भरतपुर महानगरपालिका

नेपालको महानगरपालिका From Wikipedia, the free encyclopedia

भरतपुर महानगरपालिकाmap

भरतपुर नेपालको बागमती प्रदेशमा पर्ने चितवन जिल्लाको सदरमुकाम[6] तथा महानगरपालिका हो। नेपालको मध्य भूभागमा रहेको भरतपुर महानगर देशकै चौथौ ठुलो सहर हो। यो नेपालको सबैभन्दा तीव्र गतिले विकास भइरहेको सहरहरू मध्येको एक हो। नारायणी नदीको तटमा अवस्थित रहेको यो सहर चितवन लगायत केन्द्रीय नेपालको व्यापारिक केन्द्र हो। यो महानगरपालिका क्षेत्रभित्र पर्ने नारायणगढ सहरमा मुख्य व्यापारिक पसल र ठुला होटेलहरू रहेका छन् भने अन्य आवश्यक पूर्वाधारका साधनहरू नगरको अन्य क्षेत्रहरूमा रहेका छन्। कुल २९ वटा वडा रहेको भरतपुरको जनसङ्ख्या वि.सं. २०७८ को जनगणना अनुसार ३,६९,२६८ रहेको छ भने यो सहर ४३२.९५ वर्ग किलोमिटरमा फैलिएको छ। यहाँको साक्षरता दर ८७.२० प्रतिशत रहेको छ जसमध्ये महिलाको साक्षरता दर ८२.६४% छ भने पुरुषको साक्षरता दर ९२.१२% रहेको छ। यहाँ ९६,५९१ घरघुरी रहेको छ।[5][7]

छरितो तथ्यहरू भरतपुर महानगरपालिका, देश ...
भरतपुर महानगरपालिका
Thumb
भरतपुर महानगरपालिका
नक्सामा भरतपुर महानगरपालिकाको अवस्थिति
Thumb
भरतपुर महानगरपालिका
भरतपुर महानगरपालिका (नेपाल)
निर्देशाङ्क: २७.६८°N ८४.४२°E / 27.68; 84.42
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लाचितवन जिल्ला
नगर पञ्चायतवि.सं. २०३५ माघ १५[1]
समावेश गाउँ पञ्चायतनारायणगढ र कल्याणपुर (आंशिक भाग)
उपमहानगरपालिकावि.सं. २०७१ पुस २८[2]
सम्मिलित (गाविस)मङ्गलपुर, फुलबारी, गीतानगर, पटिहानी तथा शिवनगर
महानगरपालिकावि.सं. २०७३ फागुन २७[3]
सम्मिलित क्षेत्रहरूभरतपुर, नारायणी, चित्रवनकविलास
सरकार
  प्रमुखरेणु दाहाल (नेकपा-माके)
  उपप्रमुखचित्रसेन अधिकारी (नेका)
  प्रमुख जिल्ला अधिकारीसुरेन्द्र पौडेल[4]
क्षेत्रफल
  जम्मा४३३ किमी (१६७ वर्ग माइल)
उन्नतांश
२०८ मिटर (६८२ फिट)
जनसङ्ख्या
  जम्मा३६९२६८[5]
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
हुलाकी सङ्केत
४४२००, ४४२०७
क्षेत्रीय सङ्केत०५६
मौसमआर्द्र अर्ध-कटिबन्धीय जलवायु
वेबसाइटwww.bharatpurmun.gov.np
बन्द गर्नुहोस्

प्रत्येक पाँच वर्षमा हुने प्रतिनिधि सभाको निर्वाचनको लागि भरतपुर महानगरपालिकालाई चितवन निर्वचन क्षेत्र १ र निर्वाचन क्षेत्र ३ मा विभाजन गरिएको छ भने गण्डकी प्रदेश सभाको लागि चितवन निर्वचन क्षेत्र २ (क), (ख) र चितवन निर्वचन क्षेत्र ३ (क), (ख) मा विभाजन गरिएको छ।[8][9] कृषि तथा वन विश्वविद्यालयले धुर्मुस सुन्तली फाउन्डेसनलाई सहयोग गरेको भरतपुरको वडा नं. १६ रामपुरस्थित २० विगाहा ८ कठ्ठा क्षेत्रफलमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला बनिरहेको छ।[10]

