बङ्गाली भाषा
From Wikipedia, the free encyclopedia
बङ्गाली भाषा (बङ्गाली: বাংলা, बाङ्ला), बङ्गलादेश र भारतको पश्चिम बङ्गाल र उत्तर-पूर्वी भारतको त्रिपुरा तथा असम राज्यहरूमा बोलिने प्रमुख भाषा हो। भाषा परिवारको दृष्टिबाट यो भारोपेली भाषा परिवारको सदस्य हो। यस परिवारका अन्य प्रमुख भाषाहरूमा हिन्दी, नेपाली, पन्जाबी, गुजराती, असमिया, ओडिया, मैथिली इत्यादी भाषाहरू पर्छन्। बङ्गाली भाषा बोल्ने मानिसहरूको सङ्ख्या लगभग २३ करोड छ जस हिसाबले यो विश्वको सातौँ सबैभन्दा बढी बोलिने भाषा हो[3][4]। बङ्गलादेश र भारत बाहेक यो भाषा बोल्ने मातृभाषी प्रयोगकर्ता विश्वका अन्य धेरै देशहरूमा पनि फैलेका छन्।
बङ्गाली भाषा | |
---|---|
বাংলা ভাষা | |
मूलभाषी | बङ्गलादेश, भारत, बेलायत, संयुक्त राज्य अमेरिका, पाकिस्तान, साउदी अरब, मलेसिया, सिङ्गापुर, संयुक्त अरब इमिरेट्स, अस्ट्रेलिया, म्यानमार तथा क्यानडा |
क्षेत्र | बङ्गलादेश, नेपाल, पश्चिम बङ्गाल, त्रिपुरा, अण्डमान निकोबार द्वीप समूह, आसाम, झारखण्ड, ओडिशा, बिहार, नयाँ दिल्ली, मुम्बई, बेङ्गलोर, पुणे, हैदराबाद र चेन्नई |
मातृभाषी वक्ता | २३० लाख[1] |
भारोपेली भाषा परिवार
| |
बङ्गाली लिपि | |
सरकारी दर्जा | |
आधिकारिक भाषा | बङ्गलादेश, भारत (पश्चिम बङ्गाल, त्रिपुरा र बराक घाटी) ( कछर, करीमगन्ज), |
नियामक संस्था | बाङ्ला एकाडेमी (बङ्गलादेश) पोश्चिमबङ्गो बाङ्ला आकादेमी (पश्चिम बङ्गाल) |
भाषा सङ्केतहरू | |
आइएसओ ६३९-१ | bn (बीएन) |
आइएसओ ६३९-२ | ben (बीईएन) |
आइएसओ ६३९-३ | ben (बीईएन) |
ग्लोटोलग | beng1280 [2] |
यो लेखमा आइपिए ध्वन्यात्मक चिह्नहरूको प्रयोग गरिएको छ। सही आइपिए सक्षम नभएमा तपाईँले युनिकोड अक्षरहरू प्रश्न चिह्न, कोठा अथवा अन्य कुनै चिह्न जस्तो देखिनेछ। |
बङ्गाली भाषा विकासको इतिहास १,३०० वर्ष पुरानो रहेको छ। चार्यपद बङ्गाली भाषाको प्राथमिक प्रतीक हो। अठारौँ शताब्दीको अन्तमा बङ्गाली भाषाले ८औँ शताब्दीदेखि लेखिएको साहित्यको ठुलो भण्डारमार्फत आफ्नो वर्तमान रूप लिएको थियो। बङ्गाली भाषाको लिपिलाई बङ्गाली लिपि भनिन्छ। बङ्गलादेश र पश्चिम बङ्गालमा बोलिने बङ्गाली भाषाहरूमा खासै भिन्नता पाइँदैन। बङ्गाली भाषा र साहित्यले बङ्गालको पुनर्जागरण र पुस्तकमा बङ्गालको साँस्कृतिक विविधता र बङ्गाली राष्ट्रवादको विकासका साथै बङ्गलादेशको निर्माणमा सबैभन्दा महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो।
सन् १९४७ देखि १९५२ सम्म पूर्वी बङ्गालमा आयोजित बङ्गाली भाषा आन्दोलनले यस भाषालाई बङ्गालको अस्तित्वसँग जोडेको छ। सन् १९५२ फेब्रुअरी २१ मा ढाका विश्वविद्यालयमा विद्यार्थी तथा आन्दोलनकारीहरूको विरोध गर्दै बहुसङ्ख्यकको मातृभाषा बङ्गालीको राज्य भाषाको माग गर्दै उनीहरूले आफ्नो जीवन बलिदान दिएका थिए।[5][6] सन् १९८७ को बङ्गाली भाषाको परिचय ऐनले बङ्गलादेशका सबै राज्य कृतिहरूमा बङ्गाली भाषाको प्रयोग अनिवार्य बनाएको छ। सन् १९९९ मा सन् १९५२ को भाषा सहिदहरूको सङ्घर्षलाई मान्यता दिई युनेस्कोले फेब्रुअरी २१ लाई अन्तर्राष्ट्रिय मातृभाषा दिवसको रूपमा घोषणा गरेको थियो।[7]