राई जाति

किरात राई भुमिपुत्र मुलबासी मंगोल समुदाय From Wikipedia, the free encyclopedia

राई जाति
Remove ads

राई जाति पुर्वी नेपालको मुलबासी धेरै पुरानो एक किराँत समुदाय भित्र पर्ने जाति हो। यिनिहरूको पुर्खालाई परुहाङ र सुम्निमा भनिन्छ। राई जाति नेपाल को एक भुमिपुत्र मुलबासी प्रमुख समुदाय हो। राई जातिलाई "खम्बु","जिमिदार" वा "जिमी" पनि भनिन्छ । राई जाति विभिन्न थर/उपथर र पाछाहरुमा विभाजन छन् राई जातिको मुख्य थरहरुमा आठपहरिया,बान्तवा,बाहिङ,बायुङ, चाम्लिङ,छिलिङ,जेरुङ,कुलुङ,खालिङ,थुलुङ,लोहोरुङ, याम्फु, मेवाहाङ,नेवाहाङ, नाछिरिङ,वाम्बुले,दुमी,साम्पाङ,कोयु,पुमा,तिलुङ,लुङखिम,फाङदुवाली,दुङमाली,देवास,मुगाली आदि हुन्।

छरितो तथ्यहरू जम्मा जनसङ्ख्या, सिक्किम ...
Remove ads
Thumb
साकेलामा परम्परागत पोशाकको साथ राई महिलाहरु
Remove ads

बसोबास

खासगरी राईहरूको मूलथलो पूर्वी नेपालको पूर्वी भुभाग, खोटाङ, भोजपुर, सोलुखुम्बु, ओखलढुङ्गा, उदयपुर, संखुवासभा, धनकुटा जिल्लाहरु इनीहरुको मूलथलो हो भन्न सकिन्छ। [] यसका साथै खम्बु/राईहरू पाँचथर जिल्ला, सुनसरी, मोरङ जिल्ला, झापा, इलाम जिल्ला, सप्तरी जिल्ला, मकवानपुर जिल्ला लगायतका जिल्लाहरूमा छरिएर ठूलो संख्यामा बस्दै आएका छन्। त्यसैगरी भारतको सिक्किम राज्य र पश्चिम बङ्गाल राज्यको दार्जिलिङ,कालिम्पोङ जिल्लामा पनि राई जातिको बाक्लो बसोबास पाइन्छ। वि.सं. २०४८ सालको जनगणनाअनुसार २ लाख ५८ हजार ९ सय २२ पुरुष र २ लाख ६६ हजार ६ सय २९ गरी ५ लाख २५ हजार ५ सय ५१ उल्लेख रहेको छ। त्यसैगरी वि.सं. २०५८ सालको जनगणना अनुसार ६ लाख ५२ हजार १ सय ५४ रहेको उल्लेख छ।

Remove ads

रहन सहन

पहाडी क्षेत्रमा खम्बु/राईहरू घर ढुङ्गा र माटोले बनाउने गर्दछन् र तराई क्षेत्रमा आफुलाई इच्छा लागे अनुसार घर बनाउने गर्दछन्। यिनीहरू घरमा पूर्व तर्फ एउटा र दक्षिण तर्फ एउटा ढोका राखिएको हुन्छ। घरहरू अधिकांस दुई तले हुन्छन्। घरको छानो खर चित्राले छाइएको हुन्छ। गेरु र कमेरो माटोले घर लिपेका हुन्छन्।