इतिहास

वि.सं. २००० को दशकसम्म घनाजङ्गलको रूपमा रहेको भरतपुरको बजार क्षेत्रमा थारु, बोटे, दराई समुदायको मानिसहरूको बसोबास रहेको थियो।[11]सानो नाकाको रूपमा रहेको भरतपुरको विकासमा वि.सं. २०१२ मा तत्कालीन सरकारद्वारा ल्याइएको ‘राप्ती दुन विकास योजना’ ले गर्दा बस्ती बसाउने कार्यको थालनी भएको थियो। अमेरिकी सहयोगमा सुरु गरिएको सो आयोजनाको प्रमुख कृष्ण बम मल्ल थिए। योजनावद्ध रूपमा नभएता पनि यसै परियोजनाको फलस्वरूप भरतपुरमा अस्पताल, विद्यालय र सरकारी कार्यालयहरूको लागि जग्गा खाली राखेर सर्वसाधारणहरूलाई जग्गा बाँडी बसोबास गर्न प्रोत्साहित गरिएको थियो।[11]

नगर पञ्चायत ऐन २०१९ बमोजिम तत्कालिन सरकारले वि.सं. २०३५ साल माघ १५ गते तत्कालीन भरतपुर गाउँ पञ्चायत र नारायणगढ गाउँ पञ्चायतको सबै भाग र कल्याणपुर गाउँ पञ्चायतको आंशिक भागलाई मिलाएर भरतपुर नगर पञ्चायत बनाएको थियो। भरतपुर नगर पञ्चायतको पहिलो नगरप्रमुख मुक्तिलाल चुके थिए।[12][13] वि.सं. २०४७ सालमा देशमा नेपाल अधिराज्यको संविधान २०४७ लागु भएपछि नगरपालिकाको लागि चाहिने आवश्यक पूर्वाधार तथा जनशक्ति भएको कारणले भरतपुर स्वतः नगरपालिका बन्न पुगेको थियो।[11] यो नगर चितवन जिल्लाकै पहिलो नगरपालिका समेत हो। नगरपालिका बनेपछि यहाँ सडक विकासको काममा तीव्रता आएको थियो। वि.सं. २०७१ मङ्सिर १३ गते नेपालको मन्त्रिपरिषद् अन्तर्गतको सामाजिक समितिले ६१ वटा नगरपालिका थप गर्ने र ७ वटा नगरपालिकालाई उपमहानगरपालिका बनाउने सिफारिस गरे अनुरूप नेपाल सरकारको निर्णय बमोजिम वि.सं. २०७१ पुस २८ गते नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार भरतपुर पनि नगरपालिकाबाट उपमहानगरपालिकामा विस्तार भएको थियो।[2] उक्त समयमा भरतपुरलाई उपमहानगरपालिका घोषित गर्दा यसमा मङ्गलपुर, फुलबारी, गीतानगर, पटिहानी तथा शिवनगर गाविसलाई समावेश गरिएको थियो। नेपालको संविधान २०७२ अनुसार स्थानीय सरकारको गठन भएपछि वि.सं. २०७३ फागुन २७ गते भरतपुरलाई महानगरपालिकामा स्तरोन्नति गरेपछि हाल यस महानगरपालिकामा २९ वटा वडाहरू छन्।[3][14]

वि.सं. २०७३ फागुन २२ गते नेपाल सरकारको निर्णय तथा वि.सं. २०७३ फागुन २७ गते नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार भरतपुरलाई महानगरपालिकामा स्तरोन्नति गर्दा साविकका भरतपुर क्षेत्र, नारायणी नगरपालिका, चित्रवन नगरपालिकाकविलास गाउँ विकास समितिलाई यसमा गाभिएको थियो।[3][15][16]

