु गरेका थिए। उनले बिकास गरेका पहिलो कार्बाइन डिजाइन अस्वीकृत भएको थियो, तर उनले १९४५ मा भएको असल्ट राइफल डिजाइन प्रतियोगितामा भाग लिए। उनको मोद्देल ३० गोलि वाला ग्यास बेस डिजाइन थियो। यसलाई एके 1 और एके 2 को कोड नाम दिइएको थियो।
१९४६ मा उनका एक सहायक अलेक्जेंडर जाय्स्तेभले यसमा केही सुधार गर्धन सुझाए। आखिरमा उनको १९४७ को मोडेलमा सादगी, भरपर्दो र जुनसुकै अवस्थामा काम गर्ने विशेषता थियो , १९४९ मा उनको यो मोडेल सोवियत सेनाले 7.62 कलाश्निकोव राइफल के रूपमा स्वीकार गर्यो ।
तलका द्वन्द्वहरूमा एके फोर्टी सेभेनको प्रयोग भएको छ:
"Basically, it's the anti-Western cachet of it ... And you know, one man's terrorist is another man's freedom fighter, so we all sort of think, oh boy, we've got a little bit of Che Guevara in us. And this accounts for the popularity of the (AK 47) weapon. Plus I think that in the United States it's considered counterculture, which is always something that citizens in this country kind of like ... It's kind of sticking a finger in the eye of the man, if you will."
शीतयुद्धको समयमा, सोभियत संघ र जनवादी गणतन्त्र चीनको साथ साथै अमेरिका र नेटो राष्ट्रहरूले पनि विश्वभर कयौं देश तथा विद्रोही समूहलाई हातहतियार र प्राविधिक ज्ञान दिएका थिए। यो समयमा पश्चिमी देशहरूले एच के जि थ्री, एम फोर्तिन, एम सिक्सटिन जस्ता तुलनात्मक रुममा महँगो स्वचालित राइफल प्रयोग गर्थे। भने सोभियत र चीनले एके फोर्टी सेभेन प्रयोग गर्थे, यसको न्युन उत्पादन मूल्य र म्यानुफ्याकचरिङको लागि सहजताले बृहत संख्यामा एके फोर्टी सेभेन बने।
कम्युनिस्ट समर्थक राज्यहरूमा, एके फोर्टी सेभेन तेस्रो विश्व क्रान्तिको प्रतीक बन्यो। यसको उपयोग कम्बोडियाली गृहयुद्ध र कम्बोडिया भियतनाम युद्धमा भयो ।[31] १९८० को समयमा, पश्चिमी देशहरूले प्रतिबन्ध लगाएका मध्यपूर्वी देश लिबिया सिरिया (जसले सोभियत संघको समर्थनमा इजरायलको बिरोध गरेका थिए) सहितका देशहरूमा सोभियत युनियन एक प्रमुख हतियार निर्यातक बन्यो। सोभियत युनियनको पतन पछी, लागूऔषध ग्यांग र अधिनायकवादी राज्यहरू माझ एके फोर्टी सेभेन खुला रुपमा नै र कालो बजारमा खरिद बिक्री हुन थाल्यो, र हालसालै अल कायदा, आइएसआइएल, तालिबान जस्ता इस्लामिक समूहको हातमा अफगानिस्तान र इराकमा र फार्क गुरिल्लाको हातमा कम्बोडियामा देखिए ।[30]
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.