![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/d/d5/Russia-Bangladeshi_talks_Moscow_2013-01-15_12.jpeg/640px-Russia-Bangladeshi_talks_Moscow_2013-01-15_12.jpeg&w=640&q=50)
शेख हसिना
बाङ्लादेशकी प्रधानमन्त्री / From Wikipedia, the free encyclopedia
शेख हसिना दक्षिण एसियाली राष्ट्र बङ्गलादेशकी वर्तमान प्रधानमन्त्री हुन्। उनको जन्म सन् १९४७ सेप्टेम्बर २८ का दिन पूर्वी बङ्गालको टुङ्गिपाडा भन्ने ठाउँमा भएको थियो। उनी बङ्गलादेशकी १०औँ प्रधानमन्त्री हुन् र उनले यो पद सन् २००९ जनवरीबाट सम्हाल्दै आएकी छन्। साथै उनी बङ्गलादेशको इतिहासमा सबैभन्दा लामो समयसम्म प्रधानमन्त्री पदमा रहने व्यक्ति समेत हुन्।
शेख हासिना | |
---|---|
![]() मस्कोभा सम्मेलनमा शेख हासिना | |
बङ्गलादेशको १२औँ प्रधानमन्त्री | |
पद बहाली ६ जनवरी, २००९ – हाल | |
राष्ट्रपति | इयाजउद्दिन आहम्मेद जिल्लुर रहमान आब्दुल हामिद |
पूर्वाधिकारी | फखरुद्दीन आहमेद |
कार्यकाल २३ जुन, १९९६ – १५ जुलाई, २००१ | |
राष्ट्रपति | आबदुर रहमान विश्वास शाहाबुद्दिन आहमेद |
पूर्वाधिकारी | मुहाम्मद हाबिबुर रहमान |
उतराधिकारी | लतिफुर रहमान |
राष्ट्रिय संसद प्रतिपक्षी नेत्रि | |
कार्यकाल १० अक्टोबर, २००१ – २९ अक्टोबर, २००६ | |
पूर्वाधिकारी | खालेदा जिया |
उतराधिकारी | खालेदा जिया |
कार्यकाल २० मार्च, १९९१ – ३० मार्च, १९९६ | |
पूर्वाधिकारी | ए. एस. एम. आबदुर रब |
उतराधिकारी | खालेदा जिया |
बङ्गलादेश अवामी लिग | |
पद बहाली १७ मे १९८१ – हाल | |
पूर्वाधिकारी | आसादुज्जामान खान |
व्यक्तिगत विवरण | |
जन्म | (1947-09-28) २८ सेप्टेम्बर १९४७ (उमेर ७६) टुङ्गिपाडा, गोलापगञ्ज, तत्कालीन वृहत् फरिदपुर जिल्ला, पूर्व बाङ्ला, पाकिस्तान (वर्तमान बङ्गलादेश) |
राष्ट्रियता | बङ्गलादेशी |
राजनीतिक दल | बङ्गलादेश अवामी लिग (सन् १९८१–हाल) |
अन्य राजनीतिक संलग्नता | महाजोट (२००८–हाल) |
जीवन साथी | वाजेद मिया |
सन्तान(हरू) | सजीव वाजेद जोय सायमा वाजेल पुतुल |
अभिभावकs |
|
मातृ शिक्षाप्रतिष्ठान | आजिमपुर कन्या उच्च विद्यालय इडेन कन्या महाविद्यालय ढाका विश्वविद्यालय |
शेख हसिना बङ्गलादेशका प्रथम राष्ट्रिय शेख मुजिबुर रहमानकी छोरी हुन्। उनको राजनितिज्ञ जीवन करिब ४ दशक भन्दा लामो रहेको छ। उनी सन् १९८६ देखि १९९० र सन् १९९१ देखि १९९५ सम्म प्रतिपक्ष दलको नेत्रिको रूपमा रहेकी थिइन् भने उनी सन् १९९६ देखि सन् २००१ सम्म बङ्गलादेशको प्रधानमन्त्रीको रूपमा कार्यरत थिइन् भने उनले सन् १९८१ देखि अवामी लिगको सभापतिको दायित्व पालन गरेकी थिइन्।[1][2][3][4] सन् २००८ मा जनताको अधिक मतका कारण उनी प्रधानमन्त्री चुनावमा विजय भई पुनः प्रधानमन्त्री पदमा निर्वाचित भएकी थिइन्।
सन् २०१४ जनवरीमा एक विरोधीदलबिहीन निर्वाचनमा उनी तेस्रो पटक जस्तै प्रधानमन्त्री पदमा निर्वाचित भएकी थिइन् तर त्यो निर्वाचनलाई विपक्षीले अस्वीकार गरेका थिए भने अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले पनि यसको बारेमा आलोचना गरेका थिए। सन् २०१६ मा उनी चौँथो कार्यकालका लागि प्रधानमन्त्रीमा निर्वाचित भएकी थिइन् भने उक्त निर्वाचनलाई विपक्षीद्वारा धाँधली भएको आरोप लगाइएको थियो। हसिना विश्वका सर्वश्रेष्ठ क्षमताशाली महिला व्यक्तिहरूको रूपमा पनि चुनिएकी थिइन्। सन् २०१६ मा फोर्ब्स पत्रिकाद्वारा सार्वजनिक एक प्रतिवेदनका अनुसार विश्वका १०० क्षमताशाली महिलाहरूको सूचीमा हसिना शीर्ष २६ मा पर्न सफल भएकी थिइन् भने सोही पत्रिकाद्वारा सन् २०१७ मा सार्वजनिक सोही शीर्षकको सूचीमा उनी ३०औँ स्थानमा रहेकी थिइन्।[5] यस बाहेक शेख हसिनालाई अमेरिका स्थित पत्रिकाले विदेश नीतिको आधारमा विश्वका शीर्ष १०० विश्वव्यापी विचारकहरूको सूचीमा सामेल गरिएको थियो।[6] उनी विश्व महिला नेत्री परिषद्की एक सदस्य पनि हुन् जो वर्तमान र पूर्व महिला अध्यक्षहरू तथा प्रधानमन्त्रीहरूको एक अन्तर्राष्ट्रिय सञ्जाल हो।[7] प्रधानमन्त्रीको रूपमा उनको कार्यकालमा धेरै घोटालाहरू र अधिनायकवादी घटनाहरू घटेका थिए। पद्मा सेतु काण्ड, हलमार्क सनालि बेङ्क काण्ड, शेयर बजार काण्ड, रानम प्लाज ध्वस र बङ्गलादेश सडक सुरक्षा आन्दोलन आदि उनको शासाकालका केही प्रख्यात काण्डहरू रहेका थिए।[8] उनको शासनकालमा उनले आर्थिक विकासको लागि प्रशंसित प्राप्त गरेकी थिइन्।[9]