वि.सं. २०७९ जेठ १० गतेको निर्वाचन परिणामअनुसार महनगरपालिकाको नगर प्रमुख पदमा नेकपा-माकेकी रेणु दाहाल र उप नगरप्रमुख पदमा नेपाली काङ्ग्रेसका चित्रसेन अधिकारी विजयी भएका थिए।[17]

अवस्थिति

यो सहर समुद्री सतहबाट १४० मिटरदेखि ३९० मिटर उचाइसम्म फैलिएको छ। यो नगर २७° ३२' ५८" देखि २७° ४५' ४०" उत्तरी अक्षांश र ८४° ९' ४१" देखि ८४° २९' ५" पूर्वी देशान्तरमा पर्दछ। यसको पूर्वमा रत्ननगर नगरपालिका, कालिका नगरपालिका, इच्छाकामना गाउँपालिका रहेका छन्[18] भने पश्चिमतर्फ विश्व सम्पदा क्षेत्रमा सूचीकृत चितवन राष्ट्रिय निकुञ्जनवलपुर जिल्ला उत्तरतर्फ तनहुँ जिल्लाइच्छाकामना गाउँपालिका तथा दक्षिण तर्फ चितवन राष्ट्रिय निकुञ्ज नै पर्दछ। यसको तल्लो समथर सतहमा वडा नं. १, २, ३ र ४ तथा ५ को भू-भागहरू पर्दछ।

जलवायु

समुद्री सतहबाट कम उचाइमा, तल्लो समथर भू–भागमा र महाभारत पर्वतको नजिकै रहेको कारण भरतपुर क्षेत्रमा औसत तापक्रम बढी, आद्रतायुक्त जलवायु भएको पाइन्छ। यहाँ पुस, माघ महिनामा अत्यधिक जाडो हुन्छ भने सो समयमा न्यूनतम तापक्रम १० डिग्री सेल्सियस सम्म पुग्ने गर्दछ। यहाँ वैशाख, जेठ र असार महिनामा सर्वाधिक गर्मी हुन्छ भने उक्त समयमा यहाँको तापक्रम ४० डिग्री सेल्सियससम्म पुग्ने गरेको पाइन्छ। भरतपुरमा वार्षिक औसत वर्षा १,५०० मिलिमिटर हुने गर्दछ। वि.सं. २०६८ साउन ३२ मा, यहाँ हालसम्मकै सर्वाधिक अर्थात् २४ घन्टामा लगभग ३११ मिलिमिटर पानी परेको थियो।[19] साधारणतया वैशाख र जेठ याममा यहाँ बढी सुख्खा हुने गर्दछ।[20]

जनसङ्ख्या

नेपालको वि.सं. २०७८ को जनगणना अनुसार भरतपुरको जनसङ्ख्या ३,६९,२६८ रहेको थियो जसमध्ये पुरुषको जनसङ्ख्या १,७८,८९७ र महिला १,९०,३७१ रहेको थियो।[5] भरतपुरमामा मुख्यतया थारू, दराई, बोटे, गुरुङ, मगर, चेपाङ, तामाङ रहेका छन् भने यहाँ थोरै सङ्ख्यामा राई, लिम्बू लगायत बराल, पौडेल, अधिकारी, थापा, बोहोरा थर भएका बाहुन तथा क्षेत्री जाति बसोबास गर्छन्। यहाँ श्रेष्ठ, प्रधान, महर्जन, शाही लगायतका थर भएका नेवार जातिका मानिसहरूका साथै नेपालमा रहेका अन्य सबै जातजातिका मानिसहरू बसोबास गर्दछन्।[21]

जनसङ्ख्या वर्गीकरण[22]

