![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/ne/thumb/f/f6/%25E0%25A6%25A2%25E0%25A6%25BE%25E0%25A6%2595%25E0%25A6%25BE_%25E0%25A6%25AC%25E0%25A6%25BF%25E0%25A6%25B6%25E0%25A7%258D%25E0%25A6%25AC%25E0%25A6%25AC%25E0%25A6%25BF%25E0%25A6%25A6%25E0%25A7%258D%25E0%25A6%25AF%25E0%25A6%25BE%25E0%25A6%25B2%25E0%25A6%25AF%25E0%25A6%25BC%25E0%25A7%2587%25E0%25A6%25B0_%25E0%25A6%25B2%25E0%25A7%258B%25E0%25A6%2597%25E0%25A7%258B.png/640px-%25E0%25A6%25A2%25E0%25A6%25BE%25E0%25A6%2595%25E0%25A6%25BE_%25E0%25A6%25AC%25E0%25A6%25BF%25E0%25A6%25B6%25E0%25A7%258D%25E0%25A6%25AC%25E0%25A6%25AC%25E0%25A6%25BF%25E0%25A6%25A6%25E0%25A7%258D%25E0%25A6%25AF%25E0%25A6%25BE%25E0%25A6%25B2%25E0%25A6%25AF%25E0%25A6%25BC%25E0%25A7%2587%25E0%25A6%25B0_%25E0%25A6%25B2%25E0%25A7%258B%25E0%25A6%2597%25E0%25A7%258B.png&w=640&q=50)
ढाका विश्वविद्यालय
ढाका, बंगलादेशमा अवस्थित सार्वजनिक विश्वविद्यालय / From Wikipedia, the free encyclopedia
ढाका विश्वविद्यालय (बङ्गाली: ঢাকা বিশ্ববিদ্যালয়, सङ्क्षिप्त रूपमा: ঢাবি, ढावि, उच्चारण: ढाका विश्शोविद्दालोय) बङ्गलादेशको ढाका सहरमा अवस्थित एक सरकारी विश्वविद्यालय हो।[1][2] यस विश्वविद्यालय बहु विषयको अध्ययन तथा अनुसन्धानका लागि परिचित छ।[3] यस विश्वविद्यालयको स्थापना सन् १९२१ मा तत्कालीन बेलायती भारतको अक्सब्रिज शिक्षा व्यवस्था अनुसरण गरी स्थापित गरिएको थियो।[4] सुरुवाती चरणमा यस विश्वविद्यालयलाई विभिन्न प्रतिष्ठित विद्वान तथा वैज्ञानिकहरूद्वारा कठिनताका साथ गुणवत्ता नियन्त्रणको सन्दर्भमा यसलाई पूर्वको अक्सफोर्डको रूपमा मान्यता प्रदान गरिएको थियो।[5][6] यस विश्वविद्यालयमा बङ्गलादेशको स्वतन्त्रता युद्धको समयमा विभिन्न घटनाहरू घटेका थिए भने यस विश्वविद्यालयबाट स्वतन्त्रता लागि निकै ठूलो कार्यहरू सम्पन्न भएका थिए। जब यस विश्वविद्यालयलाई सरकारी विश्वविद्यालयको मान्यता दिइयो तब ढाका विश्वविद्यालयको बङ्गलादेश स्वतन्त्रता हुनुमा विशेष योगदान रहेको थियो।
![]() | |
आदर्श वाक्य | सोत्तेर जोय सुनिस्चितो (नारा: शिक्खाई आलो) |
---|---|
प्रकार | सरकारी विश्वविद्यालय |
स्थापना | सन् १९२१ |
कुलपति | राष्ट्रपति आब्दुल हामिद |
उप-कुलपति | अध्यापक मोहम्मद आखतारुज्जामान |
डिन | ६ |
शैक्षिक कर्मचारी | १,८१७[1][2] |
प्रशासनिक कर्मचारी | ३,४०८ |
विद्यार्थीहरू | लगभग ३७,०६४[1][2] |
ठेगाना | रमना, ढाका- १००० , , |
क्याम्पस | २३ वटा |
उपनाम | ঢাবি (ढावि) |
सम्बन्धनहरू | विश्वविद्यालय मञ्जुरी सङ्घ |
वेबसाइट | du |
ढाका विश्वविद्यालयका शिक्षकहरूले सबैभन्दा अधिक पटक बङ्गलादेश विज्ञान एकाडेमी पदक हासिल गरेका छन्।[7] यस बाहेक यो विश्वविद्यालय एसिया विकमा शीर्ष १०० मा स्थान प्राप्त गर्ने बङ्गलादेशको एकमात्र विश्वविद्यालय हो। यो विश्वविद्यालय एसियाको शीर्ष १०० विश्वविद्यालयहरूमा ६४औँ स्थानमा अवस्थित छ।[8][1][2] यस विश्वविद्यालयमा लगभग सबै समय ३८ हजार भन्दा बढी विद्यार्थी तथा १,८०५ भन्दा बढी शिक्षकहरू कार्यरत हुन्छन्।