खम्बु/राईहरू प्राईः गरी सुँगुर तथा बंगुर पाल्ने गर्दछन्। यिनीहरू सुँगरका मासु अत्याधिक मात्रामा रुचाउछन। यिनीहरू आफ्नो खेतबारीमा मकै, कोदो, गहुँ लगायतका बालीहरू लगाउँछन्। साम्पाङ,बान्तवा र केही थरका खम्बु/राईहरूमा खसी बोका बाख्राको मासु खान हुन्न भन्ने मान्यता रहेको पाइन्छ। यिनीहरूका पुर्खाहरूले जंगलमा पाइने अल्लो-पाटबाट झिकेको खस्रो धागोको भांग्रा बुनेर लगाउने गर्दथे। यो जातिमा महिलाहरूले घाँटीमा मुगाको माला, चाँदीका मोहरका माला र प्रशस्त सुन लगाउने गर्दथे। अहिले यो जती हरेक क्ष्रेत्रमा अगडि देखिन्छन्। राई जातिका मनिसहरू इमानदार र शाहसि पनि मानिन्छ । खम्बु/राई जाती भित्र करिब ३६ भषा छन् तर अहिले बोलचालमा २९ भाषा मात्रै देखिन्छ अन्य भाषा लोप हुदै गएको देखिन्छ ।

खम्बु/राई समुदाय मनोरञ्जन गर्ने खालका हुन्छन्। यिनीहरू गीत, नाच र वाद्यवादन असाध्यै रुचाउँछन्। विशेष खम्बुराई हरूको महान चाड साकेला हो उधौली उभौलिमा यिनीहरू १०/१५ दिन सम्म सामुहिक साकेला शिली नाच्छ्न साथै ओमाडाक, बिसू तथा धुले पूजाका समयमा खम्बु/ राईहरूले सात दिनसम्म समूह समूहमा बिभाजित भई धनुकाँडबाट तीर हान्ने गर्दछन्। यसमा बाजीसमेत राखिएको हुन्छ। तीर हान्ने बेलामा राम्रा र सफा कपडाहरूमा सजिएर तारो हान्ने काममा सहभागी हुन्छन्। कुनै कुनै वयस्क तरुनीहरूले त आफ्नो घाँटीमा लगाइराखेको हार झिकेर आफूले मन पराएको समूह वा व्यक्तिलाई तारोका रूपमा थापिदिने पनि गर्छन्। जित्नेहरू गौरवान्वित हुन्छन् र उक्त हार लाने गर्दछन्। त्यतिबेला सम्बन्धित युवतिले त्यो उकास्न एक मुरी दुई पाथी चामल, गाग्री भरि जाँड, रक्सी, एउटा सँगुर, ७ रूपैयाँ दाम चढाएर मामामार्फ फिर्ता लिने प्रचलन छ। हरेक खम्बु/राईहरूले कम्मरमा खुकुरी भिरेकै हुन्छन्।सहरमा बस्ने राईहरूमा भने यो प्रथा भेटिदैन।

खम्बु/राई जातिका केटाकेटीहरूले एक अर्कामा मायाप्रीति गाँसी प्रेमबिवाह पनि गर्ने गर्दछन्। माया प्रेम कै सिलसिलामा केही गरी केटी गर्भवती भएमा भने पनि त्यसै केटाले नै बिवाह गर्नुपर्छ । खम्बु/राईहरू भूतप्रेतमा विश्वास गर्छन्। खम्बु/राई जातिमा 'सिये' भन्ने भूतमाथि विश्वास गर्ने गर्दछन्। यो भूत चूल्हो, अगेँनो र खम्बु/राईका शव गाडिने ठाउँमा बस्छ भन्ने गर्दछन्। सियेको प्रभाव पर्नासाथ मानिसको कपाल दुख्न थाल्दछ र वान्ता पनि हुन्छ भन्दछन्। त्यसैले कपाल दुख्न थाल्यो भने खम्बु/राईहरू कपाल मुठ्ठीभरि समाएर झड्का दिएर तान्ने गर्दछन्। यस्तो कार्यलाई खम्बु/राई भाषामा 'टाङ ची' भनिन्छ। वान्ता भयो भने यसले हैजाको रूप पनि लिनसक्ने विश्वास गर्दछन्। खम्बु/राईहरूमा खटिरा नआओस् र अंगभंग भएको केटाकेटी नजन्मून् भनेर 'नागी' भन्ने पूजा समेत गर्दछन्।

Remove ads

राई जातिका केही प्रसिद्ध व्यक्तित्वहरू

यी पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

Loading content...

बाह्य सूत्र

Loading related searches...

Wikiwand - on

Seamless Wikipedia browsing. On steroids.

Remove ads