थप जानकारी वर्ष, जन. ...
ऐतिहासिक जनसङ्ख्या
वर्षजन.±%
वि.सं.२०३८ २७,६०२    
वि.सं.२०४८ ५४,६७०+९८.१%
वि.सं.२०५८ १२५,११२+१२८.८%
वि.सं.२०६८ २८०,५०२+१२४.२%
वि.सं.२०७८ ३६९,२६८+३१.६%
स्रोत: सोधपत्र
बन्द गर्नुहोस्
थप जानकारी जाति, जनसङ्ख्या ...
जातिगत जनसङ्ख्या विवरण, वि.सं.२०६८ जनगणना अनुसार
जाति जनसङ्ख्या
ब्राह्मण
९६,२५५
क्षेत्री
३५,३८५
गुरुङ
२४,४८५
सार्की, कामी
१८,९६३
नेवार
१७,२४२
थारू
१७,१५६
मगर
१४,४९०
कुमाल
६,७७१
दमाई
६,२७०
घर्ती
२,१०२
बन्द गर्नुहोस्

यातायात तथा सडक सञ्जाल

भरतपुर महानगर अन्तरर्गत पूर्व-पश्चिम राजमार्ग तथा मुग्लिन नारायणगढ सडक खण्ड रहेको छ। दुई ठुला राजमार्ग र देशको केन्द्र भएकाले यहाँबाट मुलुकको हरेक भागमा जानका लागि बस, माइक्रो बस, भाडाको कार, ट्याक्सी, लगायत लामो दुरीका यातायात साधन उपलब्ध छन्। महानगरले यातायात व्यवस्थापनमा समस्या देखिएको भन्दै बि.स. २०७६ जेठमा तीन पाङ्ग्रे सवारीलाई प्रमुख मार्गमा सञ्चालन हुनबाट रोकेको थियो[23] भने यसको विरोधमा प्रदर्शन समेत भएको थियो।[24] यातायातको प्रमुख साधन सडक सञ्जालद्वारा भरतपुरबाट नेपालको पूर्व पश्चिम भागमा जान सकिने सहजता भएता पनि यहाँ रहेको भरतपुर विमानस्थलले नेपालको प्रमुख सहर काठमाडौँपोखरालाई जोड्ने गर्दछ।[25] यस्तै सरकारले यहाँको सीमा सुरक्षा कार्यालय नजिकै यातायात व्यवस्था कार्यालय खोल्ने जनाएको थियो, तथापि यो हालसम्म सञ्चालनमा आएको छैन।[26]

उद्योग-धन्दा

भरतपुर महानगरपालिकामा चितवन उद्योग सङ्घमा दर्ता भएका जम्मा ४६४ उद्योगहरू रहेको छन्।[27] भरतपुरमा कोका-कोला[28], सान मिगेल बियर[29], कृषि क्षेत्रको विकास र विस्तार गर्नको लागि डेरीका लागि आवश्यक सम्पूर्ण सामान उत्पादन गर्ने कम्पनी ह्वाइट हिमालयन इन्जिनियरिङ[30],जस्ता दुईचार वटा बहुराष्ट्रिय उद्योगका साथै ठुलासाना अरू उद्योगहरू पनि रहेका छन्, तर यो सहर मुख्यतया सेवा उद्योगमा प्रसिद्धि कमाउँदै गइरहेको छ। महानगरपालिकाले उद्योग प्रवर्द्धन र अन्य प्रायोजनका लागि आर्थिक वर्ष वि.स. २०७७/०७८ को लागि ४ अर्ब १५ करोड ६४ लाख ८९ हजार आयव्ययको अनुमान प्रस्तुत गरेको थियो।[31]

