![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/9/99/Sheikh_Mujibur_Rahman_in_1950.jpg/640px-Sheikh_Mujibur_Rahman_in_1950.jpg&w=640&q=50)
शेख मुजिबुर रहमान
जनगणतान्त्रिक बङ्गलादेशका प्रथम राष्ट्रपति / From Wikipedia, the free encyclopedia
शेख मुजिबुर रहमान (बङ्गाली: শেখ মুজিবুর রহমান)(सुन्नुहोस्ⓘ) (जन्म: १७ मार्च १९२० - १ अगस्ट १९७५), छोटकरीमा शेख मुजिब वा मुजिब बङ्गलादेशका प्रथम राष्ट्रपति तथा दक्षिण एसियाका सबैभन्दा प्रभावशाली राजनीतिक व्यक्तित्वहरू मध्ये एक थिए जसले बेलायती भारतबाट भारतको विभाजनका लागि र सन् १९७० मा पश्चिम पाकिस्तानबाट पूर्व पाकिस्तानको स्वतन्त्रताका लागि सङ्घर्ष गरेका थिए। प्राचीन बङ्गाली सभ्यताको आधुनिक वास्तुकारका रूपमा शेख मुजिबुर रहमान "राष्ट्रपिता" वा बङ्गलादेशको "राष्ट्र जनक" मानिन्छन्। उनी माओलाना आब्दुल हामिद खान भासानीले स्थापना गरेका आवामी लिगका सभापति तथा यसको सँगसँगै देशका राष्ट्रपतिको रूपमा पनि काम गरिरहेका थिए र पछि देशमा संसदिय व्यवस्था लागु भएपछि उनी देशका प्रधानमन्त्री पनि बनेका थिए। उनी बङ्गाली जनताहरू माझ शेख मुजिब र शेख साहेब भनेर चिनिन्थे भने उनलाई "बङ्गोबोन्धु" उपाधिबाट सम्मानित गरिएको थियो। उनकी छोरी शेख हसिना बङ्गलादेश आवामी लिगको वर्तमान सभापति तथा बङ्गलादेशकी वर्तमान प्रधानमन्त्री हुन्।
बङ्गोबोन्धु शेख मुजिबुर रहमान | |
---|---|
![]() | |
बङ्गलादेशका प्रथम राष्ट्रपति | |
कार्यकाल ११ अप्रिल १९७१ – १२ जनवरी १९७२ | |
प्रधानमन्त्री | ताजउद्दिन आहमेद |
पूर्वाधिकारी | राष्ट्रपति पदको स्थापना गरिएको |
उतराधिकारी | सैयद नजरुल इसलाम (अस्थायी) |
बङ्गलादेशका दोस्रो प्रधानमन्त्री | |
कार्यकाल १२ जनवरी १९७२ – २४ जनवरी १९७५ | |
राष्ट्रपति | आबु साइद चौधुरी मोहाम्मदउल्लाह |
पूर्वाधिकारी | ताजउद्दिन आहमेद |
उतराधिकारी | मुहाम्मद मनसुर आली |
बङ्गलादेशका ४औँ राष्ट्रपति | |
कार्यकाल २५ जनवरी १९७५ – १५ अगस्ट १९७५ | |
प्रधानमन्त्री | मुहाम्मद मनसुर आली |
पूर्वाधिकारी | मोहाम्मदउल्लाह |
उतराधिकारी | खोन्दकार मोशताक आहमेद |
व्यक्तिगत विवरण | |
जन्म | (१९२०-०३-१७)१७ मार्च १९२० टुङ्गिपाडा, गोपालगञ्ज, फरिदपुर जिल्ला, बाङ्ला राज्य , बेलायती भारत (वर्तमान बङ्गलादेश) |
मृत्यु | (१९७५-०८-१५) १५ अगस्ट १९७५ (उमेर ४८) आफ्नै निवासस्थान, धानमोन्डी, ढाका, बङ्गलादेश |
मृत्युुको कारण | सामूहिक हत्याकाण्ड |
नागरिकता | ![]() ![]() ![]() |
राष्ट्रियता | बङ्गलादेशी |
राजनीतिक दल | बङ्गलादेश कृषक श्रमिक आवामी लिग (सन् १९७५) |
अन्य राजनीतिक संलग्नता | निखिल भारत मुस्लिम लिग (सन् १९४९ भन्दा पहिला) बङ्गलादेश आवामी लिग (१९४९-१९७५) |
जीवन साथी | बेगम फजिलातुन्नेसा |
सन्तान(हरू) | शेख हासिना शेख रेहाना शेख कामाल शेख जामाल शेख रासेल |
मातृ शिक्षाप्रतिष्ठान | मौलाना आजाद महाविद्यालय ढाका विश्वविद्यालय |
हस्ताक्षर | ![]() |
