दक्षिण एसिया
From Wikipedia, the free encyclopedia
एसिया महादेशको दक्षिणको भू-भागलाई दक्षिण एसिया भनेर चिनिन्छ अथवा हिमालय र हिमालयका वरिपरिका क्षेत्रलाई पनि दक्षिण एसिया भनेर चिनिन्छ। अर्को शब्दमा भन्ने हो भने भारतीय प्लेटमा रहेको भू-भाग अथवा हिमालय र हिन्दूकुशदेखि दक्षिणको भू-भाग जसलाई भारतीय उपमहाद्वीप पनि भनिन्छ दक्षिण एसिया हो। दक्षिण एसियाको दक्षिणको भाग समुद्रले घेरिएको छ र पश्चिम, उत्तर र पुर्वमा क्रमशः पश्चिम एसिया, मध्य एसिया, पूर्व एसिया छन् र दक्षिण-पूर्वमा दक्षिण पूर्व एसिया पर्दछ। कुन-कुन देश दक्षिण एसियामा पर्छ अथवा पर्दैन भन्ने मतमा भिन्न-भिन्न स्रोतका भिन्न-भिन्न विचार छन्। उदाहरणको लागि संयुक्त राष्ट्रसङ्घको भौगोलिक क्षेत्र वर्गिकरणमा, नेपाल, भारत, भुटान, पाकिस्तान, अफगानिस्तान, बङ्गलादेश, मालद्वीप तथा श्रीलङ्का दक्षिण एसियाका राष्ट्र हुन् भनेर उल्लेख गरिएको छ। दक्षिण एसिया विश्वमा एक पाँचौँ भागभन्दा अधिक जनसङ्ख्याको घर हो, जुन विश्वमा धेरै जनसङ्ख्या भएको र उच्च जनघनत्वो भएको भौगोलिक क्षेत्र हो। यस क्षेत्रमा दक्षिण एसियाली सहयोग सङ्गठन भन्ने एउटा आर्थिक सङ्गठन छ।
दक्षिण एसिया | |
---|---|
सदस्य राष्ट्रहरू[1] | |
GDP (Nominal) | $2.561 trillion (2014) |
GDP (PPP) | $9.05 trillion (2014) |
भाषाहरू | नेपाली, आसामी, बलुची, बङ्गाली, बोडो, बर्मी, दरी, दिवेही, डोगरी, जोङ्खा, अङ्ग्रेजी, गुजराती, हिन्दी, कन्नड, कश्मिरी, कोङ्कणी, मैथिली, मलयालम, मराठी, मणिपुरी, ओडिया, पश्तो, पञ्जाबी, संस्कृत, सन्थाली, सिन्धी, सिन्हाला, सराइकी, तमिल, तेलगु, तिब्बती, उर्दू, र अन्य |
समय क्षेत्र | युटिसी+०५:००, युटिसी+५:३०, युटिसी+५:४५, युटिसी+६:०० |
राजधानी सहरहरू | |
अन्य ठूला सहरहरू | सूची
|