सञ्चार तथा सूचना क्षेत्र

एफएम स्टेसनहरू

थप जानकारी रेडियोको नाम, ठेगाना ...
रेडियोको नामठेगानामेघाहर्जप्रसारण संस्था
कालिका एफएम ९५.२ र कालिका ९१भरतपुर-१०२००० वाटकालिका एफएम प्रा.लि.
हाम्रो एफएमभरतपुर-११२००० वाटहाम्रो एफएम प्रा.लि.
रेडियो त्रिवेणीभरतपुर-११२००० वाटत्रिवेणी एफएम प्रा.लि.
सिनर्जी एफएमभरतपुर-१०२००० वाटसिनर्जी एफएम प्रा.लि.
रेडियो सम्पदा ९०.५भरतपुर-६२५० वाटरेडियो सम्पदा प्रालि
रेडियो भरतपुर १०५.२भरतपुर-७५०० वाटरेस नेपाल
रेडियो शिवशक्ति ९८.३भरतपुर-१४५०० वाटशिवशक्ति सामुदायिक संस्था
रेडियो प्रभाव ९२.४भरतपुर-२१२०० वाटरेडियो प्रभाव प्रा.लि.
सेफर्ड एफएम ८९.२भरतपुर-२५१०० वाटसेफर्ड मिडिया प्रा.लि.
बन्द गर्नुहोस्

टेलिभिजन स्टेसनहरू

थप जानकारी टेलिभिजनको नाम, ठेगाना ...
टेलिभिजनको नामठेगानाप्रसारण संस्था
बेसोभरतपुर-२एकता सञ्चार नेपाल प्रा.लि.
कृस्टलभरतपुर-१०कृस्टल सञ्चार सहकारी संस्था लिमिटेड
आभाषभरतपुर-२ग्रिनलाइन मिडिया प्रा.लि.
टिभी कालिकाभरतपुर-१०टिभी कालिका प्रा.लि.
नमस्तेभरतपुर-२सोनुसम्राट मिडिया प्रा.लि.
बन्द गर्नुहोस्

प्रमुख शैक्षिक प्रतिष्ठानहरू

कृषि तथा वन विश्वविद्यालय

त्रिभुवन विश्वविद्यालय अन्तर्गतको कृषि तथा पशु विज्ञान अध्ययन संस्थानको रामपुरस्थित केन्द्रीय क्याम्पस र हेटौँडामा रहेको कृषि तथा पशु विज्ञान अध्यान संस्थानको केन्द्रीय क्याम्पस तथा पोखरा अवस्थित वन विज्ञान क्याम्पस मिलेर बनेको विश्वविद्यालय हो।[32]

वीरेन्द्र बहुमुखी क्याम्पस

नेपालको चितवन जिल्ला स्थित भरतपुर वडा नं. १० मा अवस्थित एक सरकारी तथा बहु-सङ्काय सञ्चालित क्याम्पस हो। यो क्याम्पसको स्थापना वि.सं. २०२२ सालमा भएको थियो। नारायणगढ बजारबाट भरतपुर उकालोको देब्रेपट्टी पर्ने यो क्याम्पस भरतपुर सहरको केन्द्रमै अवस्थित छ। हाल ९-१० वर्षदेखि क्याम्पसले उसको स्नात्तकोतर तहको कक्षाहरू भरतपुरको वडा १०, ११ र १२ को बीचमा बाइपास सडकसँगै रहेको क्याम्पसको जग्गामा भवन बनाई सञ्चालन गर्दै आएको छ। यो क्याम्पस त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पस हो।[33]

बालकुमारी कलेज

त्रिभुवन विश्वविद्यालयको सम्बन्धन रहेको यो सामुदायिक कलेज नारायणगढको क्याम्पाचौरमा रहेको छ। यहाँ मानविकी तथा व्यवस्थापनमा स्नातकोतर तथा स्नातक सम्मको अध्यापन हुने गरेको छ।[34]

सप्तगण्डकी बहुमुखी क्याम्पस

त्रिभुवन विश्वविद्यालयको सम्बन्धन रहेको यो दोस्रो सामुदायीक क्याम्पस भरतपुर अस्पताल नजिकै रहेको छ। यहा मानविकी तथा व्यवस्थापनमा स्नातकोतर तथा स्नातक सम्मको अध्यापन हुने गरेको छ।[35]

पुरानो मेडिकल कलेज

यो भरतपुरको पहिलो मेडिकल कलेज हो जसको स्थापना वि.सं. २०५० सालमा भएको थियो।[36]