सन् १९४७ मा मा भारतको विभाजन पछि पूर्वी पाकिस्तानी राजनीतिको सुरुवाती चरणमा शेख मुजिब एक युवा विद्यार्थी नेता थिए।[1] उनी पछि माओलाना आब्दुल हामिद खान भसानीले स्थापना गरेको आवामी लिगका सभापति बनेका थिए।[2] समाजवादको पक्षधर भएर उनले पूर्वी पाकिस्तानका जनता माथि गरिएका सबै प्रकारका विभेदहरूका विरुद्ध आन्दोलन सुरु गरेका भने उनले उनले एकपटक जनताको अधिकार स्थापित गर्न स्वायत्तताको ६ बुँदे योजना पश्चिम पाकिस्तान समक्ष प्रस्ताव गरेका थिए जुन पश्चिमी पाकिस्तानबाट पूर्वी पाकिस्तानको स्वतन्त्रताको योजना रूपमा हेरिएको थियो। ६ बुँदे मागहरूमध्ये प्रमुख प्रान्तीय स्वायत्तता बढेकोले उनी अयुब खानको सैन्य शासनको विरोधी भएर प्रकट हुन सुरु गरेका थिए। भारत सरकारसँग मिलेर षड्यन्त्र रचेको भन्दै उनलाई पक्राउ गरिएको थियो तर पछि उनी आरोप मुक्त हुँदै कारागारबाट रिहा भइका थिए। उनको नेतृत्वमा आवामी लिगले सन् १९७० को चुनावमा ठूलो जीत हासिल गरेको थियो तर पश्चिम पाकिस्तान सरकारले उनलाई पूर्वी पाकिस्तानमा सरकार गठन गर्नबाट बञ्चित बनाएको थियो।
पाकिस्तानको तत्कालीन राष्ट्रपति याह्या खान र पश्चिमी पाकिस्तानी राजनीतिज्ञ जुल्फिकार अली भट्टुसँग पाकिस्तानको नयाँ सरकार गठनबारे वार्ता असफल भएपछि पाकिस्तान सेनाले सन् १९७१ मार्च २५ को मध्यरातमा ढाकामा नरसंहार गरेको थियो भने सोही रात उनलाई पक्राउ गरी पश्चिम पाकिस्तान लगिएको थियो जहाँ उनलाई रहीमुद्दीन खानले सैन्य अदालतमा मृत्युदण्ड सुनाएका थिए तर त्यो कार्यान्वयन हुन सकेन। पाकिस्तानले उत्तर भारतमा उपप्रथम समुद्री आक्रमण सुरु गरेपछि भारत पनि युद्धमा सामेल भएको थियो र त्यस घटना पछि पाकिस्तानी सेनाहरू दुई पक्षमा विभाजित भएका थिए। पाकिस्तानले ढाकामा २६ डिसेम्बर १९७९ मा आत्मसमर्पण गरेको थियो। युद्धले दक्षिण एसियाको भौगोलिक परिदृश्य परिवर्तन गर्योि भने बङ्गलादेश उद्भवसँग विश्वको सातौँ सबैभन्दा धेरै जनसङ्ख्या भएको देश बनेको थियो। १० जनवरी १९७२ मा शेख मुजिब कारागार मुक्त हुँदै पाकिस्तानबाट घर फर्किँदै बङ्गलादेशका प्रथम राष्ट्रपति बनेका थिए। १२ जनवरी १९७२ मा उनले सरकारको संसदीय प्रणाली सुरु गर्दै देशका प्रधानमन्त्री पनि बनेका थिए।।[3] वैचारिक हिसाबले उनी बङ्गाली राष्ट्रवाद, समाजवाद, प्रजातन्त्र र धर्मनिरपेक्षतामा विश्वास गर्ने व्यक्ति थिए जसलाई सामूहिक रूपमा मुजिबवाद भनिन्छ। राष्ट्रियता, समाजवाद, प्रजातन्त्र र धर्मनिरपेक्षतामा आधारित संविधानको मस्यौदा तयार गर्दै र त्यस अनुरुप राज्य चलाउने प्रयास गरिरहेको अवस्थामा उनी चरम गरीबी, बेरोजगारी, व्यापक अराजकता र व्यापक भ्रष्टाचारको सामना गर्न गाह्रो अवस्थामा थिए। उनले बढ्दो राजनीतिक अस्थिरता रोक्नका लागि सन् १९७५ मा एक दलीय राजनीतिको घोषणा गरेका थिए। उक्त घोषणाको ७ महिना पश्चात् सन् १९७५ अगस्ट १५ का दिन सैन्य कार्यकर्ताको एक समूहले उनी लगायत उनका परिवारका सबै सदस्यको सामूहिसक हत्या गरेको थियो। सन् २००४ मा गरिएको बीबीसी सर्वेक्षणमा, शेख मुजिबुर रहमानलाई "सबै समयका सर्वश्रेष्ठ बङ्गाली" को रूपमा मतदान गरिएको थियो।[4][5][6]