पौडेल
थर / From Wikipedia, the free encyclopedia
पौडेल वा पौड्याल थर नेपाल तथा भारतको बाहुन तथा क्षेत्री परिवारमा पाइन्छ। बाहुन पोउडेल थरको उत्पत्ति 'पौडि' र 'आयल' दुई शब्द मिलेर बनेको विश्वास गरिन्छ । पौडेलहरूको गोत्र आत्रेय हो । यिनका बान्धव दुलाल, अर्याल, कालिकोटे खँड्का, थापा बगाले, सिग्देल, पोखरेल(पानी), आदि हुन् । उनीहरू आफू अत्रि ऋषिका पुत्र आत्रेयका सन्तान भएको विश्वास गर्दछन्। सेता पौडेल वर्गका पौडेलहरू नेपालमा बसोबास गर्ने गरेको पाइन्छ। कसैकसैले सेता पौडेल र सिग्देल एउटै हुन् भनी उल्लेख गरेका छन्। अर्को थरी कालो पौडेल थापा या बाग मल्ल पनि भन्न रुचाउछन। पौडेलहरु चौबीसै खस गणराज्यका राजगुरु, पण्डित,सैनिक आदि पदहरु समहालेका थिए । सन् २०१४ मा फोरबियर्सद्वारा गरिएको खोज अनुसार सेता तथा काला पौडेल नेपालको सबैभन्दा ठूलो संख्यामा रहेको नेपाली थर हो ।
यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) |
छरितो तथ्यहरू जम्मा जनसङ्ख्या, उल्लेखीय जनसङ्ख्या भएका क्षेत्रहरू ...
जम्मा जनसङ्ख्या | |
---|---|
६ लाख [1] | |
उल्लेखीय जनसङ्ख्या भएका क्षेत्रहरू | |
नेपाल | |
भाषाहरू | |
नेपाली भाषा | |
धर्महरू | |
हिन्दु धर्म र मष्टो धर्म | |
सम्बन्धित जातीय समूह | |
[ थापा मल्ल खस खत्री ] |
बन्द गर्नुहोस्