प्रमुख पर्यटकीय गन्तव्यहरू

चितवन राष्ट्रिय निकुञ्ज

चितवन राष्ट्रिय निकुञ्ज नेपालको सबैभन्दा पहिलो तथा सबैभन्दा पुरानो राष्ट्रिय निकुञ्ज हो। यसको स्थापना सन् १९७३ मा गरिएको थियो। जैविक विविधताको धनी यो निकुञ्ज नेपालको मध्य तराईमा अवस्थित छ। यहाँ ३० भन्दा बढी ठुला जातका स्तनधारी जीवजन्तुहरू पाइन्छन्। चितवन राष्ट्रिय निकुञ्ज विश्वमै दुर्लभ मानिएका एकसिङ्गे गैँडा र ठुला हात्तीहरूको पनि बासस्थान हो। यस निकुञ्जको प्रधान कार्यालय कसरामा रहेको छ जसकारण सबै प्रकारका प्रशासनिक कामहरू कसराबाटै हुने गर्दछ।[37] यसलाई विश्व स्तरमै प्रमुख पर्यटकीय गन्तव्यको रूपमा लिइन्छ।[38]

नारायणी नदी

यो सहरको उत्तर पश्चिम हुँदै बग्ने नारायणी नदी भरतपुरको प्रमुख जलधारा हो यो नदीको किनारामा सूर्योदय एवम् सूर्यास्त हेर्न तथा पवित्र देवघाट स्नानका लागि पर्यटक तथा भक्तजन यो नदी किनारमा पुगेका हुन्छन्।[39] यहाँ राफटिङ र डुङ्गा विहार पनि उपलब्ध छन्।[40] नारायणी नदीको किनारमा चितवन महोत्सव पनि हुने गर्दछ।[41]

राप्ती नदी

चितवन राष्ट्रिय निकुञ्जको किनारामा बग्ने यो नदी पर्यटकमाझ लोकप्रिय छ। यो नदीको किनारामा सूर्योदय एवम् सूर्यास्त हेर्न तथा जल यात्राका लागि पर्यटकहरूलाई आकर्षित गर्दछ। यहाँ गोही संरक्षण क्षेत्र समेत रहेको छ।[42]

बीस हजारी ताल

विश्वप्रसिद्ध सिमसार क्षेत्र विसहजारी ताल पन्छी प्रेमीहरू माझ प्रसिद्ध छ। यो क्षेत्र साइबेरियादेखि श्रीलङ्कासम्म चक्ककर लागउने फिरन्ता चराहरूको एक प्रमुख विश्रामस्थल हुनुका साथै स्थानीय चराहरू र गोहीको पनि केन्द्र हो।[43]

मेघौली

मेघौली चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी प्रवेशद्वार हो।[44] यसले हरेक वर्ष हजारौँ दर्शकहरूलाई आकर्षित गर्दछ। नारायणी र राप्तीको दोभान गोलाघाट (मेघौली) सूर्यास्तको अवलोकनका लागि नेपालमै ख्याति प्राप्त क्षेत्र मानिन्छ।[45] स्थानीय आदिवासी थारू व्यक्तिहरू बारे थप जान्नका लागि पनि यो एउटा रमाईलो ठाउँ हो। यो परम्परागत बस्तीको राम्रो संरक्षण उदाहरण हो। यहाँ हात्ती पोलो विश्वकप समेत हुने गरेको छ।[46][47]

विक्रम बाबा

विक्रम बाबा मेला चितवन राष्ट्रिय निकुञ्ज भित्र प्रत्येक वर्ष लाग्ने गर्दछ। सामान्यतया यो प्रत्येक वर्षको चैते दसैँबाट सुरु हुन्छ।[48] मेलामा चितवन राष्ट्रिय निकुञ्जभित्र अवस्थित सालको रुखको फेदमा पूजा गर्ने गरिन्छ।[49] मेला हेर्न स्थानीय पर्यटकहरूका साथसाथै भारत तथा अन्य देशहरूबाट पनि भक्तजनहरू आउने गरेका छन्। वि.सं. २०७६ सालमा भने १५ दिनसम्म चल्ने मेला कोरोनाका कारण स्थगित गरिएको थियो।[50]

उल्लेखनीय भवनहरू

दियालो बङ्गला राजदरबार

नेपालको तत्कालीन राजा महेन्द्रले निर्माण गर्न लगाएको यो दरबार शाह राजाहरूको सितकालीन दरबारको रूपमा रहेको थियो। यो दरबार भरतपुर भएर बग्ने नारायणी नदी किनारमा अवस्थित छ।[51] वि.सं. २०२६ मा निर्माण सम्पन्न भएको यो दरबारमा राजपरिवारका सदस्यहरूको विश्राम गर्ने मुख्य गन्तव्य बनेको थियो।[52]

कसरा दरबार

नेपालका राणा शासकहरू यस क्षेत्रमा सिकार गर्ने भएकोले विश्रामस्थलको रूपमा यो दरबार बनाइएको थियो। वर्तमान समयमा यो दरबारभित्र चितवन राष्ट्रिय निकुञ्जको कार्यलय हुनुका साथै सङ्ग्रहालय रहेको छ।[53]

भरतपुर कभर्ड हल

भरतपुरमा भित्री खेलहरू खेल्नका लागि बनाइएको यो कर्भडहल सहरको मध्य भागमा रहेको गेस्टहाउस मैदानको किनारमा रहेको छ। स्थानीय तह निर्वाचन, २०७४मा यहाँ मतपत्र गणना समेत गरिएको थियो।[54]

उपरदाङगढी‎

ढुङ्गाले बनाइएको चित्तार्कषक यो गढी वडामाहाराज पृथ्वीनारायण शाहका माहिला छोरा राजकुमार बहादुर शाहका छोरा शत्रुभञ्जन शाहले बनाएका थिए। यो गढी भर्खरै एकीकरण हुँदै गरेको नेपालको अङ्ग्रेजसँग हुनसक्ने सम्भावित भिडन्तलाई मध्यनजर गरि बनाइएको थियो।[55] चितवन जिल्लाको पुरानो सदरमुकाम रहेको यो गढीको निर्माण सम्पन्न भएपछि यो प्रशासनिक र व्यापारिक केन्द्र बनेको थियो। उपरदाङगढी‎ पहाडको टाकुरामा रहेको गढी र यातायातको असुविधाले गर्दा वि.सं. २०१८ सालदेखि वि.सं. २०२४ सालसम्ममा यहाँबाट सदरमुकाम भरतपुर सारिएको थियो।[56][57]

खेलकुद

नगरका युवाहरू माझ फुटबल, क्रिकेटभलिबल खेल लोकप्रिय रहेको छ।[58][59] जम्मा १५ वटा खेल मैदान रहेको यो नगरको मुख्य खेलहरू वर्तमान समयमा क्याम्पा चौर र कभर्ड हल, गेस्ट हाउस चौरमा हुने गरेको छ। क्रिकेट खेलको बढ्दो लोकप्रियताका कारण चौतर्फी सामाजिक प्रयासमा यस नगरमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रङ्गशाला बनाउने कार्यलाई अघि सारिएको छ।[60][61] गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला नाम राखिएको यो क्रिकेट रङशालालाई वि.सं. २०७८ सम्ममा पुरा गर्ने लक्ष्य राखिएको थियो।[62] तथापि, आर्थिक समस्याका कारण निर्माण सम्पन्न हुन सकेको छैन।[63] क्रिकेटमात्र नभएर फुटबल खेलमा समेत नाम कमाएको भरतपुरमा वि.सं. २०७६ देखि भरतपुर गोल्डकप आयोजना हुँदै आएको छ। यो चितवनकै सर्वाधिक पुरस्कार राशिको फुटबल प्रतियोगितासमेत हो।[64][65]

उल्लेखनीय व्यक्तिहरू

चित्र दीर्घाहरू

सन्दर्भ सामग्रीहरू

यो पनि हेर्नुहोस्

Wikiwand in your browser!

Seamless Wikipedia browsing. On steroids.

Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.

Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.